'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75241

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-२२


सम्पूर्ण आदरणीय तरही मुसायरा प्रेमी अग्रज, समकक्षी मित्र तथा पाठक ज्युहरु ! फेरी पनि घायलको तरही मुसायरा-२२ तपाइहरुको सामु पस्किएको छु ! अब तरही मुसायाराको पुस्तक प्रकाशनार्थ हामीले तय गरेको अंक २५ पुराहुन लागेको छ र म निक्कै उत्साहित छु कि सम्पूर्ण नेपाली गज़लको इतिहासमा नै पहिलो तरही मुसायाराको संग्रह प्रकाशन हुँदैछ र यसमा इतिहासले पनि तपाइहरु सबैलाई सम्झिनेछ ! यो अंकमा पनि संधै झैं तपाइहरुको सक्रिय सहभागिता रहनेछ भन्ने अपेक्षा गरेको छु !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् 

पुर्बी नेपालको भोजपुर जिल्लामा जन्मनु भएका स्टारहाङ बान्तवा "जलन" परिवार सहित हाल ईटहरी नगरपालिकामा बस्नुहुन्छ र रोजगारको सिलसिलामा गत सात बर्ष देखी दुबइ यु ए ई मा कार्यरत हुनु हुन्छ । उहाँ सानै देखी साहित्यमा रुची राख्ने मान्छे भएता पनि लेख्न सुरु गरेको एक दशक नाघेको छ । उहाँलाई लेख्न मनपर्ने पिधा गजल भएता पनि अहिले गजल,गीत,गेडी,हाईकु,तान्का,मुक्तकमा कलम चलाऊदै आईरहनु भएकोछ । सात बर्ष पहिले उहाँले तांका संग्रह 'स्‍मृतिका छालहरु' पनि प्रकाशन गरिसक्नु भको छ । र रेडियो नेपाल, एफ एम अनी बिभिन्न पत्र पत्रिकाहरुमा उहाँका लेखहरु प्रकाशन/प्रशारण भएकाछन । उहाँले साहित्य उथानको लागि दैमासिक साहित्यिक पत्रीका 'नित्याभास'को प्रधान सम्पादक भएर प्रकाशन गर्दै आउनु भएको थियो तर आर्थिक अभावको कारण निरन्तरता दिन सक्नु भएन !

आज उही बहुप्रतिभाशाली सर्जक 'स्टारहाङ बान्तवा "जलन" ' जीको यो गजलको यो मिसरा-ए-सानी 'तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब' लाइ 'घायलको तरही मुसायरा-२२' मा तरहको रुपमा दिएको छु । माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार १० नोभेम्बर, २०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)

गजल: स्टारहाङ बान्तवा "जलन"
मिसरा:  तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब
काफिया: मोडे
रदिफ: हुन्छ अब
लय:  तिम्रो सोच/ बिचार त्यो// मोडे हुन्छ/ अब
लय -४+४+४+२=१४


तरही मुसायरा-२२ मा दिएको मिसराको मुख्य गज़ल यस प्रकार छ ! 


कती गर्छौ चुल्हा चौका छोडे हुन्छ अब । 
तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब ।। 


घर बसी भान्सा मात्रै कती हेर्छौ सधैं । 
संसार छेक्ने नेल तिम्ले तोडे हुन्छ अब ।। 


छोरी पनि छोरा जस्तै साहसिलो भई । 
अधिकार बराबरी ओडे हुन्छ अब ।।


दाशी जस्तै कति बस्ने जागौं उठौं सबै । 
रुढी बादी पर्खाल त्यो फोडे हुन्छ अब ।।


कती तिम्रो सप्नाहरु तुक्रिएका होलान् । 
टुक्रा टुक्री सप्ना आँफै जोडे हुन्छ अब ।।


लेखक-स्टारहाङ बान्तवा "जलन"
साहित्यिक नाम-"झुत्रेजेठा"
अगस्ट-८/२०११


घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

Posted by Unknown on 11:57 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

18 comments for घायलको तरही मुसायरा-२२

  1. Prem Nishani Magar.
    घायलको तरही मुसायरा-२२ मा आधारित.

    गज़ल
    जता खुसी मिल्छ नाता जोडे हुन्छ अब.
    तिमी बिना बाच्छु एक्लै छोडे हुन्छ अब.

    अग्नि माथि हात राखी तिम्रै बन्छु भन्थ्यौ.
    बाचा पूरा नगर्नेले तोडे हुन्छ अब.

    आफ्नो स्वार्थ पूरा गर्न माया गर्छु भन्ने.
    तिम्रो सोच विचार त्यो मोडे हुन्छ अब.

    मेरो साथ छोडेर नि खुसी हुन्छौ भने.
    पराइको घुम्टो तिम्ले ओडे हुन्छ अब.

    सोकेसमा सजाएको सिसा रैछ 'प्रेम'.
    तिम्रो हुन सकिन म फोडे हुन्छ अब.

    प्रेम निशानी मगर.
    स्याङ्गजा हाल दुबई.

  2. Diwakar Swapneel
    यो अभियानलाई शुभकामना अनि अभियान्ता मित्रलाई साधुवाद सहित यो गजल पोष्ट गरेँ।.

    सपनीमा आउन यो छोडे हुन्छ अब.
    बनावटी कुराहरु फोडे हुन्छ अब.

    दोबाटोमा खित्का छोड्ने हाँसो अरु सबै.
    चरित्र नै दूषित छ गोडे हुन्छ अब.

    दूनियाँ यो धेरै देखेँ भोगेँ धैर्य छैन.
    छेपारोको रुप तिम्रो तोडे हुन्छ अब.

    पराकाष्ठ नाघिसक्यो गल्ती भयो ठूलो.
    दाग छोप्न सेतो पर्दा ओडे हुन्छ अब.

    चर्ने खाने फेरी फिर्ने सोच तिम्रो कठै.
    तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब ।.

    - दिवाकर स्वप्नील , झापा ।.

  3. Prem Nishani Magar.
    घायलको तरही मुसायरा-२२ मा आधारित.

    गज़ल
    जता खुसी मिल्छ नाता जोडे हुन्छ अब.
    तिमी बिना बाच्छु एक्लै छोडे हुन्छ अब.

    अग्नि माथि हात राखी तिम्रै बन्छु भन्थ्यौ.
    बाचा पूरा नगर्नेले तोडे हुन्छ अब.

    आफ्नो स्वार्थ पूरा गर्न माया गर्छु भन्ने.
    तिम्रो सोच विचार त्यो मोडे हुन्छ अब.

    मेरो साथ छोडेर नि खुसी हुन्छौ भने.
    पराइको घुम्टो तिम्ले ओडे हुन्छ अब.

    सोकेसमा सजाएको सिसा रैछ 'प्रेम'.
    तिम्रो हुन सकिन म फोडे हुन्छ अब.

    प्रेम निशानी मगर.
    स्याङ्गजा हाल दुबई.

  4. ममताकी खानी सुमित्रा.
    घायलको तरही मुसायराको सफलताको कामनाका साथ २२ शृंखलालाई स्वागत गर्दै मेरो गजल ----

    सपनाका ति महल फोडे हुन्छ अब.
    द्यौता सामु खाको कसम् तोडे हुन्छ अब.

    मास्यौ आफै प्रेमरुपी यो दिलको फूल.
    तिम्रो आफ्नै काँडा घारी गोडे हुन्छ अब.

    कोमल् भन्थ्ये त्यो हृदय कठोर पो रैछ.
    बोल्न मिठा ति वचन छोडे हुनहुन्छ अब.

    तड्प्यौ हौला तिमी कति एकान्तमा कठ्ठै.
    साथ लिन अन्तै नाता जोडे हुन्छ अब.

    मन् भित्रका ति चाहना पुरा गर्ने भए.
    तिम्रा सोच बिचार ति मोडे हुन्छ अब!

  5. Tirtha Yatri Paudel गजल.

    मलाई छोडी अन्त्यै नाता जोडे हुन्छ अब.
    देउरालीमा खाको कसम तोडे हुन्छ अब //.

    चाहिदैन सहानुभूती कुरा नाना भाँती.
    मायाको त्यो चिनो रुमाल छोडे हुन्छ अब//.

    आस्वाशन धेरै खाइयो घाँटी घाँटी आयो.
    सम्बन्धको नातो तिम्ले फोडे हुन्छ अब //.

    किन हिड्छौ मेरो घरको बाटो साँझ बिहान.
    काम छैन भने ति फूल गोडे हुन्छ अब //.

    पधेराकै साथी भयौ तिमी यो युगमा.
    तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब//.
    तिर्थ"यात्री"पौडेल

  6. Bikash Shah · Subscribed · Tribhuvan University
    उसैसंग माया प्रिती जोडे हुन्छ अब!
    मलाई यहि दोबाटोमा छोडे हुन्छ अब!

    दु:ख बेदना संग मै मितेरी गासौला!
    रङ्गीन घुम्टो तिम्ले ओडे हुन्छ अब!

    देउराली भाकी खाएको बाचा कसम!
    जवानीको खेल सम्झी तोडे हुन्छ अब!

    यहाँ मेरो सप्नाको बिरुवा मरे पनि!
    त्यतै खुसीको बगौजा गोडे हुन्छ अब!

    एक्लै आँशु पिउने अठोट गरे मैले!
    तिम्रो सोच विचार त्यो मोडे हुन्छ अब!

    "बिकाश "(घायल)

  7. Kumar Shrestha · Subscribed · Top Commenter · Rainbo
    पराइकै फुलबारी गोडे हुन्छ अब.
    तिम्रो मेरो नाता पनि तोडे हुन्छ अब.

    मैले माया गर्दा खेरी घात हुन्छ भने.
    मेरी सानू अन्तै माया जोडे हुन्छ अब.

    किन पर्यो हाँस्न मैले किन सुख भोग.
    तिम्ले जोड्या भाग्य फेरी फोडे हुन्छ अब.

    थोपो आँसु झार्दिन म तिम्रो बियोगमा.
    तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब.

    यदी तिमी सोच्छौ भने तिमी बिना मर्छु.
    खाँचो छैन तिम्रो माया छोडे हुन्छ अब.

  8. Sunil Hamal
    बैगुनिलाई गुनले मार्न नसकिने भएपछि,
    कति पुराण सुनाउनु मनमा कुरा नलिएपछि,

    जति धोएनि गधालाई गाई बनाउन नसकेसि,
    आफ्नो सुर त गर्नै पर्यो मनमा चोट परेपछि,

    ढल्या टौवा,फुक्या फाट मनपरि गर्छ्यौ भने,
    काढे तार त लाउनै पर्यो हदबन्धि मिच्छौ भने,

    कति प्रयास गरे मैले,कुबिचार लाई त्याग भनि,
    उल्टो उल्टो सम्झि मलाई,दोबाटोमा छोड्छु भनि,

    के नै बाकी रह्यो र,तोढे हुन्छ नाता अब,
    तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब,

    सुनिल हमाल,म्यग्दी,२०११-११-४,
    हाल,एडिबि

  9. घायलको तरही मुसायारा - २२

    गजल(बुद्धि मोक्तान )

    हेर नेता ! तिम्ले देश छोडे हुन्छ अब
    जन्तासामु दश औला जोडे हुन्छ अब

    जन्ता उत्रे बिदाइमा नरिवल दिदै
    शुभदिन चौध मंग्सिर फोडे हुन्छ अब

    बिर्ता बेची गीर खेल्यौ ठूलै जीत ठान्यौ
    दोसल्ला भो सेतो खास्टो ओढे हुन्छ अब

    जेठ पछि भदौ पछी मंग्सिर भन्ने लाइ
    भोज्पुरेले छप्प छप्प गोड़े हुन्छ अब

    सिद्धान्तको पर्दा ओढी स्वार्थ भर्छु भन्ने
    तिम्रो सोच विचार त्यो मोडे हुन्छ अब.

    'बुद्धि' गति, मति सक्यौ किन बस्छौ यहा
    धर्ती सग तिम्रो नाता तोडे हुन्छ अब

  10. नशालु त्यो मधुरिमा तोडे हुन्छ अब ।
    संजीवनी भेटे पनि छोडे हुन्छ अब ।

    जवानीको पुष्पकुन्ज हराभरा देख्छु
    विधिमान्य घुम्टो तिम्ले ओडे हुन्छ अब ।

    सदिच्छाको भकारी छ आफन्तको मेरा
    नगरिमा आइ नाता जोडे हुन्छ अब ।

    कालगती रोकिंदैन बुझ्नु पर्छ संधै
    र्हिदयका दुविधा ती गोडे हुन्छ अब ।

    बिस्कुन सरी सुकेपछी बौरिंदैन बैंश
    तिम्रो सोच विचार त्यो मोडे हुन्छ अब ।

    कालगती = समयको गती

    आनन्द भट्टराई "गाउँले"
    खोटाङ

  11. Sanjaya Kumar Khadka आदरणीय मित्र हरु तराही मुसायारा २२ को लागि मेरो गजल यस्तो भयो केहि सल्लाह र सुझाब भए दिन नभुल्नु होला |

    शान्ति रोज अशान्ति चै छोडे हुन्छ अब
    शान्ति आयो भन्दै खुशी गोडे हुन्छ अब |

    बुढा भए बाबु आमा साथ् मा कोही छैन
    देश छाडी जाने धोको तोडे हुन्छ अब |

    देश भरी शान्ति रोजे कोही रोजे द्वन्द
    तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब |

    कति लिन्छौ गोलि गठ्ठा थाकी सक्यो ज्यान
    गोलि राख्ने भाँडो सबै फोडे हुन्छ अब |

    रात दिन् को झगडाले मुलुकनै सड्यो
    सबै मिलि भाइचारा जोडे हुन्छ अब |

    संजय कुमार खड्का
    हाल: साउदीअरब
    रामेछाप देउराली -८
    12 hours ago · Unlike · 1

  12. Bimala Adhikari

    तिमी बिना बाँच्न सक्छु छोडे हुन्छ अब.
    भार लाग्छ भने नाता तोडे हुन्छ अब.

    *+
    म भन्दा नी माया गर्ने अरु भेट्यौ भने.
    उतै तिर आफ्नो नाता जोडे हुन्छ अब.

    ++
    कती सँधै मेरो माया बिष सरी ठान्छौ.
    झार पात ठानी मलाइ गोडे हुन्छ अब.

    *
    मैले छाडे पछुताइ मर्छ भन्ने लाग्छ भने.
    तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब.

    *
    अब कुनै मुल्य छैन हाम्रो संबन्धको.
    मैले देको चिनो सबै फोडे हुन्छ अब...
    11 hours ago · Like.

  13. स्याङ्जाली रमेश ल यहि पेस्ट गरे ..
    मेरो घरको बाटो हिड्न छोडे हुन्छ अब
    अर्कै खोजी उतै नाता जोडे हुन्छ अब

    संगै बाचि सयौ जूनी हाँसी खुसी काट्ने
    तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब

    साथ दिदै रुवाउने रैछ तिम्रो बानी
    खुशी हुन्छु झुटा कसम् तोडे हुन्छ अब

    मेरो मुटु टुक्राएर आफ्नो खुशी भर्‍ने
    कल्पनाको मीठो फल फोडे हुन्छ अब

    मायाको त्यो सुन्दर फूल् बन्नु भन्दा काँडा
    उखेलेर जरै देखि गोडे हुन्छ अब

    स्याङ्जाली रमेश
    मरुभुमीको छाती बाट
    2 hours ago · Like

  14. कबिता श्रेष्ठ

    उसैसंग नयाँ, नाता जोडे हुन्छ अब
    अस्थायको मायालाई छोडे हुन्छ अब

    तिता मिठा क्षेणहरु सम्झी रहौला
    तिम्रो मेरो नाता पनि तोडे हुन्छ अब

    मलाई बिर्शी खुशी हुन् सक्छौ भने
    मेरा सबै चिन्नोहरु फोडे हुन्छ अब

    उस्कै साथमा बाच्न चाहन्छौ भने
    तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब

    आशुको थोपा झार्नेछैन तिम्रो नाममा
    चाहिंदैन तिम्रो माया छोडे हुन्छ अब

  15. मैले पनि मेरो गजल पोस्ट गर्ने जमर्को गरेँ गल्ती भएमा क्षमा चाहन्छु

    बोझ लाग्ने यो सम्बन्ध तोडे हुन्छ अब
    दुई मुटु गाँस्ने चिनु फोडे हुन्छ अब

    मेरो मायाँ पलासको फुल लाग्छ भने
    त्यस्तो झार फुललाई गोडे हुन्छ अब

    तिमीलाई मेरो भर छँदै छैन भने
    भर लाग्ने सँग नाता जोडे हुन्छ अब

    तिमी बिना मैले हार्छु भन्ने लाग्छ भने
    तिम्रो सोच बिचरा त्यो मोडे हुन्छ अब

    हामी बिच आफ्नो भन्ने बाँकी केही छैन
    सम्झौतामा बाँच्ने कुरा छोडे हुन्छ अब

    लक्ष्मी पोख्रेल
    काठमाडौं
    हाल ईज्रायल

  16. नीरस मैनाली
    लेख्न नआएपनि लहडै लहडमा लेख्ने कोशिश गरकोछु गल्ति भए बामे सर्न खाजेको बच्चा भन्ने ठानेर क्षमादान दिनुहोला भन्ने कामना सहित मेरो गजल पेश गर्न चाहन्छु.....

    मसँगका पिरती ती, तोडे हुन्छ अब
    अर्कैसँग मनमुटु, जोडे हुन्छ अब

    कति भनौं एकै कुरा, म हुँ खराब भनि
    मेरो दिलको कुना कुना, फोडे हुन्छ अब

    कता जाउँ कसो गरौं, सोच्न गाह्रो भए
    मझधारमै मलाई, छोडे हुन्छ अब

    पिरतीका अंकुर ती, झ्यााङ्गिए नै भने
    मुटु च्याती च्याती कन, गोडे हुन्छ अब

    लाज ढाक्ने नपाएमा, मुहारको तिम्रो
    मेरो लाशको कात्रो नै, ओडे हुन्छ अब..//

    हालः–डार्फर, सुडान

  17. Deepak Kc
    घायलको तरही मुसायारा २२ को लागि मेरो पनि एउटा प्रयास

    छेपारो झैं रंग फेर्न, छोडे हुन्छ अब!
    बैरी संगै नाता बरु, जोडे हुन्छ अब!

    आश्वासनमै अल्झाएर, लुटिरन्छु भन्ने,
    तिम्रो सोच बिचार त्यो, मोडे हुन्छ अब!

    आफ्नो भाग्य आफैँ कोर्ने, भइसके जन्ता,
    जनघाती सन्धिहरु , तोडे हुन्छ अब!

    गरीबको गाँस सँग, कती खेल्छौ सधैं,
    भरिसक्यो पाप घटा, फोडे हुन्छ अब!

    छोटिदैछ आयु तिम्रो, बनिदैछ चित्ता,
    आफैँ छानी आफ्नो कात्रो, ओडे हुन्छ अब!

    दिपक के सी "पीडित"
    बक्लौरी ४ सुनसरी
    हाल: कतार

  18. तरही मुसायरा-२२ मा दिएको मिसराको मुख्य गज़ल यस प्रकार छ !

    कती गर्छौ चुल्हा चौका छोडे हुन्छ अब ।
    तिम्रो सोच बिचार त्यो मोडे हुन्छ अब ।।

    घर बसी भान्सा मात्रै कती हेर्छौ सधैं ।
    संसार छेक्ने नेल तिम्ले तोडे हुन्छ अब ।।

    छोरी पनि छोरा जस्तै साहसिलो भई ।
    अधिकार बराबरी ओडे हुन्छ अब ।।

    दाशी जस्तै कति बस्ने जागौं उठौं सबै ।
    रुढी बादी पर्खाल त्यो फोडे हुन्छ अब ।।

    कती तिम्रो सप्नाहरु तुक्रिएका होलान् ।
    टुक्रा टुक्री सप्ना आँफै जोडे हुन्छ अब ।।

    लेखक-स्टारहाङ बान्तवा "जलन"
    साहित्यिक नाम-"झुत्रेजेठा"
    अगस्ट-८/२०११

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011