गजल:-यो मुटुले खोज्दैछ

कशिश शर्मा
नहुनु है टाढा तिमी यो मुटुले खोज्दैछ
हजारौमा तिमीलाई आफ्नो भनी रोज्दैछ
शंका लाग्छ तर पनि पत्याउन सक्दिन
कमलो छ मन मेरो के के कुरा सोच्दैछ
दिन भरि रातै भरि तिमीलाई पर्खिन्छु
फेरी पनि के कुराले यो मनमा घोच्दैछ
आशा दियो बालें किन अध्याँरोमा बिलायो
निभ्छ अनि ठुटो बनि कता कति पोल्दैछ
सबै कुरा भुलिसकें तिमी मात्र याद रह्यो
कता गयौ चाडैं आउ यो जिन्दगी बोल्दैछ
