यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:-आफै कानुन बनाउनेले आफै मान्नु किन पर्‍यो ?

आफै कानुन बनाउनेले आफै मान्नु किन पर्‍यो ?
अदालतले व्याख्या गर्छ नेता जान्नु किन पर्‍यो ?

न्यायलय बन्दै छ रे जनताको लागि मात्रा
आम माफि मिल्ने भो रे नेता बान्नु किन पर्‍यो ?

शक्ती जस्को पुग्छ यहाँ उस्कै आए दिन हरु
गरीब चै मरिसके कोरा हान्नु किन पर्‍यो ?

बेची खाए इतिहासनै लाज लाग्ने ठाउँ कहाँ ?
बचाइ राख्न नसक्नेले पुर्खा धान्नु किन पर्‍यो ?

संबिधान भन्दा भन्दै कती साल गए यस्ता
अब आयो भन्दै हामी लेघ्रो तान्नु किन पर्‍यो ?

सञ्जय कुमार खड्का
रामेछाप देउराली -८
हाल :साउदिअरब

Posted by Unknown on 8:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:-आफै कानुन बनाउनेले आफै मान्नु किन पर्‍यो ?

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011