लघुकथा: बर्तमान
कार्यालय बाहिर ठुल ठुला स्वरमा नाराबाजी भैरहेछ । एउटा भूसतिग्रे, "जनता मार्न पाइदैन","घुसखोरी बन्द गर", "हाकिमलाई कार्वाही गर्" भन्दै आफूहरु जस्तै मित्र हरुको बिचमा बसी कराई रहेको थियो । पत्रकारहरु आउंछन् प्रश्न सोधिन्छन । नारावाजहरु पत्रकार सामु हाकिमले कार्यालयको रकम हिनामिना गरेको र हरेक काम आफ्नो मान्छेलाई दिएको हुँदा निजलाई कारबाही गर्नु पर्ने र नगरे आन्दोलन गर्ने कुरा राख्छन् ।
केहिछिनमा प्रहरी आउँछ ।
अश्रुग्यांस छोडिन्छन् ।
चक्का जाम हुन्छ ।
वार्ता कमिटी बन्छ ।
बैठक बस्छ,
बैठकको अन्त्यमा कार्यालयबाट आएको कमिशन आधा /आधा बाड्ने गरि बैठक सिध्दिन्छ ।
बाहिर दुबै पक्ष हंसिलो मुद्रामा मिडिया सामुन्ने देखिन्छन् । दुबै पक्षले पहिला गरेका गल्ति अब नगर्ने गरि आत्मालोचना गरि सहमति भएको कुरा प्रकाश पारिन्छ ।
मेरो नेपाल
२०६८/०८/१८

