" केहि मुक्तकहरु "

"रिता बम ठकुरी "
अर्थ हुन्न जिबनको माया बिना बाँच्नु पर्दा !!
माया गर्ने मन तिम्ले अन्तकतै बाड्न खोज्दा !
बेहोसीमै बर्बराउछु तिम्रो यादमा आँशु झर्दा !!
कस्तो रहिछ तिम्रो माया दिउसो मै पर्यो साझ !
येही मेरा दुइ आखामा तिम्रो तस्बिर आयो आज !!
तिम्रो विश्वास कति कम्जोर सिमलको भुवा जस्तो !
मलाई छाडी पराइको हात तिम्ले थामे जस्तो !!
मेरो खबर उसैलाई पुराई देउन कोहि !
तिम्रै यादमा मर्र्छे क्यारे भनिदेउन रोहि !!
सुकाएर मार्ने भय फुल किन सार्ने !
आधा घाटमा छोड्ने भए खोला किन तार्ने !!
सोचेर बोल पिर्य तिमि कुरा गर्छौ धोका दिने !
आफ्नो गल्ति नदेखेर मलाई किन दोस दिने !!
सानो भूल मेरो थियो ठुलो गल्ति तिम्ले गर्ने !
घात आखिर गरेकै हो साथ मागी भर पर्ने !!
चोट शही मुटु भित्र तिम्रो माया लुकाई राखे !
पल पल तिम्रो यादमा आखिर जिबन सुकाई राखे !!
कसम खाई भन्ने गर्थ्योउ हाम्रो माया जुनी जुनी !
आखिर तिम्ले धोका दियोऊ कसका कुरा सुनी !!
ठुलो थियो बाध्यता हाम्रो तिमि र म टाडा हुने !
जिबनमा भुल गरे चोखो माया तिम्लाइ लाउने !!
कस्तो होला हाम्रो माया येतई पिडा उतै चोट !
जति धेरै माया दियो उति आउने मलाई खोट !!
