केही हाइकु/सेन्युहरु
बिबेक दुलाल छेत्री "दमक"
(१)
मेरो सपना
उुस्को क्रिडा स्थल
अतृप्त प्यास।
(२)
कठै यि युबा
नमान्दा पनि छन
देश बाहिर।
(३)
गेट खुल्दैन
जब एउटा युबा
लक्ष्य बिर्सन्छ।
(४)
आफ्नै पैसा नि
आफ्नै जिन्दगीको
दुस्मन भयो।
(५)
रातको साथी
यो चिसो सिरेटो
बिरानो क्षण।
(६)
नेताले गर्दा
देश बिग्रन बिग्र्यो
खै कस्ले सुन्छ?
(७)
धोका नदेउु
रमिता नदेखाउु
दुनियाँ हास्छ।
(८)
मेरी प्रेमिका
क्षितिज बनी बेर्छिन
मेरो विश्वाश।
अस्तु:
दमक,झापा
हाल:-अबुधाबी,युएई



