- अमेरिका
लघुकथा
-राज अबिरल यात्री
अमेरिका छिरेको छोरा बुहारीले नै ग्रिनकार्ड पाए पछि बा-आमालाई अमेरिका घुमाउने भनेको सुन्या रैछन , श्रीकान्तलाल बुढाको हर्षले भुँईमा खुट्टा थिएन । सुनेदेखीनै गाँउमा ऐलान गरिदिए -"देख्यौ त छोरा भनेको यस्तो हुनु पर्छ , हामी बुढाबुढीले पनि अमेरिका देख्ने भयौँ । तिमेरुलाई त थाहा पनि छैन होला अमेरिका कता पर्छ ।" छरछिमेक गाँउले माझमा बोले बुढा ।
छोरा चैँ बुहारी सँगै आएर सासुससुराको पासपोर्ट बनाई भीषा लगाई अमेरिका हान्नियो , बुढा खिस्रिक्क । एक दिन छिमेकीले सोधे - "बा अमेरिका कता पर्दो रैछ त , कति दिन घुमेर आउनु भो त ?" बुढा लाज पचाउदै बोले - "बा-आमा त भन्या हुन बुहारीको बा-आमा भन्या रैछन ।"
10MAY011 (K.L.)

