यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गीत:-जे जे भन्यौ तिम्ले मलाई


 रुबेन पुन मगर 

जे जे भन्यौ तिम्ले मलाई मैले त्यही मानि रहे ।
जे जे गर्थ्यौ त्यही मैले तिम्रो खुशी ठानी रहे ।
तर अचेल सुन्छु म त तिम्ले दु:ख पायौ अरे ।
मैले भन्दा पनि ठुलो धोखा तिम्ले खायौ अरे ।  

भोग्दै हौला अब आफै पिरतिको पीडा पनि ।
तिम्ले पनि चोटै पायौ सर्वस्व नै दिंदा पनि ।
भनेकै'थे सबै मान्छे उस्तै हुन्न जानी रहे ।
जे जे गर्थ्यौ त्यही मैले तिम्रो खुशी ठानी रहे ।

तर अचेल सुन्छु आँफै तिम्ले दु:ख पायौ अरे ।
मैले भन्दा पनि ठुलो धोखा तिम्ले खायौ अरे ।  

तिम्लाई दुख्दा मैले खुशी मनाउन नि सक्दिन ।
बिबश छु म फेरी आफ्नो बनाउन नि सक्दिन ।
तर्की जान खोज्थ्यो यो मन तिमी तिरै तानी रहे ।
जे जे गर्थ्यौ त्यही मैले तिम्रो खुशी ठानी रहे ।  
तर अचेल सुन्छु म त तिम्ले दु:ख पायौ अरे ।
मैले भन्दा पनि ठुलो धोखा तिम्ले खायौ अरे ।  

Posted by Unknown on 9:37 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गीत:-जे जे भन्यौ तिम्ले मलाई

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011