गज़ल:-जिउने बाटा सयौं छन् साथी मरेर के जान्छौ
स्याङ्जाली रमेश
जिउने बाटा सयौं छन् साथी मरेर के जान्छौ
संसार बाटै त्यो आफ्नो बास सरेर के जान्छौ
-
जन्मे'सी यहि मर्नु त पर्छ को नै छ जिबन्त
अकालमै तिमी मसान घाट झरेर के जान्छौ
-
यो धर्ति हेर रमाईलो छ नी जिउन जाने'सी
धर्ति नै छाडी शान्तिको आशा गरेर के जान्छौ
-
के नै पो गर्यौ ?धेरै थ्यो गर्नु एकैछिन् सोच त
बाँच्नेलाई उल्टै निरासा मात्रै छरेर के जान्छौ
-
युगले सधैं ठान्ने छ यहाँ यो तिम्रो अभाब
रुवाई सारा खरानी आफू परेर के जान्छौ
-
मरुभुमीको छाती बाट



