!!! पाखुरी मेरा !!!
by : मदन न्यौपाने
चकचकी-७,झापा
(०१)
कर्मै-कर्मले भरिएका परिश्रमी पाखुरी मेरा
मर्मै-मर्मले भरिएका पौरखी गीत लेखेननकी!
तर अबति पाखुरीमा कलमको सार मिलाउनुछ
हिमालका टाकुरिमा सभ्यताको दियो जलाउनुछ!
अंध्यारोहटाई अबयहाँ मिर्मिरे बिहानी ल्याउनुछ
शान्ति-शान्तिका पखुरिले उषाकिरण छाउनुछ!
(०२)
आशै-आशामा बाँधिएका अशाहाय पाखुरी मेरा
त्रासै-त्रासले भरिएका मुटुका व्यथा लेखेननकी !
तर अब ति पाखुरीमा शुख दु:खले सिंगार्नुछ
संगीतमय ति बाँसुरीमा हाँसो रोदनले भर्नुछ !
मनको कालो पानामा जुनेली ज्योति छर्नुछ
नरोक अब ति पाखुरी कर्म गरेर मर्नुछ !
(०३)
नयाँ-नयाँ जोस र जाँगर बोकेका पाखुरी मेरा
मायाँ-ममता र स्नेहका पन्ना पल्टाएननकि!
तर अबति पाखुरीमा नौलो इतिहास सजाउनुछ
आन्धबिस्वासका गोरेटामा नौलाख तारा रंगाउनुछ!
बिष मात्र हैन पखुरिले अमृतको धारा पिलाउनुछ
एकजुट भै कर्म गर्न पाखुरी-पाखुरी मिलाउनुछ !
(०४)
लिओंनार्दोदा र राइट दाजु भाई जस्ता पखुरिमेरा
मानब इतिहासमा सधैं स्वच्छन्द आकाशमा उडेननकि !
तर अबती पाखुरिलाई उज्यालो मार्गमा उडाउनुछ
दु:खी-दु:खी ति पखुरिले आशाका पहाड भात्काउनुछ !
तेन्जिङ्ग सेर्पा झैँ गौरबले विश्वमा तारा चम्काउनुछ
पिल-पिले बत्तिको शाहाराले संसार उज्यालो बनाउनुछ !
हेर हेर यी पाखुरी,
$$$$$$$$$$$$$$ मेरा पाखुरी,
$$$$$$$$$$$$$$$$$$$$$$$$$पाखुरी मेरा...............
समाप्त