यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"बगैंचाको फूलभन्दा"


"रुद्र मिश्र"


बगैंचाको फूलभन्दा मग्मगाउने तिमी नै हो ।

आकाशका ताराभन्दा टल्पलाउने तिमी नै हो ।


टाढा भएँ भन्छौ किन छातीभित्र लुकीलुकी ?

सधैभरी मनमा मेरो सल्बलाउने तिमी नै हो ।


जिन्दगीमा सधै मेरो औसीरात छायो भन्छौ

पूर्णिमाको ज्योती छर्दै जग्मगाउने तिमी नै हो ।


माया विना कहाँ हुन्छ संसारको सार यहाँ

शंका गरि प्रितसँग डग्मगाउने तिमी नै हो ।


मलाई तिम्रो जवानीको नशा चढ्न बाँकी हुँदा

बैंशालु त्यो मात प्यूदै लर्वराउने तिमी नै हो ।


पाँचथर

हाल : मलेसिया

Posted by Bikash Shah (Ghayal) on 10:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "बगैंचाको फूलभन्दा"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011