"फरक परिभाषा जीवनको "
कहिले बढ्ने कहिले सुक्ने खोला रैछ जिबन
जन्मेपछी मर्नै पर्ने चोला रैछ जिबन ||
सीइएका ओठ खोली एकै छीन हासे पनि
बल्झी बल्झी दुखिरहने सोला रैछ जिबन ||
भन्थे जिबन महँगो छ किन्न सकिदैन
फुटपाथमा बिक्री हुने तोला रैछ जिबन ||
खुशीहरु सँगालेर खातै खात राखेपनी
जती गास्यो चुडिजाने झोला रैछ जिबन ||
सुर्य बश्याल
कोहलपुर बाँके N.C.C.N प्रतिक्षालय
हाल -इजरायल फर्सभा
हाल -इजरायल फर्सभा