गज़ल:-जो रुन्छ हाँस्दैन, त्यो बाँच्न जान्दैन...
जो रुन्छ हाँस्दैन, त्यो बाँच्न जान्दैन...
जो हाँस्छ नाच्दैन, त्यो बाँच्न जान्दैन...
को भन्छ दोषी म, छामेर छातीमा
जो आत्म जाँच्दैन, त्यो बाँच्न जान्दैन...
चस्किन्न काँडा नि, त्यो फूल मौरी झैं
जो प्रीत गाँस्दैन, त्यो बाँच्न जान्दैन...
टाढा छ गन्तव्य, टेकिन्न ठानेर
जो कर्म साँच्दैन, त्यो बाँच्न जान्दैन...
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
छन्द - सारंग
२०६८-०७-२१
कीर्तिपुर



