तिम्रो बैश छल्किएको कति भयो कुन्नी !
गज़ल
आनन्द श्रेष्ठ
तिम्रो बैश छल्किएको कति भयो कुन्नी !
माया चोर्न पल्किएको कति भयो कुन्नी !
सोह्र वर्षे जवानीको यादै आउने गरी
यो मुटु छेउ ढल्किएको कति भयो कुन्नी !
आँखै छोप्ने गरि लायौ किरिम् पाउडर किन ?
खस्रो छाला टल्किएको कति भयो कुन्नी !
आफ्नो घरमा दनदनी नबालेर आगो
पराई घरमा सल्किएको कति भयो कुन्नी !
