गज़ल:-अधुरा ति सपनाहरु बुन्न म बाध्य छु
कल्पना अवस्थी
अधुरा ति सपनाहरु बुन्न म बाध्य छु
तिम्रो बारे नाना थरी सुन्न म बाध्य छु
सक्दीन म रोक्नलाई बचनका बाण
नसकेर बरु कान थुन्न म बाध्य छु
मलमल भनि हिडे बिझ्यो काँडा खुट्टामा
छरिएका काँडाहरु चुन्न म बाध्य छु
तिमीसंग मलाई त छैन केही गुनासो
यो मनलाई सम्झाएर तुन्न म बाध्य छु
सजाएर तिमीलाई यो मुटुको घेरोमा
प्रेमरुपी नयाँ माला ऊन्न म बाध्य छु



