गीत:- सपना धेरै साँचेकी थिएँ, तपश्वी बनेर
सपना धेरै साँचेकी थिएँ, तपश्वी बनेर
हरायौ कता ? खोज्दैछु सधैँ, कुहिरो बनेर
बिराए जस्तो मुहार तिम्रो, मलाई हेरेर
झस्किन्छु कैले अचानक राती, छेउमै देखेर
नदेऊ पीडा बैगुनी बनी, रहस्य खोल न
‘नपर्ख भनी’ भगवान साक्षी, राखेर बोल न
भूल्यौ कि तिमी मस्तीमा कतै, आऊ न फर्केर
भैहाले पनि पराई तिमी, नहिँड तर्केर
भन्दिए पुग्छ नआउने भए, डर मान्नु पर्दैन
अमर हुन्छ पिरती चोखो, धोकाले मर्दैन
***
@ भानेन्द्र सम्बाहाङफे लिम्ब ू‘जुझारु’
काठमाडौँ ।



