गज़ल:-झर्नुमा छ मज्जा बेग्लै
मायाको त्यो भिरबाट झर्नुमा छ मज्जा बेग्लै
एकान्तमा उनकै याद् गर्नुमा छ मज्जा बेग्लै
लुकिछिपी हेर्छु जब उनी झनै रिसाउँछिन्
रिसाएरै कर्के आँखा तर्नुमा छ मज्जा बेग्लै
दु:ख सबै बिर्सिदिन्छु त्यही एकै मुस्कानमा
त्यो ओंठमा मन्द हाँसो छर्नुमा छ मज्जा बेग्लै
सँगै बस्छु उता सर्छिन् फेरि सर्छु अझै सर्छिन्
यसैगरी अझै छेउ सर्नुमा छ मज्जा बेग्लै
चाँदनी झैँ मुहार छ जवानीको के कुरा भो
त्यै रुपमा भुतुक्क भै मर्नुमा छ मज्जा बेग्लै
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई