चुरोट
कथा
बिबेक दुलाल छेत्री "दमक"
उस्ले आँपको रुखमुनी बसेर आफ्नो बुवा आमा र छिमेकी प्रशादलाई एकसाथ सम्झ्यो। बाबुलाई बजार ,खेत,दाउरा जाँदा आमासितै भेट्यो। आमालाई पनि पानी लिन जाँदा,पात टिप्न जाँदा,अस्पातल जाँदा बाबुसितै पायो।
प्रशादलाई कचहरी जाँदा,तिरो तिर्न जाँदाप्रशादकी जहानसितै पायो।
उुस्ले आफ्नु उुमेर सम्झ्यो कसो कसो तीन दशक काट्न लागेछ।
उुस्लाई गर्मी नभए पनि पसिना आए झै भयो।अनी उुस्ले हतार हतार दुई वटा चुरोट छिन भरमै सिध्यायो।
प्रशाद कि छोरी प्रतिमा ब्राह्र कक्षामा पढ्थि।अहिले यतैबाट आउदै थि। उस्को मनस्थितिलाइ प्रहार गर्दै प्रतिमाले आँपको सयलमा उुभिएर भनि_के सोची रहनु भएको रमेश दाई?
प्रमिलाको आवाज बाट ऊ झस्कियो। उसलाई भन्न त मन लागेको थियो।प्रमिला कहिले तिमी र म मेरा र तिम्रा बाबु आमा झै जहाँ पनि सगै जाने,एकसाथ सग सगै रमाउुने । तर उुस्को मुखबाट बस यत्तिकै प्रमिला मात्र निक्लन सक्यो।
प्रमिला उस्लाई मन पर्थि।तर उस्ले कसरी आफ्नु मनको कुरा राख्ने मेसो पाएको थिएन।
प्रमिलालाई पनि रमेश औधी मन पर्थ्यो । उस्को चौडा छात्ति,बलिस्ट पाखुरादेखी भुतुक्क हुन्थी प्रमिला । अहिले पनि उस्ले रमेशलाई सरर हेरि । उस्को साङठनिक शरीर राम्ररी नियालि।अनी उस्ले सोचि_ कत्रो भाउु खानु परेको होला, हेर न केटी जस्तो लज्जालु भएको यो रमेश ! मलाई मनको कुरा भने त भई हाल्यो नि !! रमेशले पनि आज चाँही मन को कुरा नभनी नछोड्ने निस्चय लियो । तर प्रमिला त अगी नै हिडि सकेकी रहिछे । रमेशले फेरी अर्को सर्को चुरोट निकालेर तान्न थाल्यो।धुवासितै उुस्का रहरहरु पनि उुड्न थाले।
अस्तु:
वास्तविक नाम:भानु भक्त दुलाल
दमक,झापा
हाल:अबुधाबी,युएई

