किन लाग्यो चुनरीमा नमेटिने ,दाग तिम्रो
चाहानानै ठुला ठुला फसी जाने,माग तिम्रो
नहिड भो जवानी को मुल्य छ भन्दै भन्दै
अबमुल्यन भई देला मुल्यवान, खाग तिम्रो
नशालु त्यो आँखा हेर्दै सुरीलो भाका हाल्दै
कति दिन टिक्ला भो बहकाउने राग तिम्रो
झुट्टो मनको बगैचामा भुम्मिएका भमराहरु
कति दिन रम्दै बस्ने उजाडीएको बाग तिम्रो
कठङ्गीएको मन भित्र दियौ झुट्टो राप मात्र
कहिल्यै नबल्ने गरी निभी गयो आग तिम्रो
किन लाग्यो चुनरीमा नमेटिने ,दाग तिम्रो
चहानानै ठुला ठुला फसी जाने,माग तिम्रो
"दिलीपकुमार मल्ल (प्रिन्स )