नभेटिएको मान्छे(लघु कथा )
लिला रिजाल
मलाई निद्रा भने पछी ओछ्यानमा पल्टिनु मात्र के पर्छ फुस फुस गरेर निदाइसकेको हुन्छु । मेरो निद्रा देखेर आमा हेरेर गाली गर्दै भन्नु हुन्थो " सधैं घोडा बेचेर सुतेझै सुत्छे एस्तो पाराले खै कसरी घर गरी खाली खै गाह्रो पर्ला है नानी "--सम्झाउनु हुन्थ्यो । हुन पनि हो बिहान् उठेर क्याम्पस् जानु पर्दा जहिले पनि आमाले नै उठाइ दिनु पर्ने कहिलेकहीं त् उठ्नका. अल्छिले पढ्नु पनि नपरे पनि हुन्थो जस्तो लाग्थ्यो । ढिलो उठेको करणले त् कती दिन त् बस छुटेर जात्रा बल्ल बल्ल दोस्रो तेस्रो घन्टिमा मात्र पुग्थेँ ।
सधैं त्यो दिन चाडै खान खाइ सकेर आमालाई एसो काम सघाए झैं गरे अनि पढ्नु छ भनेर माथि कोठामा लागेँ । दसैंको लागि घरमा रङ रोगन लगाउदै गरेको कारणले भएभरका सामानहरु मेरो कोठामा असाराल्लो गरेर थुपरिएको थियो कोठामा कुनै समान खोज्दा भेटिदैन्थ्यो सामान थियो ऊकुसमुकुस बातावरण ले गर्दा मैले पूर्व पट्टिको झ्याल खोले कार्तिकको महिना भएकोले चिसो सीरेटोले हान्यो एउटा झ्याल बन्द गरें । केही दिन यता निकै जाडो बढेको अनुभब भाईरहेको थियो । सिरक तानेर आफ्नो ओछ्यानामा पल्टिएँ । दिनभरी क्याम्पस गएर आएपछी बैंक जानु परेको अनि घरको काम पनि गर्नु पर्दा निकै थकाई अनुभब भाईराहेको थियो । थकाई लागे को भएता पनि तो दिन भने पटक्कै निद्रा परेन आँखा उघार्दा सिधा भित्तामा हेर्न पुगेँ रङ पोतिएकै थिएन फेरी भात्किन लागेको बेरा अझै निहालेर हेरे त्यहाँ एउटा अनौठो आक्रिती देखेँ गहिरिएर अझै हेरेँ एउटा सुन्दर तलाउ अनि तेसको नजिकै सानो अगाडि पट्टी सानो गोरेटो बाटो खाल्टा खुल्टी परेर पानी जमेको जस्तो देखिन्थो आउँदा जादा मान्छे बस्न भनेर फलैंचा राखिएको रहेछ । अझै राम्ररी निहालेर हेरेँ त्यहाँ एउटा सुन्दर युबक मूसुमुसु हासेर बसिरहेको देखेँ केही भन्न खोजेका आँखाहरु म् तिरै केही भन्न खोजे झैं लाग्यो मानौ उ धेरै पहिले देखी मलाई राम्ररी चिन्छ दुबै आँखाहरु एक टक लाएर हेरिरहेका थिए सलक्क परेको कसिलो शरीर त्यो अनुहार मैले पहिले काहिल्यै पनि देखेकी थीइन फेरी फर्किएर हेरें ।।"हैन बत्ती बालेर पढ्नु पनि छैन कि सुत्नु के गरेको ? "भनेर आमाले कराउदा पो झलास्स भएँ । लौ म् त् कल्पनाको बेग्लै संसारमा पो पोगेछु धत भन्दै बत्ती निभाएर सिरकले मुख जबरजस्ती छोपेर सुत्ने कोशीस गरें । यदि छिटो सुतिन भने बिहान् चाडो उठ्न साकिन्नथ्यो तर पनि निकै बेर सम्म त्यो सुन्दर द्रिस्य मनमा अाइरहयो चाहेर पनि हटाउन सकिन भित्र भित्रै रोमान्चित पनि भएँ । यस्तै कल्पनामा डुब्दा डुब्दै कतिखेर निदाएछु पत्तै पाइन् ।
संयोग पनि कस्तो भोली पल्ट सानो (प्राथमिक )स्कुलमा संस्कृतिक कार्यक्रम हेर्न जौं भनेर निरा दौडदै अाइपुगी म् पनि बिहान् क्याम्पस् बाट थकाई लागेर आएको भए पनि आमालाई सोधेर बाटो लागेँ । हुन त् मलाई एस्ता कार्यक्रम भने पछि थकाई कहाँ भाग्छ कहाँ । हामी पुग्दा सम्म त् स्कुल अगाडिको ग्राउन्ड पुरै भरिएको थियो टन्टलापुर घाम बस्ने ठाउँ नभएर चऊर को पल्ला छेउमा गएर बस्यौँ । यस्तैमा भिड मा ठाउँ खोज्दै थिए बिचमा अलि पर मेरा आँखा अगाडि टक्क अडिए एक युबक प्रती कतै देखे झै लाग्यो उसले पनि म् तिर हेरेर हात हल्लायो को साथी हुनुपर्छ सिधै तिमी को हौ भनेर सोध्दा नि नराम्रो निकै बेर सम्म सम्झिने प्रयास गरें बल्ल मेरो दिमागमा आयो उसको अनुहार त् सांची त् हिजो राती देखेको मान्छे सँग ठाक्कै मिल्छ फेरी यो भन्दा अगाडि उसलाई कहिलै देखेकी पनि थीइन । हाँसाई पनि ठाक्कै मिल्छ सँयोग पनि कस्तो त्येसपछि त् कहिले तरकारी किन्न जादा हाटियामा देख्थे त् कहिले बाटोमा ,म कलेज् बाट घर आउने बाटोमा चिया पसल थियो म सधैं जसो उसलाई त्यहाँ देख्न थालें लाग्थ्यो उ मलाई नै पर्खि रहेछ त्यो बाटो भएर हिड्दा म् पनि अन्जानमै उसैलाई खोजिरहेको हुन्थेँ । घरि घरी लाग्थ्यो उ मलाई जिस्काउन बाटोमा बसेको हो यदि एस्तो भए त् बोलाउन पर्ने नि तर उसले कहिले पनि मलाई बोलाएन र् केही भनेन मैले पनि बोलाउने हिम्मत गरिन के भनेर बोलाउने फेरी फटाहा निस्कियो भने नि ।।यस्तै यस्तै मनमा अनेक तर्कनाहरुले मलाई भित्रै भित्रै खाइ सकेको थियो कसरी हुन सक्छ भित्तामा देखेको मान्छे र् उसको अनुहार दुरुस्त जती दिमागबाट हटाउन खोज्छु उती एउटै कुराले सताउन थाल्यो म् आँफै सँग छक्क पर्न थालि सकेको थिए अनी आँफैलाई प्रश्न गर्न थाले हैन कतै मेरो दिमाग त् खराब भैरहेको त् छैन ? अति भए पछी मैले निरा सँग भनेकी थिए हेर न् तो कोठामा देखेको मान्छे त् यहाँ पो छ त् खाली नचाहिदो कुरा गर्छेस भनेर उसले मेरो कुरा तेसै उडाइ दीइ यो क्रम १ हप्ता नाघी सकेको थियो म् आँफै देखी हैरान भाईसकेको थिए। सबै कोठाको रङ रोगन गरी सकिए पछी अब मेरो कोठाको पालो आयो सबै समानहरु पन्छाइ दीए । काम गर्ने हरुले दिनभर लाएर रङ पोती सकेपछी समानहरु थान्क्याउन उनिहरु सँग सहयोग मागे बल्ल तल्लसमानहरु समेटी सके पछी एसो घडी हेर्छु त् रातको ११ पो बजी सकेछ ज्यादै थकाई लागि सकेकोले पनि केही समान तेसै असरल्ल छाडेर अोछ्यनमा पाल्टिए । सधैं झै भित्ता तिर आँखा डोहोरिए टक्क अडियो अचम्म न् त् त्यहा कुनै आक्रिती छ न् त् कुनै युबकको तस्बिर कता कता आफुबाट केही हराएझै लाग्यो दिनहु जसो नजर बिसाउनु अनि घन्टौ टोलाएर बस्नु अर्थात त्यही भित्र हराउन त् अभ्यस्थ पो भाई रहेछु सकेको रहेछु खल्लो अनुभब गर्दै सिरकले मुख छोपेर सुत्ने कोशीस गरे फेरी रात निकै छिपीइ सकेको थियो ।
।सधैं झै भोली पल्ट बिहान् चाडै उठेर क्याम्पस जानभनेर बस पार्क तिर लागे झण्डैले गाडी नछुटेको साथीहरुले देखेर ड्राइभर लाई रोक्न लएछन र् मात्रै गाडी मा पनि मन भरी अनेक कुरा खेल्दै थिए के साचै मैले देखेको तस्बिर अनी त्यो युबक तस्बिर सँग ठाक्कै मिल्ने अनुहार कसरी हुन गयो अब मलाई तो युबक लाई भेट्ने र् कुराकानी गर्ने कौतुहलता जाग्न थाल्यो कती खेर घर फर्किनु र् बाटोको चिया पसल तिर हेर्नु मनमा कुरा खेल्दै कक्षा कोठा तिर पसें । त्यो दिन पढाई सकिए पछी उत्सहित हुँदै घर तिर आउने गाडी चडे त्यो युबकलाई भेट्ने आस मनमा लिएर तर के थाहा कि त्यो इन्द्रेनी त् म् बाट हराइ पो सकेको छ भनेर त्यो गम्भिर अनुहार केही भन्नखोजेका आँखाहरु खाली मेरो मानस पटलमा नमेटिने गरी गहिरो छाप बनेर बसेको पो रहेछ ,त्येसपछि त् मैले चिया पसलमा पनि निकै चियाएर हेरे तरकारी किन्न जादा कतै भेट्छु कि भनेर बाटोमा निकै पटक खोजे कार्यक्रम हेर्न जादा पनि नखोजेको होइन अहं आजसम्मा पनि उसलाई भेटिन तर उसलाई हेर्ने आँखा भने थाकेन । मेरो सुसुप्त मनमा अल्झिरह्यो न् म् कसैलाई न् बताउन नै सके न् त दीमागबाट हटाउन । आज पनि कता कता तो तस्बिर अनी ति युबक को अनुहार एकान्तमा होस् भिडभाडामा कता कता खोजिरहेको हुन्छु । तर आज सम्मा पनि मैले उसलाई भेटेको छुइन ,,,,,,,,,,,,,,,,,iiii



