मेरो दोस्रो कृति ''ममताको आँचल '' गीति कबिता संग्रह
न्यानो साहित्यिक अभिवादन आदरणीय तथा प्रिय मित्रहरु ! धेरै लामो समयको प्रतिक्षा पश्च्यात मेरो दोस्रो कृतिको रुपमा प्रकाशन हुन लागेको (झ्याउरे )लोक छन्दमा आधारित ''ममताको आँचल ''गीति कबिता संग्रह को अन्तिम तयारी अर्थात प्रेसमा पुगेको खबरले आफु भित्र कता कता गौरवको महसुस गर्दै प्रफुल्लित बनाएको छ ! यो परदेशी जीवनको उच्छवासमा भित्र देखि उब्जिएका बिचार र भावनालाई यहाँहरु कै अमुल्य सुझाब , सल्लाह र मायालु प्रतिकृयाले हौसला ,प्रेरणा र उर्जा थप्दै यो स्थान सम्म म आफुलाई उभ्याएको हो भन्न म पछि पर्दिन ! यसका लागि आदरणीय स्रष्टा ज्युहरु तथा ,समकालीन मित्रहरुमा एकमुष्ठ हार्दिक आभार व्यक्त गर्दै समर्पण कबिता सहित कवि,गीतकार र आवरणशिल्पी रमेश पौडेल ज्यु को कलाकारिताले भरिएको ममताको आँचल को आवरण सम्पूर्ण साहित्यिक मनहरुमा प्रेषित गर्ने जमर्को गरेको छु ! धन्यवाद !
सुमित्रा पौडेल
नकाम्छ हात नडक्छ मुटु कसैको धम्किमा ।
समाइ कलम् यी मेरा स्वप्ना साकार पार्छु म ।।
निर्दयी बनी बाँच्नु नै किन पृथ्बी भार हो ।
बसन्त छाई नभए बहार् त्यो जीवन हार हो ।।
खुम्चेका दिल फुकेर जालान् यी मेरा शब्दले ।
नरेट गर्धन मर्दैन मान्छे त्यो भुत्ते कर्दले ।।
बढाई साहस् अगाडि बढे लिएर अठोट ।
हृदय भित्र लुकेको ईच्छा भन्दैछु मन् सीत !!
लिनु र दिनु यै प्रेम यौटा मर्दा के लानु छ ?
अन्त्यको बाटो उज्यालो हुने पाटोमा जानुछ !!
यो आत्मा कैल्यै हुँदैन झुटो उब्जेको भाबना ।
श्रमको अमृत् प्रेमको प्यास मनको चाहना ।।
दु:ख र सुख अमुल्य पथ जीवन ज्योति हो ।
संघर्ष गरी खुसीले बाँच्नु त्यही नै जाती हो !!
एकान्त वन फुलाई फुल छर्दैछ यो बासना ।
दु;ख मै चिनें ईश्वर हाँस्छन् तिमी नी हाँसन ।।
नेपाली माटो स्वर्गको किरण प्रेम छ मुटुमा ।
पर्देशमा दुख्छ यो मेरो मुटु देश त्यो दुख्दामा ।।
ढुंगा को मन पर्देशका जन न यो दिल हँसायो !
एकान्त बन यो मन भित्र भाबना रसायो !!
जे मैले गुथें फुलको थुङ्गा पैरन्छु देशलाई ।
नमानी तितो लगाउँनु गला दिदी र दाजु भाई।।
आनन्द बनोस् सबैको क्षण यो मन् को भावले ।
सितल दिदै हट्नेछ जलन पोल्दैन आगोले !!
भत्केको जीबन उर्लेको भाब हुन्छ रे सागर ।
अमुल्य हुन्छ आँशुको ढिका पयरमा नपार ।।
कै दिन खोजे जानेर हैन यो भित्री भाबना ।
सुतेका सबै नउठे सम्म भन्ने छु जागन !!
हे मेरा संगी ! हे दाजु भाई ! अब त उठन .........