विखण्डित मनहरु
NskNiraj Joshi
ऋतुहरु संगै साटिएका
यी भूगोलका रंगहरु
र रंगीन हुन नसकेका भाव-मंजरिहरु
बिना मनसुन पनि त
हुर्क़ेको हुर्क्यै छ।
सीरेटोग्रसित शिशिरे पातहरु
गलेको भेट्नुमा एक मुठ्ठी स्वाश बोकेर
बसन्ती हावाको झोका संगै
हुर्र हुर्र झरेको झर्यै छ।
यी अलपत्र मनोपत्रहरु !
त्यही मनोपत्रहरु भित्र भित्रै कुहिदै बनेका
अप्रशोधित आर्गानिक मनोमलहरु
मनोबंजरहरुमा पानी संगै
बिलाएको बिलायै छ।
साच्चै असार लागेछ क्यारे!
त्येही असारमा रोपिएका हरिया रोपोहरु
मंशिरमा पहेलिदै बयेली खेल्दैका
ति झरिला सपनाबालाहरु
बेमौषमी अशिना संगै
पछारिएको पछारियै छ।
र उम्रन्छ त्येही मनोबंजरमा
उराठिलो नमेरो बनेर
खोइ त?
आजसम्म मनोबंजरहरु
पाती फैलाएरै बाचेको छ।
कान्लामा गाइतिहारे अनि
डिलमा अर्खुका बुटाहरु
हुर्काएरै बैशाएको छ।
यी विखण्डित मनहरु!!!
