"पुराना पत्रहरुको महत्व र अहिलेका ईमेल प्राप्ती अनुभवमा भिन्नता"
"पाएँ मैले तिम्रो चिट्ठी प्रेमको निशानी,पढेँ मैले तिम्रो शब्द मुटुको कहानी......" पत्रको ब्रितान्त कथालाइे शुरु गर्न यही आफ्नो पुरानो गीतबाट यो लेखको ढोका उघार्न चाहेँ ।
( लेख )
आचार्य प्रभा
हुनत जुनसुकै कुरा र जुनसुकै समयको पनि आ-आफ्नो महत्व हुन्छ । उसो त उहिले ढुंगे युगमा पनि उतिबेला पाइेए जती र प्रयोगमा हुने जती सबै कुराहरुका महत्व उत्तिकै थिए होलान् जुन अहिले हाम्रालागी कुनै मूल्य नहोला । समयको परिवर्तनसँगै सबै कुराहरुको मुल्य र मान्यता हुन्छ र समयको बेगसँगै ति कुराहरुको अस्तित्व पनि हराउँदै जान्छ र अरु नयाँ कुराहरुको जन्मले पुराना कुराहरुलाइे बिर्साउँदै लैजान्छ । अँ, त मेरो खास आशय समयानुसार कुनै पनि कुराको महत्व हुन्छ भन्ने हो र आजको मेरो बिषय पत्र अर्थात चिट्ठी हो ।
जब मैले आफ्नो होस् सम्हाल्न थालेँ/ त्यो समयदेखी पत्र अर्थात चिट्ठीको चलन चल्ती भन्ने थाहा छ मलाई। म सानो हुँदा देखी घरमा पत्रहरु आउँथे । घरका सबै सदस्यहरु कँहिबाट पनि पत्रहरु आउँदा खुशी हुन्थे । साँच्चै नै अहिले सम्झिँदा घरमा पत्र आएको दिन सबैका मुहार हर्षित हुन्थे । पत्रका हर कुराहरु सबैले दोहोर्याइ तेहेर्याइे भनिरहन्थे ।
घरको कोही पनि सदस्य बाहिर गएका छन भने त हर दिन पत्रको प्रतिक्षामा आफन्तहरुको समय बित्ने गर्दथ्यो । ति आएका पत्रहरु किराले खाइेन्जेल सम्म संचित गरेर राखिन्थे । परदेशीको पत्र आएको दिन गाउँ घरमा हल्ला नै हुन्थे । फलानाको चिट्ठी आयो रे भनेर गाउँ पिटिन्थे । छोराको पत्र आउँदा आमा,बाबा हर्षित। श्रीमानको पत्र आउँदा श्रीमती हर्षित । पत्रको महत्व र जादु यतिसम्म थियो कि मानौँ चिट्ठी आएको घरमा हल्लै हल्ला । खुशी नै खुशी । पत्र ढिलो आउँदा कतै बिर्सिएको पो हो कि ?भन्ने शंका उपशंका मनभरी उठ्दथे सबैका । हो साँच्चै त्यो समयकोलागी चिट्ठी वा पत्र एउटा महत्वपूर्ण बस्तु थियो जस्ले सबैलाइे खुशी र माया प्रेमको सम्बन्ध गाढा भएको अनुभूत गराउँदथ्यो ।त्यो समय प्रेमी प्रेमिकाको मीठो साथको आधार पनि प्रेम पत्र नै थियो । प्रेमी प्रेमिकाको आपसी भेटभन्दा पनि प्रेम पत्रकै आदान प्रदानले उनिहरु एकार्कामा बिश्वस्त हुन्थे । मानौँ प्रेम पत्रको अस्तित्व साँच्चै नै प्रशँसनीय थियो ।
उ बेला पत्र लेख्न नजान्नेले पनि खेताला लगाइे लगाइे चिट्ठी,पत्र कसैलाइे लेख्न लगाउँदथे। यस्को अर्थ हो, चिट्ठी पत्रको आदान प्रदानको महत्वपूर्ण सम्बन्ध । यसैले कोही गाउँ घरबाट बाहिर कतै जान लागेका छन् भने पनि सबैको मुखबाट अन्तिम बोली यही निस्कन्थे कि माया नमार्नु पत्र लेख्दै गर्नु आदी इेत्यादी । अब त्यो अती नै बिगतको कुराहरु छाडेर आफ्नै बिगतको बारेमा केही बोलौँ । आजभन्दा १५/ २० बर्ष अघिको कुरा हो। जतिबेला म लेखन क्षेत्रमा ब्यस्त हुन थालेकी थिएँ । पत्र पत्रीकामा यदा कदा लेख रचनाहरु छापिन थालेका थिए।
अहिले जस्तो प्रशस्त पत्रपत्रीकाहरु त्यो समयमा थिएनन् । कुनै कुनै पत्र पत्रीकाहरु थिए कि उक्त पत्रीकाको मुख्य उदेश्य रचना प्रकाशित गर्ने र पत्र मित्रताकोलागी मात्र हो कि भन्ने भान जस्तो पनि लाग्दथ्यो । त्यही पत्रपत्रीकाहरुका माध्यमबाट बिदेशमा बस्ने नेपालीहरुले अर्थात परदेशमा रहेका नेपालीहरुलाइे स्वदेशबाट पत्र आदान प्रदान गर्ने माध्यम थियो । त्यही माध्यम वा पत्रीकामा छापिएका ठेगाना मार्फत म कहाँ पत्रहरु आउन थाले । बिशेष त: मरुभूमीको त्यो उजाड ठाउँबाट मलाई धेरै पत्रहरु आउन थालेका थिए । साउदी अरब,कतार,दुबइ,हङ्कङ,ब्रुनाइे,लण्डनबाट पत्रहरु हरेक दिन आउने क्रम जारी रह्यो । हुँदा हुँदा पछी पछी बाट त दिनको २५/३० वटासम्म पत्रहरु मकँहा आउन थाले । भनौँ पत्र आउने क्रमले गर्दा मैले आफुलाइे लेखन क्षेत्रमा अझ समाहित गर्न थालेँ । ति पत्रहरु मेरालागी अती नै प्रेरणादायी बन्न थाले । जो ब्यक्तिहरुलाइे मैले न देखेको न चिनेको ता पनि मलाई उनिहरु आफ्नै जस्ता लाग्न थाले । उनिहरुका पत्रका हरेक शब्द शब्दले मलाई लेखन क्षेत्रमा उर्जा दिन थाल्यो । मेरो घरको काम बाहेक दिनभरी पत्र पढ्नु र जवाफ दिनुमा ब्यतित हुन थाल्यो । शनिबार बाहेक कुनै पनि दिन पत्र न-आएको दिन नै हुन्नथ्यो । पत्र न-आउने दिन त मलाई अनौठो महसुश हुन्थ्यो र ४ /५ वटा मात्रै पत्रहरु आउँदा त आफु लगायत हुलाकी बा पनि अचम्भित भएर आज त थोरै पत्रहरु आएछन् भनेर हाँस्दथे । मलाइे ति आएका पत्रहरुका यती माया लाग्दथे कि मैले लग्भग २०५२ साल देखी २०६० सालसम्म आएका पत्रहरु (बेवारीसे भएका बाहेक) दुइवटा ठुल् ठुला बोरामा भरी भरी जम्मा पारेकी थिएँ । भनौँ मैले चिट्ठीहरु जम्मा नै गर्ने मनसायले जम्मा गरिरहेकी थिएँ तर समयको बहावले गर्दा आफु कहिले कता कहिले कता लाग्नु परेकोले ति पत्रहरु लाबारिस भए । तर पनि म ३ बर्ष अघी घर जाँदा दुइवटै बोरामा भरी भरी मैले संचित गरेका पत्रहरु भेटें। ति पत्रहरु लग्भग १० बर्षपछी देख्दा मलाई कता कता नमीठो पनि लाग्यो । म आफ्नो बिगत सम्झिन पुगें । जतिबेला ति पत्रहरु मेरालागी प्रेरणाका श्रोतहरु थिए । अहिले आफु सुख सुबिधामा परिवार सहित् परदेशमा बस्दा त एक्लोपनको आभास हुन्छ । घरदेशको पीडाले मुटु पोल्छ भने त्यो समयका परदेशीहरुलाइे कस्तो पीडा हुन्थ्यो होला ?अहिले मलाइे सम्झेर कहाली लाग्छ । त्यसैले त मन बहलाउन पनि ति परदेशीहरुले मलाई पत्र मार्फत आफ्ना ब्यथाहरु पोख्दथे भने मेरो रचनामा आफुहरु भुलिएको मीठो भाव ओकल्दथे । ।
त्यो समयमा हरेक परदेशीका परिवारमा सबै शिक्षित थिएनन् शायद । सबैका घरमा फोन सुबिधा थिएन । त्यो परिस्थितीमा परदेशी मन तड्पिनु स्वभाविक थियो । कत्तिलाइे त आफ्नो मनको बह घरमा पोखाउँ भन्दा पनि सहुलियत नभएर जहाँ आफ्नो मन खाने मान्छे छ अर्थात जहाँ पोखाउन सजिलो हुन्छ त्यँहि नै पत्रचार गरेर पनि आफ्नो ब्यथा पोखेर मन शितल गराउँथे शायद । त्यही कारण पनि मलाई त्यही आशयका पत्रहरु पनि न-आएका थिएनन् । धेरै पत्रहरु आउने क्रमले साँच्चै म त धनी थिएँ । मलाई यस्तो लाग्थ्यो कि मेरो रगतको नाता थोरै भएपनी मलाई माया गर्ने उत्साह दिने अल्परिचितहरु कती रहेछन भनेर म गम्किन्थें पनि । कुनै दिन कसैको पत्र न आउँदा मेरो मन निरश बन्थ्यो । म यस्तो सोंच्थेँ। मेरो थोरै शब्दको आश्वसनरुपी पत्रले पनि परदेशमा रहेका ति ब्यथित मनहरुलाइे केही त राहत हुन्छ होला भनेर प्राय:सबैलाइे म प्रत्युत्तर दिन्थेँ । साँच्चै मेरो पत्रले ति परदेशी मनहरु पनि प्रफुल्लित बनेको जवाफ आउँदथे ।
बिगतमा पत्रले हर दुखी मनहरुलाइे केही राहत दिन्थ्यो नै । म त अहिले पनि भन्छु । मेरो जीवनमा पत्रहरुले ठुलो परिवर्तन नै ल्याइेदिएको थियो । मलाई लेखन क्षेत्रमा समर्पित गराउने ठुलो भूमिका नै पत्रहरुले खेलेका हुन् । त्यसैले म चिट्ठी वा पत्रको जती नै गुण गान गाए पनि थाक्दिन वा यस्को महत्वको जती बर्णन गरे पनि कम नै पाउँछु । मैले पत्रको प्रभावले नै एउटा गीत रचें जुन गीत पवित्र सुब्बाले गाउँनु भएको छ र त्यो गीतको शब्द पत्रको बर्णन नै छ । जुन गीतले लोकप्रियता पनि पायो । यसरी पत्र अर्थात चिट्ठीको बारेमा अहिले कथा सुनाउँदा वा सुन्दा अचम्म नै लाग्छ । अहिलेको यो इन्टर्नेटको जमानामा चिट्ठी लेख्ने र चिट्ठी प्राप्तिको आशा गर्नेहरुसँग त यो जमाना दार्हा देखाएर हाँस्दछ । भर्खरकै कुरा हो एक परिवार नेपाल जाने भए । मलाई पनि मेरी पुरानी साथीलाइे केही लेख्ने मन भयो । मैले उक्त ब्यक्तिलाइे एउटा पत्र लेखेर नेपालमा मेरी साथीलाइे दिनु भनेर अप्ठ्यारो मानी मानी थमाइे दिएँ । उक्त ब्यक्तिले हाँस्दै हाँस्दै भन्नु भयो लौ २०११ मा आएर मैले चिट्ठी बोक्नु पर्यो । हुन त कुरो सहि पनि हो । अहिलेको जमानामा चिट्ठी भन्दा जो कोही पनि हाँस्छन् । यही हात चिट्ठी लेख्नमा माहिर थियो त्यो समय । कती कुराहरु आउँथे पत्रमा पोख्न। कती भावहरु उर्लिन्थे पत्रका छातीभरी । कतिलाइे मेरा पत्ररूपी शब्दहरुले संजिवनीको काम गरेको स्याबासी पाउँदथेँ भने यो पटक साथीलाइे पत्र लेख्न बस्दा मेरा हातहरु कामेका थिए । कहाँ बाट शुरु गरौं भनेर केहीबेर घोरिएँकी थें । शुरुमा त सम्बोधन गर्न न-आएर साथै लेखेको पनि साथी नै लेखीछु र आफै मरी मरी हाँसेँ र मन मनै भनें । "हे जमाना ......../"
यसरी समयले हर कुराहरुलाइे पछी धकेल्दै लैजान्छ र नयाँ नयाँ आविष्कारहरुलाइे अगाडी प्रस्तुत गर्दै लैजान्छ । अबको समय त के भन्ने र ?भौगोलिक दुरिले टाढा भए पनि एक बित्ता पर जस्तो मात्र त हुन्छ । अनेक माध्यम छन् । नजिकै भएको आभास दिने । पहिला पहिला बिदेश लाग्ने भनेका नै लाहुरेहरु हुन् । कोही इन्डिया। कोही मलाया । त्यो समयमा लाहुर जानेहरु यसरी छुट्टिएर जान्थे कि ३ बर्ष सम्म परिवार,गाउँ घरबाट टाढा । न फोनबाट आवाज नै सुन्न पाइने । न त अहिलेको जस्तो वेब क्यामबाट देख्न नै पाइने । त्यो समय कती दर्दनाक थियो होला?आफ्नो मान्छेको छत्र छायाँ देख्न,बोली सुन्न नपाईने बाध्यता । हो त्यो समयकोलागी भने परदेशको ठाउँमा मन बुझाउँने एउटै माध्यम थियो पत्र वा चिट्ठी । तर अहिले त घरमा बसेको मान्छे टाढा लाग्छ। परदेशमा भएको सँग पो नजिक । दिनमा दुई, तीन पटक कुराकानी चलिहाल्छ । प्रत्यक्ष देखा देख हुँदै वार्तालाप भएपछी त टाढाको आभास नै हुन्न । केवल स्पर्षको मात्र अभाव ।
समयको बहावसँगै परिस्थितीले पनि खेल खेल्दछ । आधुनिकीकरणले मान्छेलाइे सबै कुराको सुबिधा दिएको कारणले पनि आजकल पुरानो जमाना जस्तो कुनै पनि कुरा सम्बेदनशिल नभएको हुन सक्छ । टाढा भए पनि पहिला जस्तो मन दु:खाइे हुन्न । कारण प्राविधिक सुबिधाले सबैलाइे नजिक गराएको छ । यो हुनु खुशीको कुरा हो तर पनि पुराना दिनहरुमा जुन मिलन बिछोडको एउटा छुट्टै मीठो पीडा हुन्थ्यो आजकल त्यो पाइेन्न । यो सबै समयको माँग र खेल नै भन्नु पर्छ ।
अन्त्यमा म यो अर्थ्याउन चाहन्छु कि आजकल आफ्ना खबर सुनाउँने कुराकानी हुने माध्यम धेरै छन् । ईमेल,च्याट,फोन वेबक्याम आदी इेत्यादी । हो,यी माध्यमहरु सहज छन्। सजिला छन् तर जती पुराना पत्रहरुको महत्व थियो जुन कुराकोलागी मान्छेहरु तड्पिन्थे। प्रतिक्षारत हुन्थे। आजकल यी कुराहरुले जती सहजता दिए पनि पुराना चिट्ठी पत्रको छुट्टै महत्व थियो। त्यस्तो महत्व नहोला। सरल र सहज् भएपनी । मेरो आशय के हो भने जुनसुकै कुरा सरल सहज् उपयोगी भएपनी त्यस्को महत्व उत्ति नै हुनुपर्छ जस्कोलागी मान्छेले प्रतिक्षारत बन्नु परोस् । जुन कुरा जती नै सुलभ भए पनि महत्वहिन छ भने त्यस्को भन्दा महत्वपूर्ण कुराको नै बढी चर्चा हुन्छ । यस्को अर्थ यो होइन कि अहिलेको समयको इन्टेर्नेट सुबिधालाइे महत्वहिन भन्न खोजिएको । यो त हाम्रो सौभाग्य हो । जसरी अहिले हामीले जहाँ रहेपनी आफन्त सँग टाढा भएको महसुश गर्न परेको छैन । हर कुराको सुबिधाले सरल र सहज् बनाएको छ । मैले केवल यती बुझाउँने प्रयास गरेकी हुँ कि अहिले हामीले सरल तरिका बाट भन्न बित्तिकै टाढा रहेका आफन्तहरुसँग भेट्न बोल्न तड्पिनु पर्दैन यो सहज् छ तर पुराना हस्त लिखित पत्रहरुको प्रतिक्षाको आनन्द नै अर्कै थियो। चाहे जती नै तड्पिनु परे पनि । त्यसैले मलाई लाग्छ जुन कुराको तड्पाइे मीठो हुन्छ। त्यो कुरा कम्सल र असहज भए पनि मीठो लाग्दो रहेछ । जस्तै मलाई पुरानो पत्रहरुको मिठास जत्ती लाग्थ्यो । प्रतिक्षा जती कठिन् लाग्थ्यो । आजकलको यो सुबिधा सरल सहज् भएपनी पहिलाको जस्तो मीठो छट्पटाइे लाग्दैन । समय अनुसारको सबै कुराको महत्व होला शायद । पहिला कसैको पत्रको प्रतिक्षा असक्त सँग गरिन्थ्यो भने अहिले त कसैले ईमेल अर्थात म्यासेज पठाएकोछ भने पनि हत्पत हेर्न अल्छि लाग्छ । कि त पठाउने मान्छेले नै भनी रहनु पर्छ मैले म्यासेज पठाएको छु अर्थात ईमेल पठाएको छु है भनेर । खै! त पुराना पत्रहरुको जस्तो प्रतिक्षा ?तड्पाइे ???????? पत्रका छातीभरी मीठा,मीठा भावहरु ? दु:ख सुखका कथाहरु?छट्पटिका ब्यथाहरु? कहिले कँहि त मीठो तड्पाइे नै प्राप्ती भन्दा मीठो हुन्छ । हो म यही सोंच्छु ऊ बेलाको पत्ररुपी मीठो तड्पाइे, म आजको सुबिधायुक्त संचारमा पाउँदिन । अहिलेको आधुनिक सम्पन्नतामा त्यो मिलनको छट्पटाइ र शब्दरुपी चाहना पटक्क पाउँदिन। यो मेरो निजी अनुभव हो या पत्रप्रतिको मोह हो। म नै अन्योलमा छु । अँह....म पटक्क ति पत्रहरुको मिठास यो समयको सहजतारुपी आधुनिक खबर प्राप्तिमा पाउँदिन ।
