गजल:-किच्च हाँस्दै आफ्नो लाज पचाउँन खोज्दैछौ
कुमार बुढाथोकी "आयुष"
किच्च हाँस्दै आफ्नो लाज पचाउँन खोज्दैछौ
जाँन्दा जाँन्दै हत्यारालाई बचाउँन खोज्दैछौ
अँध्यारोमा पासो थापी जवान् छोरो मार्यौ
उज्यालोमा बुढो बालाई नचाउँन खोज्दैछौ
छाती भित्र आगो दन्क्या देखेनौ कि कसो !
धैर्यताको केन्द्रबिन्दु जचाउँन खोज्दैछौ
कुर्सी माथि निदाएर दिवा स्वप्न देख्दै
ईतिहासमा कस्तो नाम रचाउँन खोज्दैछौ
दश बर्षे लडाईले नि बुझेन र प्यास !
फेरी अर्को गृहयुध्द मच्चाउन खोज्दैछौ



