गज़ल:-चरित्र नै घटिया छ छान्दै हिँड्छू लुकीलुकी
कुमार श्रेष्ठ
चरित्र नै घटिया छ छान्दै हिँड्छू लुकीलुकी
दिनै पिच्छे नयाँ हात तान्दै हिँड्छू लुकीलुकी
साथ उनी हुँदा पनि उन्को आँखा छलेर नै
कर्के नजर अरुलाइ हान्दै हिँड्छू लुकीलुकी
आफू जस्तै ठानी उनी चरित्रमा खोट युक्त
कसो के के जासुसी झै जान्दै हिँड्छू लुकीलुकी
उन्ले गर्न छाडे पछी बिश्वास र भरोसा नी
जसो तसो यो जिन्दगी धान्दै हिँड्छू लुकीलुकी
रत्ती भर नहुदा नी दुनियाको सामु इज्जत्
आफैलाइ महा-पुरुष् मान्दै हिँड्छू लुकीलुकी