यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

लघुकथा:-मुक्ती

बिष्णु भुर्तेल 


कोठा सानो छ , त्यही कोठाको कुनामा भान्सा , विच्छ्यौना , एउटा टेवल अनि टेवलमाथी टिभी , केही थान किताब , असरल्ल छरिएका पत्रपत्रिका । टेलीभिजनमा एक नेता देखिए महिलाहरुको कार्यक्रमका प्रमुख अतिथी थिए उनि , उनले दियो जलाए , सबैको पालो पूगेपछी उनको पालो आयो भाषण गर्ने , उनि जंगिए 'महिलामाथी हुने हिंशा अक्षम्य हो , यस्ता अपराधीलाई कडा सजाय संविधानमा राख्न हामी प्रतिबद्ध छौ ।' बत्ती झ्याप्प गयो , ओसिएको सलाईले तिनचार पटकमा मैनबत्ती जलाउँदै झ्याल खोलेर हेरेँ । छिमेकमा उनै नेताको अलिशान महल थियो , त्यहाँ बत्ति जाने कुरा कहिल्यै हुँदैन । एउटा दृश्य देखियो , एउटी महिला अर्की महिलालाई कुट्दै थिईन , नेताजी भन्दै थिए ' पुन्यु तताएर डाम न तेल्लाई , यत्रो नेताको घरमा बुहारी भएर आउदा पनि केही दाईजो नल्याउने ।'

Posted by Unknown on 12:16 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for लघुकथा:-मुक्ती

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011