यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

राष्ट्रीय गान

रोजगार छैन स्वदेशमा, बिदेशिए नेपाली !
टिष्टा-कांगड़ा बेचे अब, पालो महाकाली !!

दाजू-भाई मै काटा-काटी, रगताम्मे आँचल !
नेताहरु को ढ़ाड भांचे, फेर्थ्यो देशले काँचुल !!

कोही तराई, कोही पहाड़, चाहियो भन्छन हिमाल !
खण्ड-खण्ड पार्न थाले, अखण्ड यो नेपाल !!

हत्यारा, भ्रष्ट, बलात्कारी, तिनकै भाग्य असल !
खोल्न बांकी अब यिनले, बन्दुक-बम को पसल !!

अशान्ति ले डेरा जमाई, बसेको छ अटल !
झिरले रोप्न पाए हुन्थ्यो, नेताका मानस-पटल !!

स्विस बैंकमा खाता यिनका, सम्पति छन अचल !
युद्ध भूमि, लड़ाई भूमि, पारे मेरो नेपाल !!

संविधान-सभा जनतालाई, आकाशको काफल !
कुर्सी तान्दै फुर्सद छैन, कैले हुने सफल ??

काम गर्दैनन कुकुर हरु, मात्र गर्छन बबाल !
मिल्ने भए ती सबैका, लुच्थे मैले कपाल !!

पुर्पुरो मा हात राखी, सोझा जनता बस ल !
नेताका बोक्रे आश्वासनमा, फेरी पनि फस ल !!

देश सानो दिन-दिनै, नेता का भुँडी बिशाल !
प्रतिगामी घुस्या नेता, जय जय नेपाल !!
(जे भए नि प्यारो मलाई, मेरो देश नेपाल !)

!! हाम्रो देश को अहिले को स्तिथि र घुस्या नेताका गुण- गान जती गरे नि कम हुन्छ, राष्ट्रीय गान थोरै लामो भयो होला, माफ़ गर्नु होला !!

!! जेठा दाई !!

Posted by Bikash Shah (Ghayal) on 10:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for राष्ट्रीय गान

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011