यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

लघुकथा :- सरिताको जिद्दी

बिजु सुवेदी "विजय"
bijusubedi@hotmail.com
कुलेश्वर , काठमाण्डौं
क्रान्तिकारी भएर भूमिगत जीवन विताइरहेका सवल र सुविला दुवैको भूमिगत समयमै बिहे भयो । भूमिगत समयमै बच्चा जन्मियो । बच्चालाई बाबुआमाको छद्म नाम राखेर स्कूलमा पढाइयो , हुर्काइयो । जब उनीहरुको क्रान्तिकारी पार्टी बैध ठहरियो , अपार मत प्राप्त गरेर उक्त क्रान्तिकारी पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उभियो । उनीहरुको भूमिगत जीवन पनि समाप्त भयो ।उनीहरुको बच्चा सरिता अहिले कलेजमा पढ्ने भएकी छे । सरितालाई पनि बुबा आमाजस्तै सफल नेता बन्ने इच्छा थियो । तर त्यो कहिल्यै पूरा भएको थिएन ।एकदिन सबल देशको मन्त्री बने । सुविला पनि ठूलो नेता बनिन् । उनीहरुको परिवारलाई विदेशबाट विदेश भ्रमणको निमन्त्रणा आयो । सबल , सुविला र सरिता विदेश भ्रमणमा गए ।उक्त दिन सबल विदेशमा मिटिङ्गमा व्यस्त थिए । सुविला र सरिता पुरानो सङ्ग्रहालय घुम्न गए । सरितालाई सङ्ग्रहालयको नजिकको पसलको एउटा खेलौना बाघ साह्रै मन पर्‍यो । बाघको मूल्य सोध्दा पसलेले १००० डलर भनेर भन्यो तैपनि सरिताले किनिदिन जिद्दी गरिन् । ममी बाघ चाहियो , प्लिज किनिदिनुस् । सङ्ग्रहालयमा उनीहरु घुम्दै थियो फेरि सरिताले भनिन् ममी प्लिज बाघ किनिदिनुस् । सङ्ग्रहालय घुम्न सकियो तैपनि सरिताको जिद्दी सकिएन । उनले फेरि भनिन् ममी प्लिज मलाई बाघ किनिदिनुस् , नभए म तपाइँलाई जे पनि गर्न सक्छु । उक्त ठाउँमा सडकमा भवन निर्माण गरिरहेको थियो । इँटाहरु छरपस्ट छरिएर रहेको थिए । सविलाले पनि रिसाएर भनिन् "यदि तिमीले यस्तै जिद्दी गर्‍छ्यौ भने ( त्यहाँ छरपस्ट रहेका इँटाहरु मध्ये एउटा इँटा लिँदै ) यो इँटाले मेरो टाउकोमा हिर्काउ , अनि मेरो व्यागको पैसा लेऊ र त्यो बाघ किन ।"एक्ली छोरी धेरै लाडप्यार गरेर हुर्काइएको हुनाले उनलाई आफ्नो इच्छा जसरी पनि पुर्‍याउनु पर्ने हुन्थ्यो । त्यसैले उसको जिद्दी बढ्दै गएको थियो । त्यसैले उसले आफ्नो इच्छा पूरा गर्न आफ्नो आमाको हातबाट इँटा खोसेर आमाको टाउकोमा हान्न इँटा आमाको हातबाट खोसेर लिइन् । आमाले पनि आफ्नो सिद्धान्त अनुसार त्यो बाघ किनि नदिने तर आफू छोरीको इच्छाका लागि मरी जाने सङ्कल्प गरिसकेकी थिइन् । अनि सुविलाले सरिताको अगाडि घोसे मुन्टो लाएर टाउको राख्दै भन्न थालिन् "तिमीले त्यो बाघ किन्ने भए तिम्री आमाको टाउको पार गर्नुपर्ने हुन्छ । ल मेरो टाउकोमा हिर्काउ भनेर भन्न थालिन् । त्यहाँ मान्छेहरुको ठूलै भीड भैसकेको थियो । त्यत्तिकै बेला सबल पनि मिटिङ्ग सकेर गाडीबाट त्यहाँ आइपुग्दा मान्छेको ठूलै भीड देखेर के को भीड रहेछ भनेर हत्त न पत्त गाडीबाट ओर्लेर हेर्न आए । छोरीले आमालाई हिर्काउन लागेको देखेर सबलले त्यहाँ छरपस्ट रहेका इँटाहरु मध्येबाट एउटा इँटा उठाएर ल त्यो इँटा फ्याल भनेर आफ्नो छोरीलाई भने । छोरीले बाबुलाई धेरै मान्दथिन् । बुबाले भनेको केही पनि इन्कार गर्दिनथिन् । त्यसैले उनले बुबा सरी अब यस्तो जिद्दी गरेर कहिल्यै गल्ती गर्ने छैन भनेर भनिन् ।त्यत्तिबेलादेखि सरिता परिपक्व भएर निस्किन् । अचम्मले उनले जिद्दी गर्ने बानी छोडिन् । अहिले सरिता पनि कलेजको नेता बन्न सफल भएकी छिन् ।
बिजु सुवेदी "विजय"

कुलेश्वर , काठमाण्डा

bijusubedi@hotmail.com

Posted by Unknown on 11:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for लघुकथा :- सरिताको जिद्दी

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011