सुचना प्रविधीले गर्दा युवा जमातलाई ,साहित्य सृर्जनमा पुर्याएको सहजता
आजको एकाईसौ शताब्दी सुचना सञ्चार प्रविधिको जमाना भएको छ सुचना प्रविधिले गर्दा मानिसलाई विश्वका कुना कुनामा रहेका बसेका बिच एकै छिनमा भेटघाट, सुचनाहरु आदान प्रदान गर्ने सजिलो भएको छ जसकारण अहिले नयाँ युवा जमात जो साहित्यमा रुची राख्न चाही रहेका छन उनीहरुलाई आफ्ना सृजना इन्टरनेट सँजाल बाट ब्यक्त गर्न सजिलो बनाइदिएको छ साथै साहित्यका अग्रजहरु लाई पनि समन्वय गर्न सजिलो भएको छ ।
कुनै देश जति नै शिष्ट, सभ्य र समृद्ध होस् त्यस देशको भाषामा आफ्नो साहित्य छैन भने त्यो देशमा कुनै मौलीकता सँस्कृती आदरणीय, वन्दनीय हुन सम्क्तैन । प्रत्येक देशको शोभा,सम्पदा,परम्मरा,मान मर्यादा सहित्यमा जीवन्त रहेको हुन्छ । साहित्य जीवनको अँग अँगमा फुल्ने कलकलाउँदो फुल हो, जसमा भावको रड. चढ्दछ, कल्पना उड्दछ, कलाको सरसता आउँछ, प्राकृतिक छटाले कोमल रुप लिन्छ ।
जसरी शरीर र आत्माको घनिष्ट सम्वन्ध छ, त्यसरी नै जीवन र साहित्यको अन्योन्य सम्वन्ध छ, दुवैको एकाकार सम्बन्ध छ । साहित्यमा जीवनको तरगं तरगींछ भने जीवनमा साहित्यको प्रकाश प्रकाशिन्छ । दुवै एक लहर बनेर विश्वमा लहरिन्छ । जव साहित्यकारलाई चारैतिरको परिवेशले घचघच्याउँछ, झकझकाउँछ,जीवनको सुख दुःख, हर्ष विस्मात, जन्म मरण, घाम पानी आदी परिस्थितिले ऊ अत्यन्त आकुल व्याकुल हुन्छ, तब ऊ ब्युझेर सजग रहन्छ, ह्दय पग्लन्छ, भावना फुर्दछ, कल्पना उड्दछ, घटना पल्टाउदछ, प्रेम मगमगाउँछ, अनि उसले आफ्नो मनोभाव व्यक्त गर्न साहित्यको रचना गर्दछ । तिनको ह्दय सहज भाषा, भाव र शैलीमा मुटुको धडकन बनेर व्यक्त भएको छ । साहित्य मानव प्रकृतिको विम्व हो, जुन महान् छ, विशाल छ, उज्ज्वल त्यही भाब घटना,प्रेमहरु काव्यात्मक रुपमा अनुभुतिहरु अभिव्यक्ति हुन्छ ।
फुलको बोट माटोबाट उम्रन्छ, समयमा सानो गिर्खामा सुन्दर फुल फुल्छ, वैलन्छ, झर्दछ, आखिरमा माटोमा मिल्दछ । साहित्यफुल न वैलन्छ, न मर्दछ,यो फुलेर सदैव हाँसिरहन्छ, वास्ना दिइरह्न्छ,। यो अमर वसन्तको फुल सदैव मृदुल, मधुर र सुन्दर हुन्छ । यसको मुहारमा परमानन्दको आभास झल्कन्छ, ।,यसको सौरभ हावाले उडाएर दुर दुरसम्म फैलन्छ र विश्रमा र मानव मानसमा रोमान्च पैदा गर्दछ, मनमा जिज्ञासा दिन्छ । यसले मानवलाई आफुतिर खिचिरहन्छ र आफ्ना भावना पस्फुरीत हदै यसले साहित्यमा रुची राख्ने र यसलाई माया गर्ने बिच न्यानो मिठो घरसँसार भित्र समेटेर राखेको हुन्छ ।
सायद मानिस आमाको कोखमा हुर्कने देखि नै आमाले सुनेको साहित्य, संगीत ले उसलाई पनि प्रभाव पारेको हुन्छ भनिन्छ । साहित्य र संगीत बिना मानिस अपागं हुन्छ दुख पर्दा, सुख पर्दा साहित्यले खुसाएको छ, रुवाएको छ र हँसाएको छ । अहिले साहित्य सिर्जनामा रुचि राख्ने युवा जमातलाई त झन इन्टरनेट को माध्यमबाट आफ्ना रचनाहरु प्रकाशन गर्न पाएका छन, विश्वको जुन कुनामा भएपनि आफुले रचेको रचनाहरु विभिन्न साहित्य सञ्जाल खोलिएको वेव प्रोटोकल बाट प्रकाशन गरी आफ्नो प्रतिभा देखाउन पाएका छन । आज साहित्य जमातहरुलाई आफ्नो सिर्जना प्रस्तुत गर्न किताव(वुक) निकाल्नु पर्ने आवश्यकता भएको छैन, भन्छन साहित्यमा लाग्ने मानिसको आर्थिक अवस्था कमजोर हुन्छ तर अहिले त यो पनि लागु हुने वाला छैन देश विदेश, रोजगारको वृद्धिले गर्दा ? जसकारण आफ्ना रचना गित गजल कविता प्रकाशन भई राखेका छन भने इन्टरनेट बाट झन सुलभ तरिकामा आफ्ना प्रतिभा निखारन पाएका छन ।
हरेक मानिस जब अलि अलि बुझ्ने हुन्छ तब देखिनै साहित्य र संगीतमा चाहना राख्छ भने युवा हृदयमा त झन भन्नै परेन जब मानिस भावमा तरँिगत हुन्छन साहित्य बाटनै आफुले भोगेको अनुभुति, प्रयास,संर्घष भावी सन्तति प्रस्तुत गर्दछ । सुचना प्रविधिले गर्दा अहिलेको युवा जमातमा साहित्यको भेलबाढी आएको छ यसरी साहित्यमा युवा जमातको आर्कषण हुनु भनेको यसको सायद सामाजिक चेतना अझ बढ्नु हो अझ साहित्यमा लागेकालाई साहित्यका अंग्रजहरुले भर्खर भर्खर साहित्यमा रुचि राखेका र उनीहरुले ब्यक्त गरेका साहित्य रचना वाचन गरि कमि कमजोरी पत्ता लगाईदिनु अंग्रजको वृद्धिमता हो जस्तो लाग्छ मलाई जसकारण नयाँ जमातलाई अझै खारिन मा सहयोग पुर्याउदछ ।
आज मानिस विश्व जनजाल बाट मुक्त नहुँदा इज्रायल, दुवै, अमेरिका, युरोप युके प्रोतुगल, बेल्जियम संसारका सवै ठाँउमा साहित्य संजाल खोलिएका छन ।जसले गर्दा युवा साहित्यकार बिच समन्वय गर्न सजिलो भएको छ । मेरो विचारमा साहित्य सृजना सरल मिठो भाषामा लेख्नु पर्दछ । साहित्यमा एउटा शब्दले धेरै बोल्नु पर्छ भनिन्छ तर त्यो शब्दका अर्थ पाठकले बुझ्न सकेन भने साहित्य प्रति रुचि राख्ने पाठकहरुको बिर्कषण हुन जान्छ । साहित्यमा राम्रा शब्दलिनु पर्छ दरिला खारिला भरिला तर हाम्रो पढ्ने पाठकको बुझाई प्रति ध्यान दिनु पर्दछ जसकी साहित्यमा लागेका दिगवज हरुले मात्र पढेर त पक्कै पुग्दैन होला ?
हामि साहित्यमा ईच्छा राख्ने पाठक सम्म सरल मिठास भावयुक्त भावनामा उहाँहरुलाई भावना पस्कीएर साहित्यमा डोराउदै एउटा असल पाठक बनाउन सकियो भने त अवश्य पनि फेरि साहित्यमा प्रोफेसनालीजम आइहाल्छ हामी साहित्यमा रुचि राख्नेले पनि कुनै लेखको कविता, गजल, गित दुई चार चोटी पढ्नु पर्दछ भने रुची राख्ने पाठक लाई त अल्छी लाग्न सक्छ जसकारण हाम्रा रचनाहरु दिगो हुन सकेका छैनन् मलाई लाग्छ यो यर्थाथ हो कि साहित्यमा लाग्ने ले आफ्ना लेखले आफ्नो र परिवारको जोहाँ गर्न सक्नु पर्छ । नत्र यो क्षेत्र रुचिको मात्र बिषय मात्र हुन्छ प्रोफेशनालिजम हुदैन जब कुनै पनि पेशामा प्रोफेशनालिजम हुदैन त्यहाँ प्रतिश्पर्धा हुदैन जब प्रतिश्पर्धा हुदैन अनि हाम्रो साहित्य सञ्चार फस्टाउदैन जसकारण पाठक मुखी हुनु पर्दछ । रचना मिठा सरल भएर नै होला गुरु प्रसाद मैनालीको हरेक कथामा मन छुने आन्नद लाग्ने छन सायद ज जस्ले पढनु भएको छ उहाँहरुलाई त्यो कथा झलझली याद पनि होला, जिब्रोमा झुन्डीएको पनि होला ।
अन्तमा म के भन्न चाहन्छु भने यो साहित्य सञ्चार क्षेत्रमा अरुको काँध टेकेर आफु माथि बस्ने नसोचौ सधै हामी एक सन्तानका परिवार हौ र साहित्यमा लाग्नेले अरुको रचना कपी नगरौ अनि अंग्रजका गित, कविता, कथा, गजल, लेख बाट ज्ञान प्राप्त गरी नयाँ सिर्जना गरौ नयाँ साहित्यको युग सिर्जना गरौ नयाँ युवा जमातमा साहित्यको महिमा सिर्जना गरि समाजको चेतना फैलाऊ ।
आज हामी धेरै लेख रचना गित, गजल, कविता, गरीने व्यंग्यहरुले गर्दा हामी साहित्यमा लाग्ने पक्का पनि नेता होइनौ तर हामी नेतालाई गाली गछौ देश लाई बिगारे देश जरजर अवस्था बनाए एकचोटी हामी अझै सोच्ने की हामीले नै जिताएर पठाएका हौ र हामीले कस्ता नेता पठाएर कस्तो आस गर्ने, अझै कति बर्ष सम्म परिवर्तनको आाश गदै बस्ने हो यो साहित्यमा लाग्ने वर्ग भनेको बुर्जक बर्ग हो साहित्य बाट नै हामीले सामाजिक क्रान्ती आर्थिक क्रान्ती सस्कृतीक क्रान्ती नेपालको कुना काप्चा सम्म फैलाउर्द अब नयाँ नेतृत्व गर्न सक्ने वर्ग खोजी हामीले देश निर्माण गर्न सहयोग र्पुयाउनु पर्दछ र समाज परिवर्तन गर्न सक्नु पर्दछ ।
दिलीप कुमार मल्ल (प्रीन्स)
म्याग्दी हाल काठमाण्डौ