यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

ओरालीमा ..........


कथा  
--ओम प्रकाश भट्टराई 'शुभचिन्तक'

शताब्दीले एक्काईसौंखुड्किला टेके पनि हाम्रो अन्तर जातीय बिबाहले गर्दा आफन्तहरुसंग टाढिनुपर्यो ! नयाँ गाउँ ,नयाँ ठाउँ नयाँ संसारको संघारमा "म",रेणुका,रमेश र उमेश रमाइलो परिवार थियो|
      समय कसरी बित्यो थाहै भएन ! हिजो सम्मको जीवन मात्तिनु र पात्तिनुमा बिते पनि अब उप्रान्त कुनै अर्थ नरहने भो !एक -एक सेकेण्ड मेरा लागि पल्ला भारि भएको छ - यहाँ को समय बेग ,कुनै अर्थले  .......जीवनको ओरालिमा चिप्लिएको छु |
         आज बर्षात यामको घुम्टो ओढेको साउन झैँ निशब्द ,चकमन्नता ,सुनसान र धुम्मिएको आफै भित्र हराई रहेको छु | छातीको गहिराइबाट वीदारक भावनाहरु स्थान्तरण हुँदैछन् आफ्नै गतिमा मानसपटल भित्रको आँधिबेहेरीले उमालेका लवणजन्य थोपाहरुले दृष्टि गेडिहरु भीजाउँदै छताछुल्ल राग सागरमा डुबेको छु येतीवेला !कारण उही दिनको ............!
        हिलो बिना कमल कहाँ फुल्छ र? ,फुल बिना भुँमारा कहाँ भुल्छ र?,त्यस्तै "म"  ! पानी  सुकेको खोला जस्तो असरल्ल बनेर वर्तमान झेल्दै छु ! बिना चैत्रमा असिना पर्ला भनेर कसलाई के थाहा थियो र ? त्यो पनि गुलाफको पोथ्रा मै हुर्कियो ! अन्तत:मेरो गुलाफको पोथ्राको जीवन असिना रुपी काल ले सदा -सदा को लागि निमिट्यान्न पारिदीयो र "म"माली मर्माहतमा एक त्यान्द्रो सास तान्दै बाँचिरहेको छु आज  यो बेरंगी समयमा ......
         हिजो सम्म लुगा फाटो धोइदिने उनी  थीइन् ,दु:खमा आँसु पुछ्ने उनी थीइन्  ,घरकी लक्ष्मी उनी  थीइन्  ,जीवनमा खुशी छर्ने उनी थीइन् ,अझ भनौं मेरो सबै -सबै उनीनै  थीइन्  ..गुलाफको पोथ्रा अर्थात् मेरी जीवन साथी रेणुका  | मैले जसलाई आफ्नो मुटु ठानेको थिएँ उसैको धमनी रोकियो जीवनमा ! अतितका पलपलहरुमा जति खुशी बाँडे पनि अन्तिम सासमा वाक फुटाउने शक्ति भएन ! र त दुइ अबोध छोरा(रमेश,उमेश) मेरो टाँसो लगाई  गहभरी आँसु फूलाएर आँफु ओइलाइन् अलौगिक संसार बाट.|.मेरा लागि यो समय नि:सस्त्र छ ..डराइ  रहेको छु ,काँपिरहेको छु,...एउटा मान्छेको मायाले कति फरक पार्दो  रहेछ यकिन गर्दै छु यतिवेला |
          जीवनको अन्तिम  घंडिमा उनी लम्पसार परेर धर्ति छोड्ने कसरत गर्दै थीइन्,त्येही रात मध्यान्न तिर अनिष्टको आवाज आयो !त्यसरी अनिष्टको आवाज घरैको शेरु(घरको कुकुर ) को थियो ! मनभित्र लंका खरानी भइरहेको क्षेणमा "शेरु"ले मलाई झन् हतोत्साहित बनाइदियो ! 'शंकामा सहेकै राम्रो' भन्ने सोचें तर पनि "शेरु" ले  अनिष्टको होमन गरेर नकाम गरिरह्यो ! दुई अबोध रुँदा-रुँदै कति खेर सुतेछन -आँखा भरि आँसु बोकेर मस्त निन्द्रा मा कस्तो नरमाइलो  उफ ...! उता स्वर्ग र नर्क को चर्चा गर्नेहरु संस्कृतिको पूरानो मैलो ठेली पल्टाएर कहराउँदै  थिए रेणुकाको छेवैमा बसेर !"शेरु" ले अनिष्टको होमन गरिरह्यो ,कालो पर्दा छिचोल्दै "शेरु "लाई दुई स्वाँठ लौरी लगाए पछी "म" भित्र को बम भुस भयो |"शेरु" चूपचाप पूच्छर लुकाउँदै आशे बनेर बस्यो |"म""शेरु" तिर घोरीरहें.घोरिरहें...........! शहरका भुस्याहा कुकुरले हरीबिजोग !  पारेको छाउरो लाई रेणुका को एक फाँकी दयाले आज "शेरु" भएको ,"शेरु"लक्का भएको हो |पशु भएर पनि घरमा पाकेको मीठो र चोखो मात्रै खान्थ्यो ऊ | रेणुकाको हातले दिएको आहार ले मात्रै उसको पेट भरिन्थ्यो |
  " गाउँमा बरालिएका  कुकुर्नीको संगतले हाम्रो "शेरु"बिग्रिन्छ्की भेटनरी मा लीएर जानुस त "
वेला -वेला मा रेणुकाले झक्झक्याउने गर्थिन |
 उनीको आग्रहमा "म" समयान्तर पारेर "शेरु"लाई भे .डा.संग भेटाउने गर्थें |"शेरु" संग को साथीत्व चार वर्ष अघि देखि को थियो परिवारसंग |जुठो ,नमिठो कहिल्यै खाएन |झर्केर कहिल्यै बोलिएन |तर आज मैंले के गरें ?केहि बिराएँ ,केहि बिगारें जस्तो अन्तरमनमा हल चल मच्चियो |"म" धेरै -धेरै सोंचमग्न मा परीरहें |रेणुका हप्ता दिनको थला परे देखि राम्रोसंग र सहि समयमा खान पाएको थिएन "शेरु"ले | उसो त परिवारमा" यो क्षेण"बिग्रिएको घंडी जस्तो भएको थियो |"शेरु"सायद आफुँलाई मायाँ गर्ने घर मालिक को सम्झनामा दिलचस्पी रोएको हुँदो हो ! 'म" धेरै शंका उपशंका मा जलाएँ-गलाएँ|'म"पश्चातापले लत्याक लुतुक गलें |"शेरु"लाई किन दुर्ब्यबहार गरें ?किन आबेगमा आएँ ?आत्मा ग्लानी भो ममा | प्रायश्चित :गर्ने बहानामा 'शेरु" लाई दयालु पारामा इशारा ले बोलाएँ -'
  "शेरु"च  च  च ..
'चकलेट पाएर फुरुंग परेको बालक जस्तो हाम फालेर आयो फुरुंग हुँदै मेरो सामुमा ....मैले हानेको स्वाँठमा दयाको हात फुकाउँदै मसाज गर्न लागें /करिब रात को १२ बजेको हुँदोहो !
    एक्कासी  राम !राम!!!,राम!राम!!नाम कानको पर्दामा एकोहोरो गुञ्जिरह्यो ! सास हुन्जेल आस हुन्छन भन्ने कथन लाई मधुरो जगाउँदै खटपटीएको वेला बिस्फोट हुनु अगाबै को बम जस्तै भार सहेर बाँचिरहेको थिएँ !आखिर ,रेणुकाको प्राणपखेरु ! ऊनी भित्र अडिएन। मेरो रुद्र घन्टी एकोहोरो दबिएजस्तो भयो। मेरो क्यानभास को स्मरण शक्ति शीथिल भयो । संसार कायापलट भयो मेरो लागि, शुख -दु:ख , हाँसो -रुवाइ ,उकाली -ओराली यी जीवनमा झेल्नु पर्ने अनुभूतिहरुमा म एक्लो ......!
 "लौ के गरेको तैंले यो दुर्दशा ?
"चमेली कन्छा  दाइले झर्केर हकारे !
" म झसङ्ग भएँ "
ओहो ! 'शेरु' लाई अँगालेर पो रोहिरहेछु !आफैलाई स्थिर राख्न  खोज्दा -खोज्दै 'सिमान्त 'मा नजर ठोक्कियो । ममा झन इलेक्ट्रोनको धारा प्रबाह भए झैं भयो। म सम्हालिन सकिन ! बिसन्चो हुँदा सेक-साक् पारेर सन्चो पार्ने मेरी ऊनी नै नहुँदाको यो पल छातीमा बेदनाको पहाड बोकेर शोक मग्न थिएँ ! र त शोकमा शोक मिलाउन आउनेहरुको बलबुताले मात्रै सक्यो रेणुकाको पार्थिब शरीर सामु पुर्याउन मलाइ आज अन्तिम पटक न हो नचाहेर पनी 'रेणुका ' लाई एक टकले नियालिरहेछु ...
एकहप्ता पहिले लगाएको उनीको शिरको सिन्दुर कति सुन्दर !
गलामा लगाएको पोते कति राम्रो सुहाएको !
हातमा लगाएका चुराहरु आदि-आदिले ऊनी आफ्नो शृंगार सकेर भर्खरै शयन गर्दै छिन् भन्ने  जस्तो भान पो हो कि ? चसक्क हुन्थ्यो छातीको देब्रे तीर .! मेरो आयु लामो होस् भनेर लगाइएका ति शृंगार हरु उल्टै पार्थिब शरीरमा अचल छन् ! 'हे भगवान ! कस्तो सजाय भोग्नु पर्यो मैंले 'रेणुकाको मुर्दा शरीर झम्टेर रुनु शिवाय के नै रह्यो र ? 'रेणुका तिमीले मलाइ एक्लो पारेउ ','अबोध छोराहरु (रमेश,उमेश)ले तिम्रो मात्री शोकमा डाँकोछोडेर रुँदा कसरी सम्हाल्नु मैले ?'यस्तै दुखान्त भाब ओकलेर रुँदा -रुँदै संसार निलो भयो !
सुनसानमा इन्द्रदेवता,अप्सराहरु ,पुस्पयान त कतै नन्दी ,भृंगी,मशान,येमराज के-के हो ?के -के ?अजिब -अजिब ....त्यहाँ को संसार !
        दायाँ हातको नारीमा सलाइन नलीको सुइ गोबेर सलाइन पानी दिई रहंदा मेरा ज्ञानेन्द्रियहरु ब्युँतिए!वारी परि सफा र शेता शैयाहरु ! सबै गलेका ,कमजोरी र रुप बिग्रिएका मान्छेहरु !"अरे ! यो कहाँ छु म"चकित् हुन्छु !"अस्पताल भित्र किन ?"मुख बाट जवाफ हुत्तिन नपाउँदै 'सिमान्त 'ले बर्बराउन लाग्यो ...........म तिर इंगित गर्दै भन्यो "हेर रविलाल तँ आफुलाई यसरि एकोहोरो नबनाउने गर ! आँफुलाई बुझ्ने कोसिस गर ! मरेर जाने गएपनी बाँच्नेले नै संसार चलाउनु पर्छ !'रमेश' र उमेश' को बारेमा सोच्ने गर !ती अबोधहरुको पनित हात -खुट्टो लगाई दिनु पर्छ !"बर्बराइ रहेछ ऊ.."तँ त मर्दहोस् यार ! तँ मा उमेर छँदैछ !ऊ डाँडाघरे  काँइली  भाउज्युलाई हेर  ,-कमाएर घर धान्ने काँइला दाई गाडीमा परेर मरे पछी विचरा भाउज्यु  !अर्काको मेलोपात गरेर ,झुत्रो लगाएर आधा दर्जन भुरुंगला कसरी  पालेकी छिन्?"सान्त्वनाका लागि कसैमा घटेका घटना हरु स्मरण गराउँदै 'सिमान्त' ले भन्यो
"ऊ हेर सिरानेका बुढा बालाई हेर ,हरी बंश जग्गे गरेर जन्मिएको सन्तानको हकमा एउटै छोरा ! तैपनि रुख बाट खसेर दैबले ! बुढेशकालको शाहारा खोस्यो !आखिर जीवन भन्नु नै संघर्ष हो ! शहेरै संघर्ष गर्नु पर्छ "'
सिमान्त 'ले  यसरि बोलिरहँदा म मा कता कता  सहन खोज्ने चेस्टा जाग्न लाग्यो /"अमीलो मन काबुमा राख्दै सम्हाल्न पर्छ आफैले आफैलाई ,'सिमान्त 'ले भनेको कुरा ठिकै हो |मेरै भलाइ का लागि भनेको छ उसले |
"म सबै कुरा बिर्से जस्तो गरेर 'सिमान्त'लाई आग्रह गर्दै घर फर्किएँ अस्पताल बाट ......तर मन न हो मन ले कहाँ मान्दोरहेछ र ?
        जब घरको दृश्य चर्मच्छुमा आवर्तन हुन्छ ,स्पन्दन ले जोडतोड ले ढुकढुकीन्छ |नशाले शूरो भएको मुर्ख मनूज जस्तो होश न हवाश मा छातीमा मुड्कीले हान्छु ,टाउको भुइमा ठोक्छु,चिच्याएर रुन्छु ,कराउँछु|घरका भित्ता हरुमा 'रेणुका 'का हस्त रेखाहरु मेटीसकेको थियो|ऊनी लम्पसार परेको त्यो दलान मा गोबरे माटोले दलान लेपिएको थियो|कति रुनु ,रोएर हुन्थियो भने म रोएरै जीउने थिएँ ...|
     "बाबा,निदाएको ममी लाई जन्तीले शंख बजाउँदै लगे " रमेश ले बोलि बक्यो  |
     "ममीलाई  त फूल माला लगाएर  टीको लगाएर लगे ,बाबा हामी पनी जाम्न है ममी थिम"उमेश ले तोतायो |
      "म "झसङ्गै भएँ हरे!जान्ने बुझ्ने भएको भए मातृशोक मा भक्कानिदै छति पिटेररुन्थे होलान्  |मलाइ हरेश नखानु भन्दै ढाडस दिन्थे होलान् |तर उनीहरुको कलिलो चेहेरा कठै ! बिस्कुटका पापामै फुल्लिएको छ |"म"भने छुनै नसकिने ,देख्नै नसकिने ठाउँमा चहर्याईरहेको घाउ नीको पार्न आँशु बगाइरहेको छु ........
रमेश र उमेश ले हैरान पार्न लागे "जाम्न बाबा ममी थिम ,ममी संगै मावल जाने "
"हो , मलामी हुन् नसकेपनि अन्तिम पटक तिमीलाई नियाँल्दै मनले भए पनी बिदाइ गरुँला" भन्दै 'म"  दूई छोराहरुलाई काखी च्यापेर लाभा र टिलो हेर्दै -हेर्दै रेणुकाको मलामीले कुल्चेको गोरेटोमा मा हिंडीरहें |धेरैले धेरै लख काटे ,धेरै ले धेरै शंका गरे ,बाटा छेउका पंधेरनीहरु ,साथी 'सिमान्त ',छिमेकीहरु  सबै-सबै जनाले मुखामुख गर्दै थिए |गाउँको समतल धर्ति काटेपछी ओराली झर्ने हिम्मत "म' मा भएन | दूई छोराहरु लाई भुइंमा राख्दै तल -तल कता कता मान्छेहरुको भिड किरिमिरी मा नियालिरहें | हावा शुद्द थिएन | सायद तोयलरुपी हावामा मेरी 'रेणुका'उडिरहेकी होलिन् यही कल्पनामा "म"ओरालि  तिर घोरिरहेंछु .....
 " "म" मेरी रेणुका संगका ति अतितका खुशीका पलहरु खोतलिरहेंछु,जोखिरहेंछु उही दिनको कुरा थियो|
      तत् पस्चात आज सम्म पनी ऊनीसंगका प्रत्येक पलहरु तौलेर भ्याएको छैन |उनीको मायाँले "म'मा कति फरक पर्दै छ ! आज सबै-सबै गुमाएको एक्लो प्राणी जस्तो बनेर जीवनको ओरालीमा झिनो आशामा समय पल बिताउँदै छु ...........'रमेश' र 'उमेश' शकुशल छन |  
                                                    (समाप्त)               "शुभचिन्तक "    

Posted by Unknown on 10:12 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ओरालीमा ..........

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011