कथा: बहादुर
-उदास विनायक
पटक पटक मलाई माम्रो गाउँको बीरबहादुरले गाएको गीतको सम्झना आउँछ- घरमा छैन पेट भरी खानलाई मनमा छैन गाउँ छोडी जानलाई लर्की जोवन …… । साचिचकै कति मार्मिक वेदनाले भरिएको थियो उसको गीत कति सुरिलो थियो उसको आवाज । सायद म जस्तै बहादुरहरुले पाएको सास्ती र दुःखको कुरा व्यक्त गर्न ऊ सधैं यही गीत गाउने गथ्र्यो । तर विवशता र वाध्यताले कतिपय बहादुरहरुलाई विदेशिनु पर्छ ।
परारको महामारीले म र मेरा बा बाहेक हाम्रो जहान परिवारलाई छाडेन । मेरी आमाले सायद टुहुरा लाला-बाला छोड्न नसकेर परान जानेबेला आँखाबाट आँसु चुहाइ ओलिन् । आमाको देहान्तपछि दिदीको देहान्त भाइ र बहिनीको एकै दिनको देहान्तले मेरो मन पोल्यो म यति ठूलो संसारमा एक्लो भएँ ।
चालिस-पैचालिस वर्षको अधकल्चो उमेरमै आफ्ना परिवारको मर्माहत बिछोडले बुबालाई गहिरो चोट लाग्यो । म सानै भएको र बुबा पीडामै भएकोले घरको सबै काम बन्द भयो । छर-छिमेकीहरुको सल्लाहअनुसार बुबाले अर्की आमा बिबाह गर्नुभयो । त्यसपछि डेढवर्ष पहिला छुटेको मेरो पढाइ शुरु भयो । त्यतिबेला आमा मलाई अति नै माया गर्थिन् । बिबाहको दुईवर्ष पछि हाम्रो घरमा नयाँ पाहुना थयियो मेरो भाइ । हामी सबै अति नै खुशी भयौं । जब समयले आफ्नो बाटो िहंड्दै गयो तब आमा मलाई अलिक कम माया गर्न थालिन् । हुँदा हुँदा एक दिन-
"मनबहादुर आज तँ स्कुल नजा है मलाई भाइलाई लिएर मामाघर जानुछ । पर्सि जालास् है" -आमाले मलाई फाकउँदै भनिन् ।
"हैन आमा बरु अर्को दिन जानु होला आज म स्कुल नगइ नहुने छ ।" मेरो अर्ध-वार्षिक परीक्षाको पहिलो दिन भएकाले मैले घरमा बस्न इन्कार गरें ।
"तँलाई स्कुल नगइ नहुने त छैन तर मेरो माइत नगए धेरै काम छुट्छ । त्यहाँ मेरो भाइको बिहा छ तँ चाहीं स्कुल भन्छस् ।" -आमाको रुखो स्वर ।
त्यसपालिको अर्ध-वार्षिक परीक्षा छुटेकोले मैले वार्षिक वार्षिक परीक्षामा सम्मितलित हुन सकिन । फलस्वरुप त्यस वर्षको परीक्षामा म फेल भएँ । साथै वर्षभरि पढ्न आउने स्कलरशीपसमेत गुम्यो । मेरी सौतिनी आमाको कारणले म पछिल्लो वर्ष रेगुलर स्कुल जानबाट बिाचत भएँ । दुर्भाग्यवश म त्यस वर्ष पनि फेल भएँ । विहानै उठेर किताब समात्नुको साटो डोको बोकेर बन जानु पर्यो दाउरा-घाँस ल्याउन । महिनामा पाँच दिन जति स्कुल जाँदो हुँ त्यतिबेला । ती पाँच दिन पनि किताबतिर हेर्ने मौकै मिल्दैनथ्यो । स्कुलमा गुरुहरुले दिएको गृहकार्य मैले गरेको रेकर्ड नै थिएन । तर पनि म त्यही पुरानो झोला बोकेर स्कुल जान्थें । यस वर्ष पनि म फेल भएपछि आमाले मलाई खुब पिट्नु भयो । त्यही रिसले म गाउँका केटाहरुसँग लागेर परदेश लागें । आफ्ना किताब र घरबाट चोरेको अन्नबाट आएको केही पैसाले म लखनऊ पुगें । घुम्दा घुम्दै मसँग आएका साथीहरु कहाँ हराए कहाँ थाहै भएन । तीन दिनसम्म मलाई कुनै काम मिलेन । म फर्केर आउन पनि सक्तिन थें सके पनि मेरी दुष्टिनी आमाको अनुहारले मलाई झन टाढा भाग्न घच्घच्याउँथ्यो । भोकभोकै मैले आफ्नो शरीरलाई लखनऊका टेढा-बाङ्गा गल्लीहरुमा घुमाएँ ।
उही पुरानो स्कुल जान झोला त्यसभित्र एउटा प्वालै-प्वाल परेको च्यादर एउटा पछाडि च्यातिएको जाँगे र एउटा टुप्पी देखिने टोपी हालेर म पसल पसलमा रोखेका विस्कुट आदि हेर्दै घुम्दै थिएँ एउटा पसलमा नेपाली टोपी लगाएको व्यक्तिलाई शो-केशको आडमा बसेर चिया खाइरहेको देखें । जुन शो-केशको भित्रपट्टि नेपालीसँग कुरा गरिरहेको एउटा भुँडे मानिसलाई हेर्दै म पसलको िसंडी उक्लें । त्यस भुँडे मानिसले मलाई हकार्दै भन्यो-
"अ वे लौंडे ! क्या देख रहा है चल फट यहाँ से । जाने कहाँ से आ जाते हैं सुवह सुवह बोहनी-बट्टा खराब करने को क्या बताएँ रानाजी ! तंग कर देते हैं यह भीख मङ्गे लोग ।"
मैले पेटको भोलाई सान्त्वना िदंदै फर्किन खोजें तर पेटको भोकले तान्दै मलाई शो-केशतिर हिडाल्यो । मैले हात जोड्दै भने-
"साहुजी ! मैले तीन दिनदेखि केही खाएको छैन… ।"
"तो क्या हम गरीब भुखे लोगों को रोटियाँ बाँटने के लिए इस चौराहे पर दुकान चलाए बैठे हैं ?" -उसले मेरो वाक्य पूरा नहुँदै बीचैमा मलाई फड्कार्यो ।
"तिम्रो घर कहाँ हो भाइ !" -शो-केश अगाडि बसेर चिया खाइरहेको व्यक्तिले मलाई सोध्यो ।
"मेरो घर दैलेख हो विनायक । अनि तपाईंको नि ?" -मैले उत्तरसँगै प्रश्न गरें आफ्नोपनको आभास पाएर ।
"मेरो त काठमाण्डु हो । तिमी किन यहाँ आएको ?"
"अरे रानाजी ! यह देलेक किधर पडता है मैने तो कभी नही सुना इसका नाम ।" -भुँडे सज्जने नेपालीसँग कुरो गर्यो ।
"है एक जिला नेपाल के सुदूरपश्चिम मे । यह लोग पढते पढते भाग आते हैं इधर । सिनेमा मोटर साइकल अगेरा-बगेरा उधर नही होता है इसी लिए । उधर काठमाण्डु मे भी बहुत सारे लडके आते हैं होटल मे काम ढुँडते-ढुडते ।" -सज्जनले आफ्नै नेपालीत्वलाई बेच्दै भने ।
"क्यों वे ! काम करेगा ?"
"कुन काम साहेब ?"
"बर्तन धाने का, झाडु-पोछा मारने का, कपडा धोने का, मोटर साफ करने का ।"
"किन नगर्नु गर्छु नि काम मिल्छ र ?"
"क्यो जी ! कर पाएगा काम ?" -नेपालीसँग सोध्यो ।
"गर्छ गर्छ केटो राम्रो छ । कति पढेको छौं भाइ ?"
"सात कक्षा पढ्दै थिएँ ………।"
मेरो वाक्य पूरा हुन सकेन । मलाई त्यति बेला आफ्नी आमाले भात पस्किंदै गरेको स्कुल जाँदा खल्ती भरी खाजा भरिदिएको चिया खान बुबासँग मागेर एक रुपयाँ दिएको सत्यनरायणको पूजा सुनेर घर फर्किंदा पटुकाभित्र लुकाएर ल्याएको प्रसाद दिएको त्यस वर्षको महामारीमा प्राण जाँदा गहभरि आमाको आँशु आएको मेरी कान्छी आमाको विवाह भएको मेरो स्कुल जान बन्द भएको रातेमाटे जङ्गलको उकालोमा फ्याँ फ्याँ गर्दै दाउराको भारी बोकेको कान्छी आमाले पिटेको अनि बुबाले आमाकै समर्थन गरेको चलचित्रमा खेल्ने पात्रहरु झैं मेरो स्मृतिपटलमा घुम्न थाले ।
"चल फिर आज हि से काम पे लग जा ।"
"हुन्छ ।"
भुँडे व्यक्तिले आफ्नो कुर्ची पछाडि लागेको काल-बेलको स्वीच दबाया । एकछिनपछि भित्रबाट गोडा वर्ष पन्द्रेककी एक केटी आएर ऊ भएनिर उभिई ।
"यह लडका ठिक है "
"ठिक है ।" केटीले मतिर हेरेर टाउको हल्लाई ।
"जाओ बहन के साथ उपर और जो काम वह कहे करो ।"
केटीले मलाई भित्र आउने इशारा गरी । म ऊतिर हिडें । ऊ अगाडि िहंड्दै गई म उसका पछाडि पछाडि । दुई तीन चार तल्ला माथि गइसकेपछि उसले मलाई एउटा अँध्यारो कोठामा लगी जहाँ न बत्ती थियो न सफा सुग्घर ।
"अपना सामान यहाँ रखो और आओ ।"
म उसका पछाडि-पछाडि फेरि हिडें । केही छिन त मैले ती चिल्ला चिल्ला फस्र देखेर चिप्लेटी खेल्न मन गरें तर भोकले मलाई त्यो केटीले दिन्छे कि खाना भनेर पछाडि लाग्न बाध्य बनायो । अफसोच् उसले जुठेनानिर थुपारिएका एक थुप्रो भाँडा देखाउँदै भनी-
"इन्हे साफ कर लो बाद मे नास्ता कर लेना ।" -केटी यति भनेर भित्रपट्टि लागी । तर म भने तीन दिनदेखिको भोको पेटलाई शान्त पार्ने आशाले केही फल पाउन ती जुठा भाँडाहरुसँग युद्ध गर्दै रहें कुस्ती खेल्दै रहें । दुई घंटा लाग्यो होला सायद । भाँडा माझी सकेर मैले हात धोएँ । र एकपटक केही खान पाइन्छ कि भनेर कसैलाई बोलाउने हेतुले कासें । भित्रबाट उही देखिई । "बर्तन साफ कर लिए ? चलो अब नास्ता कर लो । फिर लकडी फाड लेना ।" उसले मलाई एउटा चिनियाँ माटोको भाँडोमा केही रोटी र अचार थमाउँदै फेरि भनी- "आम का अचार है खा लेना ।" मेरा आँखा बसर्िए मन पग्लियो । मनमनै रोएँ तर हिक्का छोड्न सकिन । एउटा रोटी उठाएर मुखमा हालें तर मेरा तीन दिनसम्म केही चपाउन नपाएका दाँतले त्यो रोटी फुटाउन सकेनन् । पेटको भोकले िसंगै मागेको थियो तर दाँतले चपाउन कत्ति मानेनन् । नजिकेको धारा खोलेर रोटी भिजाएँ अनि खाएँ ।
त्यसपछि प्लेट धोएर त्यहीं भाडा माझेर राखेको ठाउँमा राखें । एक पेट पानी खाएर हातमुख पुछें आफ्नै टोपीले । खल्तीमा बचेको आधा देउराली चुरोट झिकेर सल्काएँ । भित्रबाट केटी आएर-
"खा चुके ?"
"हजुर ।"
"प्लेट कहाँ रखे ?"
मैले औंला तेस्र्याएर प्लेट राखेको ठाउँ देखाएँ । केटी चिच्याई-
"मम्मी ! ओ मम्मी !"
"क्यो चिल्ला रही है चुडयल !?" -भित्रबाट न पुरुष न स्त्रीका जस्तो आवाज आयो ।
"आज पापा ने एक 'बहादुर' लडका काम करने को रखा था, ना जाने कहाँ का जलील गवार लडका है अपना खाया हुवा प्लेट हमारे साफ बर्तन मे मिला दिया ।" -केटीले घरि मतिर घरि भित्रतिर हेर्दै भनी । भित्रबाट तल पसलमा बसेको भुँडेभन्दा दोब्बर भोटी भुँडे आईमाई आएर मेरो गालामा थप्पड मारी । मैले एकछिन आँखा चिम्लिएँ अनि देब्रे हातले गाला छामे । अझ मलाई मेरी सौतिनी आमाको सम्झना आयो । आँखाबाट आँशु मैले लाख बिन्ती गर्दा पनि खसे ।
"कौन सामान कहाँ रखना है क्या करना है सब हम से पुछ लिया करो समझे ?" -आईमाई आफ्नो हातलाई साधुवाद िदंदै भित्र पसी ।
त्यस दिन दुई सुकेका रोटी र कुहेको आँपको अचार मोटी आईमाईको थप्पड खाएर काममा डटें । केटी मलाई 'यो गर' 'त्यो गर' भन्दै रही म कुनै कारखानाको कोठामा स्थापित मेशीन झैं काम गर्दै रहें । साँझ सबै जम्मा भए । जेठो छोरा अनुप कान्छो छोरा उपकार मोटे साहु उमाशंकर जेठी छोरी सीमा माइली छोरी मलाई काम अह्राउने रीमा कान्छी गुड्डन सबै आफ्आफ्नो फोल्डिङ खाट ल्याउन लगाएर भान्साघर बाहिरपट्टि बसे । दिनभरि भएघटेका कुराहरु गर्न थाले । मोटी आईमाईले ग्यास चुलोमा तेल रोटी पकाई, म छेउमा बसेर हेर्दै रहें । मेरो पेट बादल गर्जे झैं गर्जंदै थियो । त्यसपछि मैले खाना खुवाएँ, सबैजनाले खाए । खाना खाएको औंला चाट्दै मोटे साहुले मलाई भन्यो-
"हमारे यहाँ सब नोकर हँस हँस के काम करते हैं, अगर तुम भी डटके काम करोगे तो मजे मे रहोगे । हम लोग नोकरों को अपने बच्चों की तरह रखते हैं । एक महिने मे एक सौ रुपये तनख्वाह देंगे, हम जब खायेंगे तुम्हे खिलायेंगे, सालमे एक बार कपडा देंगे, बडे भैया के पुराने कपडे भी तुम्हीको देंगे और तुम्हारा तनख्वाह तम्हारे घरवालों को भेज देंगे ।"
मैले मोटे साहुले उतारेका कुराका जलेवी खाएर एकछिन भोको पेटलाई सन्तुष्टि दिएँ । सबैजनाले खाना खाइसकेपछि सबैले खाएका भाँडा-कुडा जुठेनामा थुपारें । उनीहरुले अह्राएअनुसार सबैको ओछ्यान लगाएँ । सोचें- 'अब त मलाई केही मिल्छ ।' तर रीमाले एक माना पिठो एउटा सिल्भरको थालमा ल्याएर मेरा अगाडि राख्दै भनी-
"यह लो आटा गूँद लो और अपनी रोटियाँ खुद व खुद बना लो । उस कह्राई मे सब्जी बची होगी, उसमे कडी होगी खा कर पापा वाले कमरे मे आ जाना ।"
"मलाई रोटी बनाउन आउँदैन दिदी । मैले घरमा कहिल्यै पनि रोटी बनाएन ।" -मैले भावुक स्वरमा भन्दै आफ्नो कुरा टुंग्याएकै थिइन भित्रबाट मोटी आईमाई आएर-
"हमारे यहाँ सभी नोकर अपना खाना अपने बुते बनाते हैं, पहले एक 'बहादुर' आया था तुम्हारे जैसा वह हँसी खुशी अपनी रोटियाँ खुद सेक लेता था । फिर तुम लोग मोटी रोटियाँ खाते हो ना, इसी लिए हमे मोटी रोटियाँ बनाना नही आता, खुद बना लो ।"
म उभिई रहें । उनीहरु यति भनेर िहंडे । मैले पिठो मिचेर राखें । अब के मा पकाउने ग्यास स्टोभको पेच घुमाएँ गन्ध मात्र आयो आगो बलेन । मेरो आँखाको निन्द्रा र पेटको भोकले मलाई रुवाउनसम्म रुवायो । तर केही सीप नलागेर कह्राईको तरकारी डिक्चीको कडी सबै कोरपुछ पारेर खाएँ । अनि मोटे बाबुको कोठामा गएँ । जहाँ मोटे बाबु छेउतिर र मोटी बुढी कुनातिर आफ्आफ्नो पेटमा हात घुमाउँदै पल्टेका थिए । कुनामा टेलिभिजन चलिरहेको थियो । टि।भी। सिरियल थियो सायद मेरो आफ्नै जीवनचर्यामाथि तयार पारिएको । त्यतै थिए दबैजनाका आँखा ।
"चल बाबु जी के पैर दबा दे ।" -मोटी आईमाईले मतिर हेर्दै भनी ।
मैले टेलिभिजनको स्क्रीनमा चलिरहेको प्रत्येक दृष्यलाई हेर्दै खुट्टा मलें । केही छिनपछि मालिकले मालिक्नीको खुट्टा मल्न भन्यो । म सोहीबमोजिम डटें । टेसलभिजनमा चित्र आउन बन्द भयो । उनीहरु निन्द्रामा घुर्न थाले । तर मलाई मालिस गर्न छोड्ने अनुमति मिलेन । घरी म निन्द्रामा उघ्थें, घरी हाय मार्थें । त्यहीबेला भित्तामा भुण्डिएको घडीले 'ड्याङ्ग' एकपटक घण्टी हान्यो । बुढाको एक निन्द्रा खुलेछ सायद, मतिर हेरेर सुत्न जाने अनुमति दियो । म त्यही बिहान केटीले देखाएको अँध्यारो कोठामा पुगें जहाँ न बत्ती थियो न सफा-सुघ्घर । भाँचिएका चारपाइका खुट्टा, ब्याबी साइकलका पाङग्रा, साइकलका थोत्रा हेण्डिल, बोरामा कोइला आदि भरेर थुपारिएको थियो, यसो सलाइ बालेर हेर्दा । मैले आफ्नो झोलाबाट च्यादर झिकेर ओडें । त्यसैसँग गुड्मुटिएँ । कति दिनदेखि खान नपाएका मजस्तै भोका लामखुट्टेहरु आएर मेरा वरिपरि रुन थाले । केहीछिन बस्न दिइन तर पछि लाचार भएर भोज गर्न दिएँ ।
पूर्व भर्खरै रातो भएको थियो, शहरका भालेहरु उयालो भएको जानकारी दिन लागिरहेका थिए, पर रेलवे स्टेशनका ट्रेनका आवाजहरु सजिलैसँग मेरो कानमा पर्दथे । सिक्सावालाले सडकमा बजाएका घंटी खिनिनिनी अनि टाँगा तान्ने घोडाका टापका आवाज टक-टक-टक-टक मेरो कानमा सहजै पुगिरहेका थिए । त्यसैबेला मेरो कानमा अर्को आवाज आयो-
"अ बे सुअर के बच्चे ! इसी लिए तुझे रखा गया है घर पे कि दिन भर सोता रहे ? इसी लिए अपने माँबाप को छोड चला आया है ? उठ जल्दी सभी कमरे और बाहर झाडु पोछा मार ले, कल के बर्तन वेसे पडे होंगे उन्हें साफ कर ले और अनुप भैया की मोटर साफ कर के आजा कपडे धोने ।"
म उठेर ती सबै काम गर्न थालें । बिहान चारदेखि दिउसो एक बजेसम्म म काममा तल्लिन रहें । सबै काम सकेर आफै खाना बनाएँ, दुई बजेको हुँदो हो खाना खाएँ । त्यसपछि त्यही अध्यारो कोठामा गएँ जहाँ मेरो पुरानो झोला र एकतिर बिग्रेको साइकलमाथि राखेको मेरो च्यादर मलाई देखेर मौन भएको पाएँ । च्यादर गुटमुट्याएर झोलामा कोचारें । बुबाले किनी दिएको पुरानो जुत्ता लगाएँ । दाहिने हातले झोलाको फिता समातेर देब्रे काँधमा भुण्ड्याएँ अनि बिस्तारै घरको िसंडी ओर्लें, जहाँ बिहान चारबजे म आफैले झाडु-पोछा मारेको थिएँ । बिस्तारै गल्लीबाट बाहिर निस्कें । सडक किनारामा आएर आफ्नो झोलामा हेरें- उही च्यादर उही जाँगे उही च्यातिएको टोपी ………।
(तन्नेरी वर्ष १४ अंक ४ पुस-माघ २०४९)

Posted by Unknown
on 11:34 PM.
Filed under
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0