गज़ल:-मेरो आफ्नै रहरमा खोजि रहें कहाँ छु म
मेरो आफ्नै रहरमा खोजि रहें कहाँ छु म
म बसेकै शहरमा खोजि रहें कहाँ छु म
तिमि गयौ,तिमीसंगै गए मेरा हाँसो खुशी
हर एक प्रहरमा खोजि रहें कहाँ छु म
सुख जति तिम्रै भयो दु:ख मेरो लागि मात्र
वेदनाको कहरमा खोजि रहें कहाँ छु म
अमृत हो भन्थ्यौ तिमी बिष रैछ बुझें आज
त्यै प्यालाको जहरमा खोजि रहें कहाँ छु म
जाने बेला यो मुटुमा सुनामी नै छाडी गयौ
उर्ली आ'को लहरमा खोजि रहें कहाँ छु म
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई



