घायलको तरही मुसायरा-२४
घायलको तरही मुसायरा-२४ यहाँहरुको सामु छ । आशा छ सधैं झै यहाँहरुको सक्रिय सहभागिताको अपेक्षा गर्दछु ! तपाइहरुलाई थाहा नै छ अब हामी लक्ष्यको नजिक छौं .......भन्नाले हाम्रो ईतिहासिक तरही मुसायराको संग्रहको लागि निर्धारित २५ अंक नजिकिंदै छ त्यसैले म धेरै खुशी छु ! र केहि महिनाभित्रमा अंक १ देखि २५ सम्मका उत्कृस्ट गज़ल छनौट गरेर संग्रह जनवरीको पहिलो साता नेपालमा भब्यताको साथ बिमोचन तथा तरही मुसायरा गर्ने मेरो योजनामा यहाँहरु सबैको साथ रहनेछ भन्ने अपेक्षा गर्दछु !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन्
छैनअब जीउने कुनै चाहाना पुराना
आफ्नैआँसु पिउने कुनै बहाना पुराना
बैरागी माईलो बिवश' लघुकथा,गीतीकथा र मुक्तक मञ्च हुँदै अहिले गजलिय यात्रामा हुनु हुन्छ,माथिका दुई हरफ शेर नै जीन्दगीको अभिन्न अङ्ग शैक्षिक यात्रामा रोकिनु पर्दा पीडाले आफै भित्र बोलेको छन उनका ! बाल्यवस्थामै उहाँ बुवाको न्यानो मायाबाट बन्चित हुनु भएपनि आमाको न्यानोकाख र निर्मलमायाले कहिल्यै बुवाको कमी महशुस भएन,आफ्नै स्वदेशमा हुँदा दुई/चार मुक्तक र गीतीकथा कोरेर खाली एफ एमहरुमा प्रशारण गर्नु शिवाय् विकल्प थिएन तर हाल गरीबी र परिस्थितीसँग पौंठेजोरी खेल्दै परदेश पसेपछि,अझ उनका मनका आन्तरीक भूभागमा भाबना तिब्र रुपले सलबलायो र त पोख्न थाल्नुभयो गजलको माध्यमबाट,स्पन्दनका झँकारहरु !
आउनुहोस ! आज उनै बैरागी माईलो बिवश'को गज़लको यो मिसरा-ए-सानी 'चाँदनीको नौलो रात मा'ग्या थिएँ तिमीसँग' लाइ 'घायलको तरही मुसायरा-२४' मा तरहको रुपमा दिएको छु । माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार २४ नोभेम्बर,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
गजल: बैरागी माईलो बिवश
मिसरा: चाँदनीको नौलो रात मा'ग्या थिएँ तिमीसँग
काफिया: रात
रदिफ: मा'ग्या थिएँ तिमीसँग
लय: चाँदनीको /नौलो रात //मा'ग्या थिएँ /तिमीसँग
लय:- ४+४+४+४=१६
जूनीभरी मीठो साथ माग्याँ थिए तिमी सँग।
चाँदनीको नौलो रात माग्याँ थिए तिमीसँग।
हरपल सपनीमा तिमी आई सताउँदा,
सम्बन्धको न्यानोहात माग्याँ थिए तिमीसँग।माया प्रितले सिँचाएर सृष्टि फूल सजाउँन,
प्रेम गर्छु भन्ने बात माग्याँ थिए तिमीसँग।घात अनी प्रतिघात उपहार गर्यौ आज,
चोखोमाया मन्द मात माग्याँ थिए तिमीसँग।उँच निचँ छुवाछुत हेर्यौ चोखो मायामा नी,
आफ्नो हैन! तिम्रै जात माँग्या थिए तिमीसँग।।घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।
फेसबुकमा जानको लागि यो लिंक क्लिक गर्नु होला
http://www.facebook.com/note.php?note_id=292354940788087
फेसबुकमा जानको लागि यो लिंक क्लिक गर्नु होला
http://www.facebook.com/note.php?note_id=292354940788087


Kalpana Awasthi
जुनि बित्ने तिम्रो साथ मा'ग्या थिएँ तिमीसंग
पिरतीको मिठो बात मा'ग्या थिएँ तिमीसंग
दुई मुटु जोडिदिने सम्बन्ध यो गहिरो छ
मायालु त्यो तिम्रो हात मा'ग्या थिएँ तिमीसंग
डुबौ हामी मायाभित्र बाँधिएर अंगालोमा
चाँदनीको नाैलो रात मा'ग्या थिएँ तिमीसंग
नशा हो यो पिरतीको दिनदिनै बढी रा'छ
बेहोशीको यस्तै मात मा'ग्या थिएँ तिमीसंग
नसकोस कसैले नि हामीलाई छुट्याउन
यहि प्रेमको बर्सात मा'ग्या थिएँ तिमीसंग ।।।।
Krrish Magar
¤~¤ गजल ¤~¤
जिन्दगीमा न्यानो साथ माग्या थिएँ तिमीसँग,
नछुटिने अटुट् हात माग्या थिएँ तिमीसँग ।
अौँशीको त्यो रात जस्तै किन भयो मेरो प्रेम,
चाँदनीको नौलो रात माग्या थिएँ तिमीसँग ।
वियोगका पलहरू सम्झिदा त डर लाग्छ,
मिलनका मिठो बात माग्या थिएँ तिमीसँग ।
थाकिसकेँ मायाबिना उजाड यो बस्तिभित्र,
अजम्बरी प्रेम्'को खात माग्या थिएँ तिमीसँग ।
एक्लै एक्लै सुनसान आभाषले तड्पाउँछ,
जवानीका तिम्रो मात माग्या थिएँ तिमीसँग ।
( घायलको तरही मुसायरा २४ को लागि यो मेरो अर्को प्रयास "घायल" ज्यूलाई प्रेषित गरेको छु ।)
Diwakar Swapneel यो पटक घायलको मुसयरामा लय समाउन समय लाग्यो । तर अन्त्यमा लयमा रमेपछी गजल सललल बग्यो । अनि मलाइ मन पर्ने आफ्नै गजलमध्ये एउटा गजलमा स्थान जमाउन सफल गजलको जन्म भयो ।
यो पटक यस्तो छ मेरो गजल, घायलको तरही मुसयरा - 24 को लागी ।
सुकोमल तिनै हात माग्या थिएँ तिमीसँग ।
माया देउ जुनी सात माग्या थिएँ तिमीसँग ।
राम्री चट्ट खोज्या हैन तिमी भए पुग्छ सानु
अभागीले मिठो बात माग्या थिएँ तिमीसँग ।
नाटक हो यो दुनियाँ पात्र चाही हामी दुई
चाँदनीको नौलो रात माग्या थिएँ तिमीसँग ।
संगै बाचौ सँगै मरौँ दुइ दिन मिलीजुली
मरी जाँदा फूल पात माग्या थिएँ तिमीसँग ।
मौन बस्यौ सधै तिमी बुझौँ के पो मैले अब
एकोहोरो मै हुँ घात माग्या थिएँ तिमीसँग ।
जुन दिन पराइको डोली चढी गयौ तिमी
भुल्नलाइ नसा मात माग्या थिएँ तिमीसँग ।
-> दिवाकर स्वप्नील , झापा ।
Starhang Bantawa 'jalan' घायलको तरही मुसायरामा मेरो यो दोस्रो प्रयास हो । जानेर भन्दा पनि मैले रहरले सहभागिता जनाएकोछु । कुनै ट्रुटिहरु भए आदर्णीय सर घायल ज्युबाट प्रतिकृया पाउने आशामा छु । घायलको तरही मुसायरा-२४ को लागी मेरो गजल यस्प्रकार छ् । जदौ,
सँगै हिंड्न मैले हात माग्या थिएँ तिमीसँग ।
जुनिजाने प्यारो साथ माग्या थिएँ तिमीसँग ।।
अजम्बरी चोखो नाता तिमीसँगै गास्छु भन्दै ।
जवानीको चड्दो मात माग्या थिएँ तिमीसँग ।।
तिमीबिना जीवन मेरो अध्यारो नै हुन्छ भनी ।
चाँदनीको नौलो रात मा'ग्या थिएँ तिमीसंग ।।
जिन्दगीका सब्बै खुशी तिम्रैनिम्ती सुम्पेपछी ।
मायाको नै ठुलो खात माग्या थिएँ तिमीसँग ।।
तिमी बाहेक अन्त मैले बाचा कसम नखानाले ।
प्यास मेट्न सानो घात माग्या थिएँ तिमीसँग ।।
हिरा मोती त्यस्तोकुनै सम्पत्ति नै खोज्याहैन ।
योमन लुट्ने मिठो बात माग्या थिएँ तिमीसँग ।।
झुत्रेजेठा
हाल- यु ए ई
19-Nov-2011
Shrestha Subash
घायलको तरही मुसायरा भाग-२४
सँगै यात्रा गर्न साथ माग्या थिएँ तिमीसँग
रुँदा आँसु पुछ्ने हात माग्या थिएँ तिमीसँग।
यो जिन्दगी अँध्यारोमा बित्ने होकी भनेर नै
चाँदनीको नौलो रात माग्या थिएँ तिमीसँग।
सोचेको थेँ यौटा कुरा हुन गयो तर अर्कै
भन मैले कहाँ घात माग्या थिएँ तिमीसँग?
गाउँ भरि हाम्रो बारे हल्ला चल्न थालेपछि
देखावटी मात्र लात माग्या थिएँ तिमीसँग।
नबुझे कै होकी तिम्ले नबुझे झै गरेका हौ
सधै भरि मीठो बात माग्या थिएँ तिमीसँग।
Bikash Shah ·
Subscribed · Tribhuvan University
तराही मुसायराको २४ औ भागमा मेरो प्रयास यस्तो रयो.
अजम्बरी न्यानो साथ मा'ग्या थिएँ तिमीसंग.
बास बस्न भित्रि आँत मा'ग्या थिएँ तिमीसंग.
चोटैचोटले जिन्दगि यो धुजा धुजा पारे पछी.
राहतको मिठो बात मा'ग्या थिएँ तिमीसंग.
बेदनाको ओडारमा गुम्सिएर बस्दा मैले.
साहाराको त्यो हात मा'ग्या थिएँ तिमीसंग.
जिन्दगीका चाहाहरु अधेंरीमा डुब्न लाग्दा.
चाँदनीको नौलो रात मा'ग्या थिएँ तिमीसंग.
आँशु सधै परेलीमा खुशी लाई छेकी दिंदा.
मनभरि सुख खात मा'ग्या थिएँ तिमीसंग.
Kashish Sharma
घायलको तरही मुसायरा भाग-२४ मेरो प्रयास !
जिउछु भनी स्नेही हात माग्या थिएँ तिमीसँग
पिडा भुल्ने मिठा बात माग्या थिएँ तिमीसँग
बाचा थियो तारा झार्ने,आफ्नै दिलको राजा मानी
चाँदनिको नौलो रात माग्या थिएँ तिमीसँग
लुकीछिपी लायौ माया मुटु दुख्छ टाढा बस्दा
तेसैले त प्यारो थात माग्या थिएँ तिमीसँग
भुल केभो आज फेरी खुशी छैन आँखा भरी
सधैं जस्तै प्रेम मात माग्या थिएँ तिमीसँग
अनायसै मोडौ बाटो चाहा सारा थाति रह्यो
नकी मैले एस्तो घात माग्या थिएँ तिमीसँग
माया बुन्ने शिल्पी हात माग्या थिएँ तिमीसँग ।
जवानीको थोरै मात माग्या थिएँ तिमीसँग ।
सामिप्यमा रहि अब बाँकी यात्रा गरौं भन्दा
"हुन्छ" भन्ने एकै बात माग्या थिएँ तिमीसँग ।
हिमालको सेरोफेरो दौँतरीको रस घोली
रमौं भनि तिम्रो साथ माग्या थिएँ तिमीसँग ।
बनावटी हाँसो हैन प्रकृतिले सिर्जिएको
चाँदनीको नौलो रात माग्या थिएँ तिमीसँग ।
आज एक्लै छोडी जाँदा भन्न बाध्य भएको छु
जिन्दगीमा घातै घात माग्या थिएँ तिमीसँग ।
आनन्द भट्टराई 'गाउँले'
खोटाङ
www.anandakoblog.blogspot.com
Tika Khadka
सम्पूर्ण अग्रज गजलकार हरुमा मेरो नमस्कार घायल तरही मुसायरा २४ को लागि मेरो गजल |
.
जिबन भरि न्यानो साथ माग्या थिएँ तिमीसगँ |
दुइ मुटु जोड्ने बात माग्या थिएँ तिमीसगँ ||
.
यो अध्यारो जिन्दगीलाई तिम्रै निम्ती सुम्पिएर |
चाँदनिको नौलो रात माग्या थिएँ तिमीसगँ ||
.
कठीन थियो जिबन यात्रा धेरै जंघार तर्नु पर्ने |
सहाराको तिम्रो हात माग्या थिएँ तिमीसगँ ||
.
तिमीसितै अजम्बरी मायाँ गाँस्न सयौ जुनी |
पिरतिको खातै-खात माग्या थिएँ तिमीसगँ ||
.
अप्सराझैँ रुप तिम्रो चढ्दो उस्तै बैश देखी |
जवानीको मिठो मात माग्या थिएँ तिमीसगँ ||
.
टिका खड्का
मधुमल्ला >४ मोरंग
घायलको तरही मुसायरा -२४
"बैरागी माइलो बिवश"को ब्यक्क्तीगत जीवन र
घायलको तरही मुसायरा सफलताको कामना गर्दछु ।
मिसरा -चाँदनीको नौलो रात मा'ग्या थिए तिमीसँग
(गजल)
रगतको मिल्ने जात मा'ग्या थिए तिमीसँग
मृत्यु टारी ज्यूँन साथ मा'ग्या थिए तिमीसँग
धमनीमा रगत सुकी शक्क्ती शून्य ढल्दा जीवन
सहारा ती दुई हात मा'ग्या थिए तिमीसँग
शल्यक्रिया पूर्व साँझ बेहोसमा कराउदै
तातो पानी गिलो भात मा'ग्या थिए तिमीसँग
आँशु झारी शय्या छोड्दै परन्तु त्यो मृत्यु अघि
जीन्दगीको अन्तिम बात मा'ग्या थिए तिमीसँग
अङ्ग अङ्ग चिरफार भइ नयाँ जीवन पाए भने
'चाँदनीको नौलो रात मा'ग्या थिए तिमीसँग'
------------------------------
बुद्धि मोक्तान
------------------------------
द्रश्ट्र्ब्य: रगतको मिल्ने जात - रगतको मिल्ने समुह
ज्यूँन -जिउन
Kumar Shrestha
आफ्नो संझे र त साथ मा’ग्या थिँए तिमी सँग.
चोट भुल्न मिठो बात मा’ग्या थिँए तिमी सँग.
मुटु जल्दा तिम्रो सामु झर्किएर बोल्दा खेरी.
तिम्ले सोच्यौ मैले घात मा’ग्या थिँए तिमी सँग.
कती बोल्न सक्छौ तिमी झुटो कुरा सबै सामू.
जवानीको नौलो मात मा’ग्या थिँए तिमी सँग?
जिन्दगी यो अधेरीमा बित्दै जाँदा सँधै भरी.
चाँदनीको नौलो रात मा’ग्या थिँए तिमी सँग.
आफै टाढा हुनु पर्ने त्यती ठुलो के माँगे र?
साह्रो गाह्रो पर्दा हात मा’ग्या थिँए तिमी सँग.
जूनीभरी मीठो साथ माग्याँ थिए तिमी सँग।
चाँदनीको नौलो रात माग्याँ थिए तिमीसँग।
हरपल सपनीमा तिमी आई सताउँदा,
सम्बन्धको न्यानोहात माग्याँ थिए तिमीसँग।
माया प्रितले सिँचाएर सृष्टि फूल सजाउँन,
प्रेम गर्छु भन्ने बात माग्याँ थिए तिमीसँग।
घात अनी प्रतिघात उपहार गर्यौ आज,
चोखोमाया मन्द मात माग्याँ थिए तिमीसँग।
उँच निचँ छुवाछुत हेर्यौ चोखो मायामा नी,
आफ्नो हैन! तिम्रै जात माँग्या थिए तिमीसँग।।
यो माथिको गज़ल बैरागी माईला बिवश जीको तरही मुसायरा-२४ मा दीएको मुख्य गज़ल हो र मैले पोस्ट गरेको छु हेर्नु होला !
(समर्पीत प्रकाश) टिकापुर कैलाली info@literatureofnepali.com मा प्राप्त गजल यहाँ पोस्ट गर्दैछु धन्यवाद घायलको तरहि मुसायरा 24 मा मेरो पृथक प्रयास
यौटा सानो सु-सौगात, मा'ग्या थिएँ तिमीसंग
आगनीमा, त्यो बर्षात, मा'ग्या थिएँ तिमीसंग
जे जे मागेँ किन तिम्ले, नदिएको ए प्रकृति
प्रलय र हिमपात, मा'ग्या थिएँ तिमीसंग
धेरै बाँचे खडेरीमा, दुख पिडा सम्हालेर
खुशीहरु खाताखात, मा'ग्या थिएँ तिमीसंग
झरिपछि आकाशमा, कावा खाँदै उड्नलाइ
चाँदनीको नौलो रात, मा'ग्या थिएँ तिमीसंग
विउँझेर आङ तान्दै, मिर्मिरेमै हिडुँला म
आफुलाइ यै प्रभात मा'ग्या थिएँ तिमीसंग