गजल:-बैंस हो रे बग्ने पानी खेर जाला त्यो जवानी
बैंस हो रे बग्ने पानी खेर जाला त्यो जवानी
फुर्ती धेरै गर्छ्यौ सानी खेर जाला त्यो जवानी
सम्बन्धको जोडौं पुल दुबै मनमा फुल्छ फूल
माया हुन्न छानी-छानी खेर जाला त्यो जवानी
कल्पी हेर्छौ आकाशमा केके सुन्छौ बतासमा
कस्तो हो त्यो तिम्रो बानी खेर जाला त्यो जवानी
यो भन्दा उ राम्रो भन्दै दिन बित्ला मान्छे छान्दै
अप्सरा हुँ आफै ठानी खेर जाला त्यो जवानी
फल्या हाँगा झुक्नै पर्छ तिमीले यो बुझ्नै पर्छ
नत्र आफ्नै हुन्छ हानी खेर जाला त्यो जवानी
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई



