सिसा सरि फुट्यो मुटु
सिसा सरि फुट्यो मुटु जोड्नै सकिएन ,
घुम्ती सगैं जिन्दगीलाई मोड्नै सकिएन |
.
सुख के हो ? थाहा छैन दु:ख भित्र फसे ,
दु:खको त्यो जञ्जिर कैले तोड्नै सकिएन |
.
जिबन रैछ कुलो सगैं बगी जाने पानी,
राम्रो सँग बग्न कुलो झोड्नै सकिएन |
.
भरिएन लोभी भाडो पुगेन कैले धनले ,
लाग्यो नसा पापी धनको छोड्नै सकिएन |
.
अनगिन्ती आशा मेरा मनकै बागमा सुके ,
राम्रो माली बनि बाग गोड्नै सकिएन |
"टिका खड्का "