गजल:-सम्झौतामा मात्रै कति चल्छ जिन्दगी
सम्झौतामा मात्रै कति चल्छ जिन्दगी
तासको महल जस्तै यहाँ ढल्छ जिन्दगी
ताप हो कि सन्ताप यो सारा धमिलो
आगोको त्यो ज्वाला भित्रै जल्छ जिन्दगी
उर्लिएको भेल कहाँ रोक्न सकिन्छ ?
झिनो आशा मनमै राखी टल्छ जिन्दगी
यात्रा न हो यात्री बनि चल्छ निरन्तर
थाहै नपाई यात्रा भित्रै गल्छ जिन्दगी
आँट हिम्मत आस्था, विश्वास, राख्छ अगाडि
सफलताको दियो भित्रै बल्छ जिन्दगी
हरि मानन्धर "विवश"
क्याक्मी स्याङ्ग्जा
हाल इजरायल
