"सपनाहरु टुटी दिंदा"

सपनाहरु टुटी दिंदा थकित भै गली रा'छु!
वेदनाको नशा चड्दा बेहोसी भै ढली रा'छु!
हजारौं ति लक्ष्यहरु सबै साकार हुन्न रै'छ
हारेको मान्छेलाई यहाँ कसैले नि छुन्न रै'छ!
असफल ईं चेहेरालाई खरानीले दली रा'छु!
वेदनाको नशा चड्दा बेहोसी भै ढली रा'छु!
अपुरो ति आशा बोकी कतिन्जेल जिउनु अब
वियोगको पिडा खपी कति आँशु पिउनु अब!
चाहनाको ज्वाला भित्र पत्कर सरि जली रा'छु
वेदनाको नशा चड्दा बेहोसी भै ढली रा'छु!
सपनाहरु टुटी दिंदा थकित भै गली रा'छु!
वेदनाको नशा चड्दा बेहोसी भै ढली रा'छु!
"सुवास संगम राई"
लोखिम,सोलु
