यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कबिता:-रुकमेली नानी

रुकुमेली ठिटो Austin, Texas


केटा हेर्दै सोमुी सरल सौम्य फरासिलो छ आनीबानी
बुकीको फुल सिउरेकी हौ की त रुकुमेली नानी 
केटी देख्दै भद्र भलाद्मी छौ बोली नै छ रसिलो मिठो
ढाकाटोपी छौ ढल्काएको हौ की त रुकुमेली ठिटो

केटा शिल्प छ नी सौन्दर्यताको माधुर्य छ शब्द भावमा
त्यो मोहित आखामा हेरी डुवे म तिम्रै रवाफमा

केटी चित्त बुमु्दो मुहार तिम्रो सुकोमोल छ दिब्य दृष्टि
तिमी मै आबद्ध भै सकें जोगाउन सुन्दर सृष्टि

केटा रुपमा छ जादु तिम्रो देखिन्छौ निकै भाग्यमानी
नाकमा बुलाकी लाउने हौ की त रुकुमेली नानी
केटी कसैको मन न दुखाउने सदभाव छ औधी मिठो
यो ज्यानै चंुडेर लैजाने हौ कि त रुकुमेली ठिटो

केटा ति पाखा पखेरीमा रम्ने खुला प्रकृतिसंग खेल्ने
रहर जाग्यो मेरो पनी आपस्मा दुखसुख मुेल्ने
केटी मन परयो नी तिम्रो बानी हाम्रै परिवेरमा रम्ने
मेरो भाग्यमा तिमीसंगै रै छ नी घरबार जम्ने

केटा गाउछौ मुयाउरे भाषामा कलात्मक छ जीन्दगानी
मुरचंुगाको धुनमा नाच्ने हौ की त रुकुमेली नानी
केटी अलौकिक छ भावभंगी आत्मै छुने चाल छ मिठो
यो जुनी बिताउन मैले छाने नी रुकुमेली ठिटो

Posted by Unknown on 9:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कबिता:-रुकमेली नानी

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011