बिस्वासको हत्या
लघुकथा
गनिन्द्र बिबस
मोबाइलको पर्दामा सुभ यात्रा लेखिएको म्यासेज आउने क्रम रोकिएन , चाउरिएको गालामा फेयर लब्ली लगाउदै सम्झिन्छ आहा.. यतिखेर नेपालमा मङ्सिर पुसको जाडो अनि कालेकी आमा... गुन्द्रुके कपालमा जेल हाल्दा हाल्दै बाहिर गाडीको हरन बच्छ रमेश लगेज लिएर कम्पनीको गाडी बाट एयरपोट हुइकिन्छ खुशीले हौसिएको मन न हो , काठमान्डुको ठुलो जुलुसले मात्र जिस्काउछ जुलुस लियाल्छ उफ ......अझै उस्तै .तर .मन घरले तानेकै हुन्छ रमेश राता रात घर पुग्छ ! आमा कुनामा आगो ताप्दै लालु पाते सुर्ती तान्दै थिइन, नजरमा कालेकी आमा नपरे पछी रमेश -- आमा खोइ कालेकी आमा देख्दिन नि ?
झस्किन्दै आमा -- "होइन भेट भएन तलाई लिन भनेर निस्केको ४ दिन भै सक्यो !"
रमेशलाई सुल भईरहेको थियो ! एयरपोट बाट सम्पर्क गर्दा मोबाइलबाट आउने कम्प्युटरको पुन: प्रयास गर्नोसको आवाज, नयाँ नम्बर नमस्ते सिमबाट कालेकी आमालाई कल गर्छ, लामो रिंग पछी रिसिभ भो,
रमेश -. हेल्लौ कालेकी आमा ..भन्ने बितिकै उता बाट नसुने झैँ , .हेल्लौ हेल्लौ ....हेल्लौ गरि त्यति खेर बयस्क पुरुषको आवाज आयो अछ्यु... सिरक बाट चिसो छिर्यो यो जाडोमा राती राती फोन गर्ने को हो हँ ?
फोन काटियो पुन डायल गर्दा स्वीच अफ भई सकेको थियो ! रमेश छाँगा बाट झर्यो उनका लागि ल्याएको रातो सारी माथि आँसु तप्प ...तप्प ..
समाप्त
नोट _ प्रयास मात्र हो , तपाई हरु को सुझाब बटुल्न पेस गरेको छु

