घायलको तरही मुसायरा-२३
मित्रहरु परदेशको बसाइ अनि अरुको खटनमा हिंड्नु पर्ने बाध्यता .......यहि कारण आजको 'घायलको तरही मुसायरा-२३' समयमा पोस्ट गर्न सकिन त्यसको लागि माफी चाहन्छु ! ढिलै भए पनि अंक-२३ तपाइहरुको सामु छ संधै झैं तपाइहरुको सहयोग पाउने छु !
अब हामी लक्ष्यको नजिक छौं .......भन्नाले हाम्रो ईतिहासिक तरही मुसायराको संग्रहको लागि निर्धारित २५ अंक नजिकिंदै छ त्यसैले म धेरै खुशी छु ! र केहि महिनाभित्रमा अंक १ देखि २५ सम्मका उत्कृस्ट गज़ल छनौट गरेर संग्रह जनवरीको पहिलो साता नेपालमा भब्यताको साथ बिमोचन तथा तरही मुसायरा गर्ने मेरो योजनामा यहाँहरु सबैको साथ रहनेछ भन्ने अपेक्षा गर्दछु !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन्
मैले विभिन्न समयमा मित्रहरुलाई अनुरोध गरेतापनि तरही मुसायाराको लागि अरु कसैको गज़ल प्राप्त नभएकोले आज पुन:मेरो आफ्नै गज़लको यो मिसरा-ए-सानी 'माया आज खेल भयो' लाइ 'घायलको तरही मुसायरा-२३' मा तरहको रुपमा दिएको छु । माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार १७ नोभेम्बर, २०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: माया आज खेल भयो
काफिया: खेल
रदिफ: भयो
लय: माया आज// खेल भयो
लय -४+४+=८
घायलको तरही मुसायरा-२३ मा दिएको मिसराको पूर्ण गज़ल यहाँहरुको लागि....
कस्तो दिन मेल भयो
माया आज खेल भयो
निष्ठुरीको पीडाले लौ
आँखा बर्षी भेल भयो
जिन्दगी नै चल्दैन खै
बिग्रिएको रेल भयो
म देखि त्यो म सम्म नै
भाग्य गोलो सेल भयो
उ बिनाको संसार यो
मेरो लागि जेल भयो
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।


दीप दर्शन
गजल
तिम्रो मेरो मेल भयो.
जिन्दगीको नेल भयो.
बैस थियो आँखा लाग्ने.
त्यही बैस जेल भयो.
राजी खुशी लगाएको.
माया आज खेल भयो.
छोडी जादा निर्मोहिले.
आसु बगी भेल भयो.
कोमल् मुटु पीडाले नै.
तातो तातो तेल भयो.
दीप दर्शन
घायल तरही मुसायरा २३ को लागि?
This comment has been removed by the author.
Ananda Shrestha ****
नपढेर फेल भयो
चोरै चोरको मेल भयो
यी दुष्टका सामुन्नेमा
माया आज खेल भयो
आफ्नै घरमा चोरी गर्दा
प्रहरीको नेल भयो
चोर्न जान्ने बुद्धि थे'न
त्यै भएर जेल भयो
नियम् कानुन् मान्नेलाई
यो व्यवस्था झेल भयो ।
Dalbir Singh Baraili 'Ghayal' जी,नमस्कार । धेरै दिनपछि यहाँको मुसयरामा भाग लिने प्रयास गरेको तर लयमा नै असहज भयो । यहाँले जसरी ४/४ को लय भन्नु भएको छ,खेल् (माथि प्रस्तुत सबै काफियाहरू)हलन्त शव्द भएकोले यो ४/३को हो जस्तो लाग्छ मलाई तर जबरजस्ति ४/४ मै बनाएर पेश गरेको छु ।
Krrish Magar ं
¤¤गजल¤¤
ं
आशा थियो झेल भयो,
आँशुको यो भेल भयो ।
नाता सारा भुलि गयौ,
माया आज खेल भयो ।
कुल्ची दियौ मेरो हाँसो,
खुशी सारा जेल भयो ।
यात्रा अब टुङ्गो छैन,
बित्थै चल्ने रेल भयो ।
माया राख्ने मुटु पनि,
पीँडा सँग मेल भयो ।
(घायलको तरही मुसायरा-२३ को लागि मेरो पनि सानो प्रयास
दलबीर सिंह बराइली "घायल" ज्यू लाई ।)
Bikash Shah घायलको तरही मुसायराको २३ औ अंक मा मैले गरेको प्रयास
हिजो मात्रै मेल भयो !
किन आजै झेल भयो !!
जति माया गर्दा पनि !
माया आज खेल भयो !!
तिम्रो हुने मेरो इक्ष्या !
सुकी जाने भेल भयो !!
आखा सामु आए पनि !
कैवा लाई बेल भयो !!
छोडी जान लाग्दा खेरि !
तिम्रै छाती जेल भयो !!
"बिकाश "(घायल)
ममताकी खानी सुमित्रा घायलको तरही मुसायराको सफलताको कामना गर्दै २३ औं सृङ्खलामा मेरो प्रयास यस्तो रह्यो ----हार्दिक धन्यवाद घायल ज्यु !!
गजल ----
मन मिली मेल भयो
फेरि किन झेल भयो
बिर्सियौ कि बाचा कसम्
माया आज खेल भयो
सुख खोज्न भौतारिदा
झन् दु;खको भेल भयो
खुशी थियो यसै जीवन्
आज झनै नेल भयो
ठुला थिए आशाहरु
अब सबै फेल भयो !!
Diwakar Swapneel
घायल ज्युको अभियानलाई शुभकामना सहित समर्पण गरेँ मेरो गजल।
घायलको मुसयरा - 23 को लागी यो पटक यस्तो रह्यो मेरो प्रयास
नसोचेको झेल भयो
शत्रु-शत्रु मेल भयो
टेन्डरको ठेकामाथी
नेताज्युको भेल भयो
राष्ट्र प्रेमी नेपालीको
माया आज खेल भयो
बगलीमा छुरा हरे
राम नामी जेल भयो
क्रान्तीकारी योद्धा आज
सत्ता धारी फेल भयो
- दिवाकर स्वप्नील , झापा ।
Saroj Anurag नमस्कार दाजु ।
तरही मुशायरामा त्यति धेरै ज्ञान नभएको म, आज मेरो भित्तामा आएको यो नोट पढेर यसबारे जान्ने सौभाग्य दिनुभएकोमा धेरै धेरै धन्यवाद ।
मुशायरा - 23 मा आएर मेरो पहिलो प्रयाश यसरी सुरु भो -
न त हाम्रो मेल भयो ।
हतकडी न नेल भयो ।
कैदी बनी बस्न चाहेँ
न मलाई जेल भयो ।
तिम्ले जित्यौ मैले हारेँ
माया आज खेल भयो ।
तिम्ले भन्यौ निष्पक्ष भो
मलाई लाग्छ झेल भयो ।
हर्ष, विष्मात् कागलाई के ?
तिम्रो जीवन बेल भयो ।
¤ सरोज अनुराग ¤
स्याङ्जाली रमेश .....
जिन्दगी यो झेल भयो
बिछोडीन मेल भयो
सयौ जूनी संगै बाच्ने
माया आज खेल भयो
रमाउन गर्या प्रेम
मुटु जल्ने तेल भयो
आँशु झारे उही सम्झि
आफै बग्ने भेल भयो
सजाएका स्वप्ना सारा
कागलाई बेल भयो
तड्पी तड्पी बाच्नु पर्दा
यो धर्तीनै जेल भयो
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट
लक्ष्मी जीको इनबक्समा प्राप्त गज़ल
निशाफमा झेल भयो
रुपैयाँको भेल भयो
गरीबले रिण लिँदा
समान्तिको खेल भयो
ज्यानमारा लुकाउन
दलालको मेल भयो
भरियाको जिन्दगानी
जनक्पुरे रेल भयो
नेपालमा प्रजातन्त्र
कागलाई बेल भयो
लक्ष्मी पोख्रेल
काठ्मान्डौ
हाल ईज्रायल
Shrestha Subash
घायलको तहरी मुसायरा भाग-२३
जब हाम्रो मेल भयो
त्यही बाट झेल भयो।
मिली बस्नु भन्दा झनै
पानी माथि तेल भयो।
बर्षौसम्म सङ्गालेको
माया आज खेल भयो।
तिम्रो माया मेरो लागि
कागलाई बेल भयो।
सायद् तिम्रो परिक्षामा
यो 'सुवास' फेल भयो।
घायलको तरही मुसायरा -२३
-------------------
तरही मुसायरा.
"सफलताको शुभकामना "
-------------------
(गजल)
तावा माथि तेल भयो
पिठो हाली सेल भयो
खाने मान्छे धेरै थिए
त्यही ठेला ठेल भयो
कति भागे पैसा नदि
हरे कस्तो झेल भयो
तिमी पनि त्यही हुँदा
दुई आँत मेल भयो
चाख्दा चाख्दै आँखा जुँधी
'मायाँ आज खेल भयो'
-----------------------------
बुद्धि मोक्तान
बाचा गरी मेल भयो ।
फेरि आज झेल भयो ।
तिम्रो माया पिना यहाँ
अरु तिर तेल भयो ।
स्वतन्त्रता पुज्य प्रेम
यथार्थमा नेल भयो ।
त्यो बैंश त मेरो लागि
कागलाई बेल भयो ।
जुनी काट्न भनि ला'को
माया आज खेल भयो ।
आनन्द भट्टराई "गाउँले"
तरही मुसायरा -२३ मा आधारीत् यो गजल कस्तो भयो मित्र हरु :-
मिसरा: माया आज खेल भयो
तिम्रो हाम्रो मेल भयो
संगै खाने सेल भयो |1|
नपाउँदा एक्लै थिए
पाएँ अब बेल भयो |2|
नचिन्दामा माया के हो ?
माया आज खेल भयो
भित्री मन नमिल्दामा
असारको भेल भयो |4|
भन्थ्यौ तिमी संगै मर्ने
आज भने झेल भयो |5|
सञ्जय कुमार खड्का
( गजल ) आचार्य प्रभा
उस्को मुटु जेल भयो
नफुस्किने नेल भयो ।
बैंश मेरो उस्कोनिम्ती
साउनको भेल भयो ।
देखावटी मुटु साट्दा
माया आज खेल भयो ।
संसार नै बैरी लाग्दा
जिन्दगीमा झेल भयो ।
भाग्यमा नै लेख्या'रैछ
स्वार्थीसँग मेल भयो ।
( रचना -नोवेम्बर - ११/११)
कशिश शर्मा जीले इनबक्समा पठाउनु भएको गज़ल, घायलको तहरी मुसायरा भाग-२३ मा मेरो प्रयास!
इक्ष्या बिनै मेल भयो
मागी बिहे जेल भयो
भाग्य मेरै खोटि रैछ
माया आज खेल भयो
जग्य घुमी खाको कसम
खुशी बाध्ने नेल भयो
झुटो माया तिम्रो आज
पानी माथि तेल भयो
स्वार्थी यो संसारमा
आफ्नै बाट झेल भयो
(कस्तो भयो होला है!)
नमस्ते घायल सर
तपाइको तरही मुसायरा २३ को लागि मैले जानी नजानी लेखेको गजल अनि पहिलो प्रयास यस्तो भयो गल्ति भएमा माफी गर्नु होला |
"गजल"
हामी माथी झेल भयो |
हत्कडी र नेल भयो ||
हिजो आको लोकतन्त्र |
लाग्छ आज फेल भयो ||
रुन्छ यहाँ मातृभुमी |
आशु बग्दै भेल भयो ||
देश द्रोही नेता बाट |
राष्ट्रियता सेल भयो ||
स्वाभिमानी नेपालीको |
माया आज खेल भयो ||
टिका खड्का
मधुमल्ला > ४ मोरंग
लोचन रिजाल ज्युले फेसबुकको इनबक्समा पठाउनु भएको गज़ल यहाँ पोस्ट गर्दै छु !
पीङ, भैलो खेल भयो
तिहारमा सेल भयो
दियो बत्ती बाल्नलाई
चोखो सर्स्युं तेल भयो
भाई बैनी भेला हुँदा
प्रेमनदी भेल भयो
आउँने जाने पाहुना
कति राम्रो मेल भयो
यस्तो चाड हेला गर्ने
कस्को बुद्धि फेल भयो
राष्ट्रघाती जो जो हुन
लाने ठाउँ जेल भयो
लोचन रिजाल
आरती पोखरेल 'अनु '
चन्द्रगडी झापा
गजल
कस्तो हाम्रो मेल भयो
जिन्दगी नै रेल भयो
सारा इच्छा बगी जाने
बर्षादको भेल भयो
दुबै मुटु जोडुँ भन्थें
माया मेरो खेल भयो
न हर्ष न विष्मात भो
कागलाई बेल भयो
जुनी जुनी बाँच्ने आसा
बीचैमा नि फेल भयो ।।
गजल
मधु पोखरेल------बिराटनगर
अचम्मको मेल भयो
साउनको भेल भयो
निर्मोहीले छाडी जाँदा
माया मेरो खेल भयो
गणतन्त्र यो देशमा
कागलाई बेल भयो
जुनै आए पनि उस्तै
राजनीति झेल भयो
शान्तिप्रिय देश हाम्रो
बुद्ध थुन्ने जेल भयो ।।
अतृप्त कमल सम्पुर्ण साहित्यिक् मनहरुमा नमस्कार।
मैले पनि कोसिस् गरेँ है
गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: माया आज खेल भयो
काफिया: खेल
रदिफ: भयो
लय: माया आज// खेल भयो
लय -४+४+=८
A Ghazal By Kamal
दोबाटोमा मेल भयो
पिरतिमा झेल भयो
मान्छे स्वार्थी बनिदिँदा
माया आज खेल भयो
खुला आकाश् चुम्न खोजेँ
चाहना नै नेल भयो
सजाएका सपनाहरु
फगत् आँशु भेल भयो
तिम्ले छोड्दा यो कमल
चालक् बिना रेल भयो
बुटवल,रुपन्देही
हाल:-दोहा,कतार
मैले पनि सहभागिता जनाएँ है।
धन्यबाद दलबिर सरलाई
बैरागी माईलो बिवश घायल तरही मुसायरामा पहिलो सहभागीत,
लेखान्तको खेल भयो।
दुखै दुःख नेल भयो।
गरीबीले बिदेसिएँ,
पीर ब्याथा जेल भयो।
पराधानीभै खटिरहे,
आँसुको नै भेल भयो।
महंगीले तड्पे जन्ता,
बहु मूल्य तेल भयो।
कनीकुथी गर्दै थिए,
यात्रा आज फेल भयो।
फर्कि आए मातृ भूमी,
दुई आत्मा मेल भयो।
बैरागी माईलो बिवश
गुल्मी हाडहाडे
हालः यू ए ई
घायलको तरही मुसायरा-२३ मा दिएको मिसराको पूर्ण गज़ल यहाँहरुको लागि....
कस्तो दिन मेल भयो
माया आज खेल भयो
निष्ठुरीको पीडाले लौ
आँखा बर्षी भेल भयो
जिन्दगी नै चल्दैन खै
बिग्रिएको रेल भयो
म देखि त्यो म सम्म नै
भाग्य गोलो सेल भयो
उ बिनाको संसार यो
मेरो लागि जेल भयो