म हिंडेको बाटो
कबिता
बिबेक दुलाल छेत्री"दमक"
म हिंडेको बाटो छोटो होस्
म कुदेको लक्ष्य नजिकै होस्
किनभने मेरी कान्छी यती बेला
म हिंडेको बाटोमा
म कतै देखिन्छु कि भनी हेर्दै होली
मेरी कान्छी यतिबेला
मैले सोचे को लक्ष्यमा
म पुगे कि भनी
अनुमान लगाउुदै होली।
त्तर किन त्यस्तो हुन्थ्यो र!
म त धेरै लामो बाटो पो हिंड्न पुगे
खोलाको डिलैमा उुभिएर
मेरी कान्छीले कती नापी होली मेरो पद चाप
तर किन सहज हुन्थ्यो र!
बारीको छेउनेर उभिएर कती बिताई होली समय
मेरी कान्छीले सम्झदै मेरो बाङो तिङो लक्ष्य।
मेरो नमिलेको जिउडालमा
मेरो नकोरेको कपालमा
खै के जादु थियो र त्यस्तो?
तर यसैमा मेरी कान्छीले
एउटा मायाको फुलबारी भेटी
कालो,डरलाग्दो,मैलो मान्छेसित
मेरी कान्छीले हासी हासी माया टासी
र मुग्लान म लाग्दा
मेरी कान्छी धेरै कहालीइ।
अब म उडेको बादल माथि माथि जानुको सट्टा
तल तल झरोस
म उुडेको कुहिरो आकाशमा
मडारी रहनुको सट्टा बरु
तल भुइ सम्म आओस
र मेरी कान्छीले मेरो झुप्रोघरबाट
सजिलै देखोस् मेरो ख्याउटे अनुहार।
म हिंडेको बाटो= = = = = =
वास्तविक नाम:भानु भक्त दुलाल
दमक,झापा
हालअबुधाबी,युएई
