यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कबिता:-भ्रम भित्र ...


जीवित खड्का 

यस धर्तिमा
डाडामाथिको घाम भएर
म पनि आएको छु
सन्ध्यापछि -
घाम डाडावाट हराउनेछ !
++++++++++
प्रकृति र घामझैँ
जुन त ताराहरुलाई हेर त -
साँझको आकाशमा ?
मृत्यु भोग्नु अघि -
मैले पनि यस धर्तीमा
यस्तै अमर प्रेम माग्न आएको हु !
++++++++++
यहाँ सबथोक
खरिद /बिक्रिमा छन् !
तिमि पनि बिक्रि हुन् चाहान्छौ ?
होइन ! यदि होइन भन्छौ भने -
किन आशंकाको बादल बोकेर
हावासंगै उड्न खोज्छौ तिमि ??
को हो र त्यो हावा ?
जाबो रुखवाट पात झारयो भन्दैमा
तिमि उसैको पछि कुद्छौ !
+++++++++++
सुख त मेरो लागि भ्रम हो !
भ्रमभित्र अल्झिएको प्रेम हो
दुखमा जस्तो सुखमा
कहा पाउछौ हामी जीवित प्रेम ?
अझै त्यसैले भन्छु म -
दुखको चट्यांग परोस मै माथि
र प्रेमलाई अमर बनाउन सकू !
यस धर्तीमा
डाडामाथिको घाम भएर
म पनि आएको छु
सन्ध्यापछि -
घाम डाडावाट हराउनेछ !!

Posted by Unknown on 8:32 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कबिता:-भ्रम भित्र ...

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011