यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

अवस्था छ ऐले..........!


गजल

पोस्टराज चापागाईं 


न माया गरेको अवस्था छ ऐले...
न दागा धरेको  अवस्था छ ऐले...

सिरानी सरेको अवस्था छ ऐले...
जवानी मरेको अवस्था छ ऐले...

प्रभाती निशा झैं उठाएर आँखा 
बिछट्टै तरेको  अवस्था छ ऐले...

तुवाँलो हिंडेको प्रियाको गलीमा
तुसारो झरेको  अवस्था छ ऐले...

दिने अञ्जुलीमा, लिने टोकरीमा
बिलौना भरेको  अवस्था छ ऐले...

फुटेका चुराले  चुमेका  पिठ्यूँमा 
अमीलो छरेको  अवस्था  छ ऐले...

परेवा  घुरे झैं  गुनासो  नखोली 
नबोल्ने अरे'को अवस्था छ ऐले...

न जिम्दो न मर्दो  हुँदा जिन्दगानी 
अचानो परेको  अवस्था  छ ऐले...

मिले सूर्य निल्ने कुनै दुष्ट राहु
दशाले हरेको  अवस्था  छ ऐले...
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, 

छन्द - भुजङ्गप्रयात
बहर - मुतकारिब मुसम्मन सालिम 

२०६८-०७-२७
कीर्तिपुर

Posted by Unknown on 3:01 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अवस्था छ ऐले..........!

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011