हामी भेट्ने पुल संगै रोएँ
दोभानमा हामी भेट्ने पुल संगै रोएँ
उपहारमा छाडीएको फूल संगै रोएँ
-
लेक बेशी संगै गर्थ्यौ एले एक्लै पर्दा
भन्ञ्याङमा पानी खाने मुल संगै रोएँ
-
अर्म पर्म मेलापात गोठालो नि एक्लै
सम्झनामा बाख्राका ती हुल संगै रोएँ
-
साथ माग्दा मन दिए मन माग्दा मुटु
घात दियौ विश्वासको भुल संगै रोएँ
-
घाईते पारी छोडेपछी यो जुनीमा तिम्ले
चित्त बुझाई मुटु पोल्दा सुल संगै रोएँ
-
-----------------------------------------
-
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट