अब मुक्ति पाउछु होला
प्रबासमा धेरै बसे अब मुक्ति पाउछु होला
माला उन्दै बस्नु बैनी टिकाकै दिन् आउछु होला
धेरै गए तिहारहरु खाली निधार रोएर नै
यो वर्ष त हाँसिखुसी भाइटिका लाउँछु होला
दह्रोगरी बाँधिराख्नु देउरालीमा लट्ठेपिङ
भन्दिए है दौँतरीलाई ! सँगै भैलो गाउँछु होला
चुहिने थ्यो घरको छानो डाँडाभाटा मक्किए हुन्
चिन्ता छैन तिहारपछि म आफैँ नै छाउँछु होला
स्याङ्जाली रमेश
स्थाइ घर अर्जुन् चौपारी स्याङ्जा
हाल मरुभुमीको छाती बाट.
rmsaryal@gmail.com