कथा
आचार्य सुविसुधा
मधुरो जूनको प्रकाश शितल मन्द मन्द बतास छङ्ग खुलेको आकाश स्वच्छन्द डुलेको आभाष तप्प तप्त शित झरेर पात माथी त्यही शितको भारले लच्केको दुवो चौर भरी बिच्छ्याइएको गलैंचा त्यही माथी कोमल पैतालाको डोब । म अघि अघि एउटा छायाँ मेरो पछि पछि हामी गइरहन्छौ निरन्तर अगाडि कहाँ किन थाहा छैन शितमा चिप्लेर लड्न लाग्दा कसैले मेरो हात च्याप्प समाउँछ मसँग मेरो छायाँ छ बस् मलाई्र यति थाहा छ ।
पहाडको टुप्पोबाट उन्मुक्त वैंश छचल्काउँदै झरेकी छाँगो ढुङ्गाको कन्दरामा आएर समागम् हुन्छ । एक अनौठो ध्वनि छाँगाको शितल बतास मेरो पछ्यौरी उडाएर चुम्छ अङ्ग-प्रत्यङ्ग । जूनको मधुरो उज्यालो भित्र नियाल्छु झरनाको सुन्दरता कता कता इष्र्या लाग्छ उसको जवानी र स्वतन्त्रता माथी ।
म खोलाको एक चेप्टो पसारिएको ढुङ्गामा उभिएकी हुन्छु । पानी भित्रको माछालाई हेर्दै त्यो मौसम एकदम मनपर्छ । हुन सक्छ जीवनमैं यस्तो सुनौलो पल कहिल्यै आएको थिएन ।
"परी ! कस्तो लाग्यो यहाँको वातावरण के तिमी कहिल्यै यहाँ आएकी थियौ "
सामून्यको ढुङ्गामा ठिङ्ग जिजिबिषा झैं उभिएर छायुले प्रश्न गर्छ ।
"अँ हँ । आज भन्दा पहिले म यहाँ आएकी छैन । साँच्चै तिमीले मलाई्र यहाँ किन ल्याएको"
ऊ पर क्षितिजमा चादिका टुक्रा झै गुच्छा परेर रहेको बादललाई नियाल्दै र एक नासले टोलाउँदै जवाफ दिन्छ -
"केही भावनाको कुरा गर्न केही मायाको कुरा गर्न । तिमीसँग केही लिन र केही दिन हो परी ! म वर्षौदेखि तिमीलाई यही ठाउँमा यसरी नै भेट्न चाहन्थे तर समय कहिल्यै अनुकुल भएन । आज वर्षौंको तपस्या पुरा भएको छ । यस अर्थमा म ज्यादै खुशी छु ।"
उसको भावुकता गहिरो अभिब्यक्ति तरल एकदम तरल सोचाईंले अलिकति झस्काउँछ मलाई्र ।
"किन र छाँया तिमीले भनेको जस्तो कुरा गर्न अन्त सकिदैन र"
"सकिदैन ! नितान्त सकिदैन कहाँ छ चोखो भूभाग कहाँ छन् निस्वार्थी मन तिम्रो हात समाउन तिम्रो केसहरु मुसार्न मलाई्र यही स्थान चाहिन्थ्यो बुझ्यौ"
म आँखा उठाएर उसलाई्र हेर्छु । सुन्दर युवक चम्किलो मुहार गोला आँखा झिमिक्क झिम्काउँदै हेरीरहन्छ ऊ मलाई्र । झसङ्ग हुन्छु एकछिन अगाडि सम्म आफ्नै छायाँ तुल्याएको थिएँ उसलाई्र तर म गलत रहेछु । कताकता डर लाग्छ । शुन्य रात किराको आवाज झरनाको ध्वनि बाहेक उही हामीले फेरेको सासको आवाज मात्र सुनिन्छ । म भूईंमा लत्रेको मयत्रो हातले सियारेर शरीर छोप्ने प्रयास गर्छु । भ्यागुतो उफ्रे झै उफ्रेर ऊ मैले टेकेको ढुङ्गामा आइपुग्छ । मलाई्र भने भय त्रास र शंकाले गाँजेर लुलो बनाउँछ । अलिकति पछि हट्ने प्रयास गर्छु । बलिया हातले च्याप्प समाउँछ मलाई्र ।
"छाडि देऊ मलाई ! कुन अधिकारले समाउँछौ मेरो नाडिमा म कसैकी छोरी हुँ । यसरी सुनसान रातमा मेरो पिछा गर्दै हात समाउनु ठीक हैन ।"
म उसको हात फुत्काउने प्रयास गर्छु तर खल खल पसिना छुट्छ ।
"किन र परी मैले समाएको हुँ अरुले हैन । आज तिमी र म बीचमा कोही आउने छैन । यति सम्म कि बतासलाई्रसम्म रोक्ने शाहस छ मेरो । ऊ हेर ! पहाडबाट झरेको छाँगो तिमी भन्छौ भने रोकिदिन्छु त्यसलाई्र पनि । तिमी मेरो आसय बुझ्दिनौ परी मैले समाउनु अगावै कसैले यि हातहरु समाउने प्रयास गरेको भए मात्र पनि भष्म बनाउँथे उसलाई्र ।"
नभन्दै एकछिन अगाडि मात्र चिसो बतास ओकल्दै झरेको छाँगो बीचमै रोकिन्छ । मन्द मन्द तातो हावा खोलाको किनारै किनार सुसेल्न थाल्छ । नचाहेरै पनि म मयत्रो शरीरबाट झिकेर ढुङ्गामा थपक्क राख्न पुग्छु । च्याप्प अठ्याउँछ उसले मेरो कम्मर हात फुत्काउने हिम्मत ममा रहन्न ।
पानी परेको साबुन जस्तै भतक्क भएर गल्छु आफू भित्रै गल्नु के थियो र डराउनु मात्र । अघि छाँगो खसेको ठाउँमा एउटा सुन्दर ढोका देखा पर्छ । छायाँले अँगालोमा बोकेर लान्छ त्यहि ढोकाबाट भित्र जहाँ एक अलौकिक सजिसजाउ कोठा छ । जुन कोठाको डेकोरेसन पहिला कहिँ कतै देखेकी हुन्न मैले । यस्तो लाग्छ स्वर्ग त्यहि हो । कोठाको बीचमा सुन्दर पलङ्ग चारैतीर झ्यालमा रेसमी पर्दाहरु छायाँले त्यही पलङ्गमा सुताउँछ मलाई्र र ऊ बिस्तारै पल्टन्छ मै माथि । बस् यति सम्मको याद छ त्यसपछिको दृष्यहरु धमिलो हुँदै आँखाबाट ओझेल पर्छन् ।
"परी ए परी ! बाहिर झलमल घाम लागि सक्यो । तँ भने अझै सुतीरहेकी छेस् । हे भगवान कस्तो अल्छी पाटे छोरी जन्माइछु मैले । आज शनिबार मन्दिर जाने भनेका थियौ रे साथीहरु तल पर्खिरहेका छन् छिटो तयार भएर मुन्टि ।"
टेवलमा चिया राखेर धोती उचाल्दै आमा कोठाबाट बाहिर निस्कनु हुन्छ । छ्या ! कस्तो नराम्रो सपना देखेँछु । यस्तो छ कहिल्यै देखेको थिइन । हजुरआमा भन्नु हुन्थ्यो-"बिहानी पखको समयमा देखेको सपना सत्य हुन्छ ।
"नाई-नाई यस्तो नहोस्" जे होस् सपना रोमान्टिक थियो । कसलाई्र भन्नु कसलाई्र सुनाउनु" म बिस्तराबाट जुरुक्क उठ्न खोज्छु शरीर भारी भए झैं लाग्छ । हातगोडाका मांसपेशीहरु पट्पट् फुट्ला झै दुखेको टाउको भारी गह्रौ हुन्छ । सिरक मिलाउन खोज्दा एउटा कालो सर्प सलल खाट मुनि ओर्लन्छ ।
म बेस्सरी चिच्याउँछु-"आमा ! बाबा सर्प……॥सर्प चिच्याएको आवाज सुनेर बाबा-आमा बहिनी र साथीहरु मेरो कोठामा आउँछन् । "के भो किन चिच्याएको " चिट्चिट् पसिना काट्दै बिस्तराबाट झर्छु । "सर्प एउटा कालो सर्प मेरो सिरकमुनीबाट खाटमुन्तिर झरेको छ ।"
सबै जना त्यतै हेर्छन् तर त्यहाँ केही हुँदैन । "छोरी ! सपना नराम्रो देख्यौ कि कसो त्यसैको तर्कना आएको होला ।" बाबाले भन्नु हुन्छ । म फेरी झसङ्ग हुन्छु ला ! बुबाले थाहा त पाउनु भएन । हैन हैन मेले देखेको सपना उहाँले कसरी थाहा पाउनु, भर्याङ्ग झर्न लाग्दा चाल पाएँ तल्लो पेट असहज तरिकाबाट दुखेको छ । आखीर किन यस्तो भयो त्यो सपना र मेरो शरीरको अस्वभाविक परिवर्तन आपसमा किन मेल खाइरहेछ किन म उसै भड्किरहेछु । त्यो सर्प कहाँ गयो मनभरी जिज्ञासा प्रश्न कौतुहलता तँछाड मछाड कुस्ती खेल्न आउँछ म भने साथीहरुसँग मन नलाई नलाई मन्दिर तिर जान्छु ।
अरु मोटाएको देखेर खुव इष्र्या गर्थेँ म । दराजमा राखेको चौठाबाट कैयौं पटक आमाको आँखा छलेर थुर्पिका थुर्पि घिउ चोरेर नखाएको पनि हैन तर पनि पटक्कै मोटाउन सकेकी थिइन । साथिहरु ऊ जन्ममा मासु बेचेर खाएको आरोप लगाउँथे म थिएँ नै त्यस्तै । बाँसका मकै भुट्ने कप्टेरा जस्ता हात पाखुरा देखे पछि नभनुन् पनि कसरी उनीहरुको कसीलो पाखुरा र छिनेको कम्मर देखेर सधै थुक निल्नु मेरो अन्तिम विवस्था रहँदै आएको थियो । दैवी चमत्कार झै गएको एक महिना यता आफसेआफ मोटाउँदै आएकी छु । महिना नाघेको पनि डेड महिना भइसक्यो । हिजो पनि आमाले सोध्दै हुनुहुन्थ्यो-
"तेरो महिना नाघ्यो किन हो "
खै म आफै बिलबन्दमा थिएँ भने जवाफ कसरी दिन सक्छु र हिजो आज पिरो अमिलो एकदम मन पर्न थालेको छ । घर पछाडिको कागतीको बोटै रित्तीयो एउटा एउटा चोरेर नूनसँग खाँदा ममा किन यस्तो परिवर्तन आइरहेछ पहिलाको कपडा एउटा पनि मिल्दैन मागेर लगाएको झैं हुने सरुवाल कुर्था टिपिक्क पर्छ । त्यसो त म आफैलाई्र थाहा छ छाती पनि पहिलाको तुलनामा गोला ठूला र कसीला भएको । मैनावारी रोकिनु मोटाउनु अमिलो पिरो देहले माग्नु यो त राम्रो लक्षण हैन ।
म साइन्सको विद्यार्थी मलाई्र थाहा छ पुरुषको शुक्रकिट र महिलाको डिम्बबेगर कुनै पनि महिला गर्भवती बन्न सक्दिन । सत्र बसन्त पार गरेर अठार बसन्तमा टेक्दाको यो घडिसम्म् पनि कुनै परपुरुषलाई्र छोएकी छैन । मात्र त्यहि सपनाको रहस्यमय घटना बाहेक । के सपनामा भएका त्यस्ता कि्रयाकलापले पनि बिपनामा गर्भ रहन सक्छ र सोचाइको तन्द्राहरुमा नै दिन रात बित्छन् मेरा । कहिले काही के हुन्छ कुन्नि निदाउनै सक्दिन । कोल्टे फर्कदा फर्कदै रात आँखैमा बित्छ । कस्तो ! डिप्रेसन हुन पो लाग्यो क्यारे मलाई्र । भतभत पोल्छ म निसासीरहन्छु हर घडी ।
मनमा बलेको आगो निभाउन मैले मेडिकल टेष्ट गर्नै पर्छ । साइन्सले पनि आजभोली निकै सजिलो बनाइदिएको छ । आफूले कसैलाई्र थाहै नदीई पि्रग्नेन्सी टेष्ट गर्न सकिने वा ! क्या चमत्कारी ब्यवस्था । बिहान कलेजबाट घर फर्कदा बाटोमा पर्ने औषधी पसलबाट पि्रग्नेन्सी टेष्टको सिवर किनेर ल्याएँ । यसलाई्र प्रयोग गर्ने तरिका पनि त्यहि लेखेको रैछ । घरमा कोही पनि नभएको मौका छोपेर यूरीन टेष्ट गरेँ । शंका साकार भएर निस्कियो यानेकी रिजल्ट पोजेटिभ आयो ।
यस्तो कसरी हुन्छ बास्तबिक भोग्नु त परै जाओस् कल्पना पनि गर्न नसकिने घटना म आफै भोगीरहेछु प्रत्यक्षदर्शी भएर । यदि यो घटना अरुमा घटेको भए म आफै पत्याउने थिइन । संयोग मैं माथि खनियो । जिसस् क्राइस्ट त एउटी कुमारी आमाको गर्भबाट जन्मिएका थिए रे । त्यो समय र अहिलेको समय बेग्लै छ । कलियुगमा कुन भगवानले जन्म लिन्छन् । फेरि अधिकांश मानिसहरु नास्तिक भएर गएको बेला । म कोठामा फुईफुई रिगीरहन्छु फनफने लागेको खसी र्झै । अव बाबा आमाले थाहा पाएपछि के भन्नु होला कसरी मुख देखाउन सक्छु के वास्तबिकता म उहाँहरुको अगाडि राखौ पत्याउलान् र सपनामा मरेको देख्दा बिपनामा पनि मर्ने भए बेग्लै कुरा । पिउँदै नपिएको विष ओकल्दै छु थाहा छैन उक्त विषको असर परिवारमा कतिको पर्ने हो
"दिदी ! बाबा आमाले भन्नु भएको तिमी बैठक कोठामा आउ रे अति महत्वपूर्ण सल्लाह गर्नु छ भन्दै हुनुहुन्थ्यो ।"
तनावग्रस्त सोचाइमा उग्राइरहेकी म बहिनीकॊ आवाजले वास्तबिक भोगाइमा आइपुग्छु । मलाई्र खवर सुनाएर ऊ फर्किसकेकी हुन्छे । बोलाउनुको कारण पक्कै यही हो तीब्र भै दिन्छ मुटुको धड्कन । लरवरिन्छ पाउ अनायासै आँखाबाट आँसु त्रिशुली बनेर ओइरिदिन्छ ।
"हे भगवान ! कुन जुनीको सजाय दिदै छौ तिमी मलाई्र । कुनै पुरुषको सम्पर्क बिना नै कस्को भू्रण हुर्कदै छ मेरो पेटमा । वास्तबिकता कसरी ओकल्नु सक्छु म न उहाँहरुले पत्याउनु हुन्छ ।"
भगवानसँग मनमनै गुनासो गर्दा बैठक कोठामा प्रबेश भै सक्छन् मेरा पाउ । हेर्छु अँध्यारो मुहारमा रणचण्डी बनेकी छिन् आमा । बुबापनि त्यस्तै । कसरी बसाँ म उहाँहरुको अगाडि
"के उभिरहेकी अलच्छिनी बस् त्यो सोफामा"
आमाले भन्नु हुन्छ । म काम्दै बस्छु फेरि मौनता कोठाभरी छरिन्छ । रोक्न लाख प्रयास गर्दा गर्दै सिमसारमा पानी रसाए झैं रसाउँछन् आँखा आँसुलाई भित्र दवाउने प्रयास असफल भएर गालाको बाटो हुँदै बग्छ । हत्तन पत्त उहाँहरुले नेदेखुन् भन्दै म्याग्सीको फेरले पुच्छु । बाबा र आमा शुन्यतामा मुखामुख गर्दै शंका उपशंकाको खेती गर्दै हुनुहुन्छ । उहाँहरुको मौनताबाट म स्पष्ट बुझ्न सक्छु । यस्तो लाग्छ बिषयको उठान गर्न उहाँहरुलाई पनि खुव गाह्रॊ भएको छ । केही समयको मौनता तोडदै आमा बोल्नु हुन्छ-
"परी ! तेरो महीनावारी रोकिएको कति भयो "
"चार महिना ।"
"कसरी यस्तो भयो"
"थाहा छैन ।"
मेरो जवाफ नटुङ्गीदै आमाको हातको चड्कन बर्षिन्छ मेरो गालामा ।
"कुन पापीको नासो बोकीस् कुलङ्कार्नी पेट बोक्ने तँ दुनियामा रासलिला मनाउने तँ थाहा कसलाई्र हुन्छ मलाई्र"
आमाको हात असिना झै मै माथि वर्षिन्छ बाबाले रोक्दै- "जे नहुनु थियो त्यो त भैसक्यो । छोरीलाई पिटेर समस्या समाधान हुन्छ र के गरेको तिमीले आमाको मन पनि किन यस्तो पत्थर जस्तो"
बुबाले आमाको हात समाएपछि आमा आफै बुबालाई अंगालो मारेर रुन थाल्नु भो ।
"म के गरुँ त परिका बुबा छोरीको आमा कसैले बन्न नपरोस् त्यो हुनुको पीडा आज म जलेर सहिरहेछु । भरोसा रहेन आफ्नै सन्तान माथि म हारे अव के गर्नुपर्छ तपाई आफै गर्नुस् ।"
आमाको क्रन्दन, बुबाको उदासी चेहेरा बहिनीको चिन्ताग्रस्त मुहार म उसै कमजोर बन्छु । रुवाइको डाँको भित्ता छेडौला झै गुाजायमान हुन्छ । समयको गोरो अनुहारमा रातले अँध्यारो हाडीको मोसो पोते झै मेरो इज्जत अस्मिता अनबिज्ञताको एउटा ढकीमा कसैको भू्रर्ण पलाउँदैछ फुलको कोपिला बनि । मेरो थाकेका इन्द्रियहरु हराउन खोज्छन् आफैलाई्र तर वास्तबिकता कता हो कता टाढा भैदिन्छ र त ह्दय सुकसुकाइ रहन्छ हरपल ।
नजिकै बसेर कपाल मुसार्दै भन्नु हुन्छ बुबा-
"छोरी ! जानी नजानी रहरमा कहरमा स्वीकारमा अथवा जर्वजस्ती थाहा छैन कसरी यो घटना घट्यो । कुनै समयको तितो सत्यलाई अंगाल्नु पर्छ हामीले । भन छोरी यो पाप कस्को हो हामी उसैलाई्र जिम्मा लगाइदिन्छौँ यसैमा सबैको कल्याण हुन्छ तिम्रो हाम्रो उस्को र बच्चाको ।"
अप्रत्यासित आफ्नो निधारमा लागेको कालो टिका मेट्नका खातिर म कसरी अरुलाई आरोप लगाउन सक्छु ताकी त्यहि हो यो बच्चाको बाबु भनेर । मेरो मुखबाट कुनै जवाफ निस्कदैन । बाबा आमाको अगाडि बसीरहन पनि दिएन नैतिकताले म आफ्नो कोठामा जान्छु ।
एउटा सुन्दर बालक प्रत्येक सपनामा लुट्पुटिन आउँछ मेरो काखमा म पन्छाउँछु उसलाई्र । कलिलो ओठ फट्याउँदै बोल्छ ऊ-
"म तिम्रो छोरा हुँ बाँच्न जन्मन चाहने किन तिमी तिरस्कार गर्छौ । मलाई्र स्नेहको थाङ्नामा बेरेर तिरस्कारको सर्दी हटाउँदैमा के बिग्रन्छ र आनन्दको छायाँमा हैन जन्मनुको मायामा बढ्दैछु । मैले धर्तिको दर्शन गर्नु छ त्यति जिम्मेवारी तिमी पुरा गर बाँकी कर्मदाताले सम्हाल्नुहुन्छ ।"
कर्मदाता ! आखीर को हो ऊ कुन जुनीमा गरेको पापको फल चखाउँदै छ उसले मलाई्र कुमारी आमा बनाएर । उसको के स्वार्थ छ म प्रति सुनौलो बिहानीमा कावा खाँदै आनन्द र हर्षको दुवोमाथी टेकेर जीवन सजाउने बेला पीडा ब्यथा मिश्रित बालुवाको थुप्रोमा बिधवाको सारी जस्तो फरफराई रहनु परेको छ । अव त यस्तो लाग्छ कम्मरमा तृप्तीको कलश बोकेर पोल्टामा आनन्दको मकै भटमास चपाउँदै हिड्ने दिन कहिले आउँदैन । म माथि समयको तुफान चल्यो उडाउँछ क्यार रहरका उद्वेगहरु चाहना भुवा बनेर बतासिदै बादल माथि । म धर्तिबाट नियालीरहेछु एउटा काकाकुल झैं । भयानक पीडा ह्दयमा च्वास्स काँडा बनेर बिझ्छ निसासिनु छट्पटिनु मात्र बिकल्प छ मसँग ।
घाँटीमा समयको पासो लगाएर महिना फुत्त फुत्त चिप्लदै गयो न मैले आफ्नो गर्भ कसैलाई्र जिम्मा लगाउन सकँ न गर्भपतन नै कुनै न कुनै बहानाले चेपेर नौ महिना लाग्छ । बाबा आमा मुख बोल्नु परै जाओस् मेरो कोठामासम्म फर्केर हेर्न चाहनु हुन्न । बहिनी बिचरी जेनतेन खाना कोठासम्म ल्याइदिन्छे । घरको संघार छिचोलेर बाहिर ननिस्केको पाँच महिना बितिसकेछ ।
बहिनी भन्दै थिई-"हामीले तँ मामाघर गएकी छेस् भनेका छाँ गाउँलेहरुसँग के गर्नु इज्जत बचाउन ढाकछोप गर्ने पर्यो ।" ऊ रुन्छे मेरो छेउमा आएर । बालुवामा माछा निसासिए झै छट्पटि हुन्छ मलाई्र । त्यसो त अजिवको सपना देखेको रातदेखि कहिले म ढुक्कसँग बस्न सकेकी छु र
"तेरो बच्चा जन्मेपछि रातारात………………। बाबाले भन्नु भएको छ ।" डराई डराई बहिनी मसँग भन्छे ।
रहस्यमय ढंगबाट बसेको गर्भ बच्चा कस्तो होला मलाई्र हेर्न आतुर लागिरैछ । अरुको बच्चा देख्दा त बोक्न मन लाग्ने बानी आफ्नो बच्चा कसरी पठाउन सक्छु होला । झनै सोचाइले चिमोटिरहन्छ । पच्छ्यौरी फिजाएर बिहान उदाए पनि घुम्टो ओढेर रात लस्के पनि मलाई्र सधै औंसीको अँध्यारो रात नै लाग्छ । बन्द कोठा भित्र संसारीक दुनियाबाट लुकेर म निसासिदै छटपटिदै रुदै चिच्याउँदै समयसँग लडिरहेछु । भित्ताहरुले जिस्काउन थालेको छ अचेल सिलीङहरु पाखुरी सुर्कन्छन् कहिलेकाँहि झ्यालका कापबाट बिस्तारै चियाएर माउसुली मेरै उपहास गर्छ । पोखीएर जूनको प्रकाश छताछुल्ल मैलाई भिजाउन आइपुग्छ । कहिलेकाँही यस्तो लाग्छ किन दिन रात बन्यो । मात्र रात भैदिएको भए त्यो पनि औंसीको एउटा छुट्टै मज्जा आउँदो हो म जस्तो पीडीतको लागि ।
एक रात बेस्करी मुसलधारे पानी ओइरिन्छ पानीको आवाज सुन्दै यस्तो लाग्छ आकाशबाट झरेको हैन कसैलॆ आरीबाट खनाइरहेछ । धर्ति थर्काएमान पारेर बिजुली चम्कन्छ । एकै छिन झलमल भएको कोठा निस्पष्ट अँध्यारोमा परिवर्तन भैदिन्छ । अन्धकार उम्रेको चपरी पल्टाउन एउटा मैनबत्ती सल्काउँछु । झ्यालबाट चियाउँदा रात तिर्थ पुगेर आउने हिन्दु नारीले जस्तै मुडुलो देखिन्छ उसको कालो जगल्टा खरबारीमा खर काटे झै सिलित्त खौरेको छ मैनबत्तिको प्रकाशले ।
बिस्तारै तल्लो पेट धमिराले काठ कोपरे झै कोर्पन थाल्छ सहन सकुन्जेल दुई हातले थिचेर घोप्टे परी बस्छु जव पीडाको चरमसिमा शरीरका अङ्ग अङ्ग सुमसुम्याउन थाल्छ तव कराउँछु पीडा मत्थर बनाउन । चिच्याइले घरको पर्खाल नाघ्न थालेछन् सायद आमा र बहिनी इमर्जेन्सी लाइट हातमा बोकेर मेरो कोठामा आउँछन् । के भन्नु थियो र त्यतिबेला म प्रसव पीडामा चुर्लुम्म डुबीसकेकी हुन्छु । आमा कम्मर मुसारेर साहस दिन थाल्नु हुन्छ । बहिनी खुट्टा मुनी बसेर पिलपिलाउँदो मुख लगाउँदै हुन्छे । ब्यथाको रन्कोमा कति समय हराउँछु त्यो म आफैलाई्र थाहा हुँदैन ।
जव बच्चाको कारुणीक चित्कार कानमा पर्छ तव म होसमा आउँछु । बच्चा भुईंमा झर्ने बित्तिकै बिषादी काँडा निकाले जस्तो सन्चो हुन्छ मलाई्र । मैले भुल्छु कि त्यो बच्चा म आफैले जन्माएकी हुँ । बाबा आमा आत्तिरहनु भएको छ भन्ने कुरा उहाँहरुको मुहारबाटै स्पस्ट झल्कन्छ । सोच्दै हुनुहुन्छ होला कतिखेर उज्यालो हुन्छ र बच्चालाई …………।मा पुर्याउन । ठीक त्यतिनै बेला कोठै उज्यालो पारेर बिजुली चम्कन्छ सोही चम्काइसँग हाम्रो अगाडि छायाँ देखा पर्छ ।
"परि ! त्यो बच्चा मलाई्र देऊ यो हाम्रो मायाको निसानी हो । मलाई्र थाहा छ मैले गर्दा तिमीले धेरै दुःख झेल्नु पर्यो तर विवस्था त्यसो नगरी सुख पनि त थिएन । मैले जे गरेँ हाम्रै भलाइको लागि गरेँ ।"
कलिलो शिशुलाई काखमा चपक्क उठायो उसले । भुईमा रोइरहेको बच्चा उसको काखमा जाने बित्तिकै चुपचाप भयो उक्त दृष्य देख्दा यस्तो लाग्थ्यो जन्माउने आमा म नभएर छायाँ नै हो । जव बच्चा उसको काखमा मुसुक्क मुस्कायो तव त्यहाँ झलमल्ल उज्यालो भयो ।
मानौं सात सूर्य्र उदायो । बाबा आमा हेरेको हेर्यै हुनुभयो कारण झ्याल ढोका बन्न हुँदा हुँदै छायाँ कोठामा आउनु उसको उज्यालोले कोठा झलमल्ल बन्नु एउटा अनौठो घटना घटिरहेको थियो । एक अनौठो गन्ध कोठाभरी छरपस्ट फैलिएर त्यो ठाउँ अर्को लाग्ने वातावरण सिर्जना भैरहेको थियो । अचानक फेरी बिजुली चम्कदा छायाँ र मैले जन्माएको बालक त्यहाँ हुँदैन । कोठा पुन अँध्यारो भैदिन्छ मैनबत्तिले उज्यालो पार्न नसकेको दृष्य ।
म बिस्तराबाट जुरुक्क उठ्छु शरीर एकदम हलुका फुलको थुङ्गा जस्तो बन्छ । बच्चा जन्माएको नाम निसाना कतै हुँदैन । मैनको उज्यालोमा ऐना अगाडि उभिन्छु म पहिलाको भन्दा सुन्दर सुकोमल स्वच्छ भएको छ मेरो स्वरुप । आफैलाई्र गर्भ लाग्छ । बाबा आमा र बहिनी आँखा माड्दै मैलाई नियाल्नु हुन्छ । म भने एउटा अजिवको संसारमा पुगेको कल्पनामा मुसुक्क मुस्काइदिन्छु । त्यति नै खेर झट्ट बिजुली आउँछ । हामी देख्छौ कि बन्द झ्यालको खापाबाट एउटा सानो सर्प र ठूलॊ सर्प बाहिरिन्छन् ।