"अभिप्सित कविता "
उमेश राइ
नाप्दैमा गहिराई बौदिकताको
गर्दैमा शंखनाद चेतनाको
बाढी बगौदैमा चेतनाको
सपना सजाउदैमा चाहनाको
नबन्दो रहेछ कविता साथी
पुर्पक्ष गर्दैमा संबेदनाको
अनि
बिचारलाई कोचेर
सञ्जाल सब्दको थोपर्दैमा
नाफुल्दो रहेछ श्रीजनाका मनोहर फूल
नबन्दो रहेछ कविता
रहरको बिस्कुन भन्दा फरक रहेछ कविता
म त भन्छु
जब दृश्य हरु माथी संबेदित मनको दृष्टि पर्छ
अनि सोच हरु अनुभूति संग समागमित हुन्छन्
तब गभिना बन्छ हृदय अनि जन्मन्छ कविता
उपरोक्त्त सप्पै सप्पै रंग हरुको गहनामा
रंगिएर.....
जन्मिने रहेछ कविता भएर कविता
फुल्ने रहेछ फूल भएर कविता
मुस्कुराउने रहेछ जुन भएर कविता
यसैले अभिकांक्षाको सरोबर बाट अन्जुली भरी मिठो कविता उघाउने अभिप्सा छ
मित्र मलाई जीवनको अन्तिम
तर
सुन्दर सार्थक एउटा कविता जन्माउने आकांक्षा छ
जस्ले घात प्रतिघातको मोहकांछा बाट
अलग राखोस मान्छे लाई
मान्छेलाई माया गर्न प्रेरित गरोस् मान्छे लाई
बताउन सकु म
अपार शुख र अनन्त खुसीको भण्डार हो हो ब्रम्हाण्ड र दुनिया
कोहि यहाँ दुख्नु नपरोस्
मान्छे मान्छेको बिरुद्धमा
उठ्नु जुट्नु र फुट्नु नपरोस्
त्यागेर हतियारको स्वार्थी अहम् बिजेता हैन
सिर्फ मान्छे बनोस् मान्छे,
नदोहोरियोस् अब कहिल्यै
हिरोसिमा,नागासाकी,ट्रेड सेन्टर र पेन्टागन
बग्दाद,बसरा,कान्दहार र बामियान
बग्दादको छातीमा जमिला हरुले
शान्तिका सेता परेवा हरु उडान पाउन्
कान्दहार को पाहडमा फतिमा हरुले
निसंकोच मुस्कुराउन पाउन्
अनि
सिमाना मिचिदाको पिडा बाट मुक्त भै
सुस्ताका सुसिला हरु आनन्दले निदाउन पाउँन
उच -निच, ठुलो -सानो,
मानबिय अहम् अबिबेक र अबिस्वासले खनेको खाडल मात्र हो
मान्छे हो!
तिम्रो ब्यबहारमा तीमी बाँचेको धरती र तिम्रो बंसको आयू निर्धारित छ,
आग्ताबाणी गर्न सकु कवितामा
स्वचिन्ता भन्दा माथि उठेर
युग चिन्ता गर्न सकु कवितामा
त्यसैले म अहिल्यै
म सुरुवात गर्दैछु मेरो अभिप्सित कबिताको पहिलो हरफ
युग रक्षाको पहिलो सर्त
शान्ती र समानता....
स्विकारौ ...सह-अस्तित्व
बन्द गर मान्छे हो यो धरतीमा मत्स्य न्याय...