फूलको भाउँले दुखेको मन
कथा
गीता थापा (दोषी)
मनोहर एकान्त प्रेमी भएकोले होला!धेरै जस्तो उ एकान्तनै रोजेर सोचिनै रहेको हुन्थ्यो। मनोहरलाई साथीभाईहरु सँग घुलमेल हुन पनि केहीं समय लाग्थ्यो।उ आफ्नो वारेमा भन्दा पनि आफ्नो गाउँघर र समाजमा बढेको गरिवी र अशान्ति प्रति धेरै दुखी हुनेगर्थ्यो।गाउँकै स्कूलबाट एस.एल.सी सकेर कलेज पढ्ने शिलशिलामा उसले शहर टेकेंको थियो/तर शहर मनोहरले सोंचे जस्तो थिएनँ। यहाँ त एउटै कोठामै बसे पनि एकलेअर्कालाई नचिन्ने ओहो कस्तो जिन्दगी/गाउँबाट आमाबुवाले मनोहरलाई आफ्नो भाग्य आफैंले खोज्नु पर्छ, हामीले त बाटो मात्रै देखाइदिने हो।भनेर 'केही' रकम सापटी खोजेर शहरमा पढ्दै सानो तिनो काम,पनि पाएँ गर्नु भनेर पठाएका थिएँ। त्यसैले मनोहरले अरु साथीहरुको सारमा सार मिलाउँनतिर भन्दानी आफ्नो परिवारको अवस्थालाई निहाल्न जरुरी थियो। मनोहर हरेक हप्ताको सनिवारको दिन पशुपतीनाथको दर्शन गर्न जानेगर्थ्यो । सबै मान्छेहरुको मनको एउटा कुनामा केही, न!केही,ईच्छा र आकाँक्षा लुकेर बसेको हुन्छ रें!"तर मनोहरलाई त्यो कुरा आफैंलाई थाहा थिएनँ। उ, त्यहाँ कुन आकांक्षा बोकेर र किन जाने गर्थो!ती कुरामा उ सोयम अनभिज्ञ थियो। उ, सँगैका साथीभाईहरु ठुला ठुला होटेल क्यासिनो र डिस्कोतिर आफ्नो लागि खुशी खोज्न भनेर भौतारिन्थें। तर मनोहर भने ती सबै भन्दा भिन्न छ।
मनोहर आफैं भित्र यस्तो सोच्ने गर्थ्यो,जहाँ गएर मान्छेले आफु जन्मनुको अर्थ नभुलोस ता की! पछि आफ्नो परिचय खोज्नलाई उ, श्वयमले ठुलो मूल्य चुकाउँनु नपरोस।हुनत सबै मान्छेले मनोहरलाई मुर्ख! जन्मेर जीवन जीउन नजान्ने मान्छे भनेको सुनेको छ मनोहरले। तर कुन जिन्दगीलाई जीउन जानेको भन्ने,कुन जिन्दगीलाई जीउन नजानेको भन्ने?मनोहर अलमल्लमा थियो। सधा मनोहर बिहान सबै भन्दा अघि पशुपतीनाथको मन्दिरको परिषदभित्र छिरीसक्थ्यो,तर आज घडीमा बाट्री सिद्धियेको थियो,पसलबाट किनेर ल्याउँन भुसुकै भुलेछ/त्यसैले घडीले उठाउँन असमर्थ भयो।त्यसैले मनोहर सधा भन्दा मन्दिरमा ढिला पुग्यो। अरुदिन मनोहर मन्दिरमा पुग्दा फूलपाती पसलेहरु आँखामिच्दै पसल लगाउनको लागि ठाउँ तयार पार्दैहुन्थे/ तर आज त मनोहर त्यहा पुग्दा सबै तयारी थियो। मनोहर जसै त्यहाँ पुग्यो,पसलकी साउनीले हात धुने पानी दिदै भाई फूलपाति लिनुस न!भन्दै घेर्छिन । हुनत सबैको रोजी रोटीको सावलछ.खानाको लागि केही, न केही, गर्नैपर्थ्यो/ तर मनोहरको पनि आफ्नै किसिमको समस्या थियो। उसको गाउँबाट ल्याएको पैसा सकिन लागेकोथ्यो। आफ्नो हातमा कुनै इलिम थिएनँ। आमाबुवाले खटाएर दिएको पैसाले कलेजको फिस कोठाको किराइ बिहानबेलुका हातमुख जोड्नै पर्थ्यो इतीश्री सबै थोक महिना चलाउँनु पर्थ्यो।मनोहर अती दयालु थियो। बिहानै, बिहानै बचन किन खेरजानदिनु भनेर आफ्नो गोजी छाम्छ मनोहर.
जम्मा एकसयको नोट रहेछ,अनि'मनोहरले एकसयको नोट हातमा बोकेर एउटा डालिमा राखेको एक, दुई, जोर अगरबत्ती थोरै अविर र नैवेतको लागि एउटा सुन्तलाको दानो र थोरै रंगी बिरङ्गी 'फूल' राखेको डालीलाई सोध्यो? कति भनेर/पसले साउनीको आवाज पाँचसय!मनोहर एकछिन मौन भयो। मनोहर चुपचाप केही"नबोलेको देखेर पसले,साउनीले सोध्छिन के' भयो भाई ?"अनि मनोहर बिस्तारो आफ्नो सयको नोट गोजीमै राखेर केही होईन, मैले पैसाको पर्सल्याउँन भुलेछु,माफ गर्नु, होला. बाहिर बाटै दर्शन गरेर जान्छु, भन्ने सोच बानाएँ। तपाइको समय बर्वाद भयो त्यसको लागि माफि चाहन्छु । भन्दै मनोहर मन्दिरतिरको बाटो लाग्छ।साउनी भने बिहानै बिहानै बोहनिनै बिग्रियो भनेर मन भित्रभित्रै रिसले कालो र निलो हुन्छिन,कस्ता कस्ता मान्छे आउछन्?साउनी एक्लै भुत्भुत्ताउँछिन/यता मनोहर भने मन्दिरको त्यो लामो भिँडलाई निहाल्दै गाउँघरको गरिवी सम्झियो,त्यहाको भोकमारी सम्झियो।जब मनोहरले भगवानलाई चढाउँने फूलको मुल्य सुन्यो।
तेत्रोलामो भिँड जव मनोहरले अहीले आफ्नो पालो नआउँने छाँटकाट देख्यो, थोरैवर आयो मनोहर/ बाटोमा बसेर एक रुपैया हात पसारेर माग्ने मान्छेको बाध्यतालाई गहिरिएर सोचो । किनकी जव एक रुपैयाको लागि सयजनालाई हात पसारछन् यी माग्नेहरु, तर एकादुई दयालु भक्तजनले बल्लबल्ल दिन्छन्।धेरै जसोले तँ खुजुरा छैन भनेर टाँर्छन। तर!आफ्नो स्वार्थ्य बोकेर देउतासित धेरै पाउने आशामा पाँचसय हाजर खर्च गरेर पुजा गर्न भने कतिपनी हिच्किच्चाउँदैनन। जुन की त्यो फूल "केहिं घण्टामै ओइलिएर फाल्नु पर्छ। तर त्यो प्रति कसैको ध्यान गएको हुदैन। हामी हिन्दू धर्म प्रति आस्था र बिस्वाश गर्छौ,आफ्नो संस्कार र कर्तब्यलाई हामीले भुल्नु हुदैन, म पनि भगवान मान्छु, तर भगवानले त मात्र तिम्रो चोखो मनको फूल चढाउँ,बस मलाई पुग्छ भन्नु भएको छ,तर खै त हामीले बुझेका?देशमा बेरोजगारी बढेर माग्नेको संख्या दिनानु,दिन बडेकोले गर्दा मन्दिरको सोभानै हराएको छ। दिनानु,दिन बाटैमा खाने सुत्ने बस्ने गरिवीहरु बढेर फोहर र मैलाको थुप्रो लागेको छ। त्यहाँ राज्यले "खै" आफ्नो दाइत्वको महसुस गरेको।
यी बाटो,बाटोमा बस्ने र स्वास्थ्य ठीक भएका माग्नेहरुलाई बाटो,घाँटो सफा राख्ने महत्व बुझाएर दैनिकी हुने खर्च मात्रै दिएर बाटै बँडार्ने काममा लगाएँ आहा, कति, जाति,हुन्थ्यो।थोरै भएँ पनि बेरोजगारीहरुको समस्यामा राहात तँ पुग्थ्यो होला? होईन गर्न सकनेले तँ आफै गरेकैछन्,देश बिदेश गएका छन् सकेंजति शिक्षा हाँसिल" पनि गरेकाछन्। नसकनेलाई न! हो,राज्यको दाइत्व भनेको?सही ढंगले देशको शासन चलाएँ त बाहिर देश सँग हार गुहार माग्न "पनि जानुपर्ने थिएनँ होला। आफ्नै नेपाली यहाँ कति धनी धनी छन्,ठुला ठुला घर हेर्दै अड्कल लगाउछ मनोहर। अभावमा एउटा फूलको भाउँ सुन्दा यति सारा कुराको खाका कोर्न विवश भयो मनोहर। तर यी राज्यका संरक्षक हरुले किन नसोचेका होलान?सायद आफुलाई अभाव छैन अरुको दु:खको महत्वको ख्याल नभएर होला।एकदिनमा एउटा मात्रै राम्रो कामको शुर्वातगर्दा महिना दिनमा ३०,३२ वाटाको गन्तिमा पुग्थ्यो/हातमा सत्ता र हैंकम चल्नेको मन छैन। अहो सोच्न पाउदा त मनोहरले भोक लागेको "पनि महसुस गर्न पाएन। त्यतिकैमा एक्कासी आर्यघाट बाट नमिठो एकहोरो चर्को धुनले मनोहर झस्कियो,त्यो शंखको धुन रहेछ।'कोही कसैले यो संसार आजै बाट छोडेको संकेत थियो। त्यो मृतक शरीर चुपचाप चित्तामा जली रहेकोथ्यो,आफ्ना आफन्त अलौनाबिलौना गरेर रुदै थिएँ/त्यही सत्य र यथार्थ क्षणलाई आँखामा बोकेर त्यहाँ बाट ओझेलिन्छ मनोहर/

