मेरा गाँउले मुक्तक
यहाँ अँध्यारा अफ्ठारा गोरेटाहरु छन
यहाँ उकाला, ओराला, कुईनेटाहरु छन्
यो देश साँच्चै विविधताले भरिएको छ-
यहाँ भोका जनता र जाली नेताहरु छन् ।
~२ ~
'बाढिले खेतबारी बगायो' पल्लाघरे छविको गुनासो थियो
'दलालले लुटनु लुट्यो' नयाँघरे रविको गुनासो थियो
यसपाली दशैंमा घर जाँदा गुनाँसो बाहेक केहि भेटिएन-
'उधारो खाको तिर्नै सकिएन' गाँउले कविको गुनासो थियो ।
~३~
किन्नेहरुको हातमा कुखुरा थियो,अण्डा थियो
बेच्नेहरुमाँझमा नाफा घाटाको भागभण्डा थियो
छिः कस्तो नराम्रो सपना देखिएछ हिजो राती-
जनताको हातमा निर्वतमान देशको झण्डा थियो ।
~ बिस्नु प्रवा सापकोटा
दमेक-१, बाग्लुङ
२०६८-०७-१४