घायलको तरही मुसायरा-२१
सम्पूर्ण आदरणीय तरही मुसायरा प्रेमी अग्रज, समकक्षी मित्र तथा पाठक ज्युहरु ! फेरी पनि घायलको तरही मुसायरा-२१ लिएर आइपुगेकोछु । अबदेखि तरही मुसायरा नियमित रुपमा हरेक हप्ता प्रकासित हुँदै जानेछ ! र मलाइ निक्कै हतार लागि रहेकोछ किनकि २५सौं भाग सम्मको गज़ललाइ पुस्तकको रुपमा प्रकाशन गर्ने पुरानो योजनालाइ गरेर देखाउने समय आएकोछ । त्यति सजिलो पक्कै छैन तर पनि मैले आउदो जनवरी २०१२ सम्ममा तरही मुसायाराको पुस्तक निकाल्ने सोच बनाइ सकेको छु । आशा छ यो इतिहासिक कार्यमा यहाँहरुको साथ अवस्य मिल्नेछ !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् नाम : सञ्जय कुमार खड्का
रामेछाप देउरालीक स्थाई घर भएका संजय कुमार खड्का हाल साउदी अरबमा रोजगारीको सिलसिलामा हुनु हुन्छ । गेडी कथा र गज़ल लेख्न बिशेष रुची राख्ने उहाँको गज़ललाइ मैले आजको तरही मुसायारामा समावेश गरेकोछु । हाम्रो निक्कै महत्वपुर्ण चाड तिहार नजिकै भएकोले उहाँको तिहार सम्बन्धि यो गजलको यो मिसरा-ए-सानी 'दिदीको त्यो उपहार सम्झनामा फोटो थियो' लाइ 'घायलको तरही मुसायरा-२१' मा तरहको रुपमा दिएको छु । माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
अझै पनि आगामी अंकहरुको लागि यसभन्दा अगाडि तरहमा आफ्नो गजल नपारेका मित्रहरुले गजल पठाउनु होला ।
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार ०३ नोभेम्बर, २०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
गजल: संजय कुमार खड्का
मिसरा: दिदीको त्यो उपहार सम्झनामा फोटो थियो
काफिया: फोटो
रदिफ: थियो
लय: दिदीको त्यो/ उपहार// सम्झनामा/ फोटो थियो
लय -४+४+४+४=१६
यो अंकमा दिएको मुख्य गज़ल
शिरमाथि ढाका टोपी सुहाएको भोटो थियो
दिदीको त्यो उपहार सम्झनामा फोटो थियो |1|
भाइ टीका आए पछि रमाउँदै नाच्थ्यौ हामि
गीत भन्न आएन खै बुद्दी मेरो मोटो थियो |2|
गरीबका छोरा छोरी जसो तसो जिउदै आयौ
संगै बस्न देन सधै कर्म मेरो खोटो थियो |3|
सप्तरङी टीका थाप्यौ बिगतका तिहारमा
सँगै बस्न सकिएन भेटघाट छोटो थियो |4|
टीका थाप्ने बेला भो कि मन खुशी उमंगले
दुबो माला ठीक्क पारी कलश चाँही लोटो थियो |5|
सञ्जय कुमार खड्का
हाल: साउदीअरब
रामेछाप देउराली -८
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।
Posted by Unknown
on 1:16 PM.
Filed under
feature,
तरही मुसायरा
.
You can follow any responses to this entry through the RSS 2.0
भाइटीका पर्खुँ भने छुट्टी मेरो छोटो थियो ।
बर्षै पिच्छे यस्तो खेप्ने कर्मै मेरो खोटो थियो ।
मखमली सयपत्री फुलबारिमा हाँस्दा पनि
टुलु टुलु हेर्न विवश मैले छाड्या भोटो थियो ।
सप्त रङ्गी टीका मेरो निधारमा हुने बेला
दिदीको त्यो उपहार सम्झनामा फोटो थियो ।
बाहिर म हाँसे पनि भित्र बसी पोलिर'ने
साहुको त्यो बोली अनी ऋणको रकम मोटो थियो ।
प्रवासमा नजाउँ त वर्ष दिनमा आर्जिएर
आधा वर्ष खान पुग्ने ढिंडो अनी रोटो थियो ।
आनन्द भट्टराई "गाउँले"
यो अंकमा दिएको मुख्य गज़ल
शिरमाथि ढाका टोपी सुहाएको भोटो थियो
दिदीको त्यो उपहार सम्झनामा फोटो थियो |1|
भाइ टीका आए पछि रमाउँदै नाच्थ्यौ हामि
गीत भन्न आएन खै बुद्दी मेरो मोटो थियो |2|
गरीबका छोरा छोरी जसो तसो जिउदै आयौ
संगै बस्न देन सधै कर्म मेरो खोटो थियो |3|
सप्तरङी टीका थाप्यौ बिगतका तिहारमा
सँगै बस्न सकिएन भेटघाट छोटो थियो |4|
टीका थाप्ने बेला भो कि मन खुशी उमंगले
दुबो माला ठीक्क पारी कलश चाँही लोटो थियो |5|
सञ्जय कुमार खड्का
हाल: साउदीअरब
रामेछाप देउराली -८
यस तराही मुसायाराको यो भागमा सहभागिता जनाईदिनु हुने सबै मित्र हरु लाइ धेरै धेरै धन्यबाद व्यक्त गर्न चाहन्छु |
स्याङ्जाली रमेश ल मैले यहि पोस्ट गरे गल्ति भए माफि..........
तिहारमा बिना टिका फर्के छुट्टी छोटो थियो
दोंष दिनु कसलाई भाग्य आफ्नै खोटो थियो
त्यो चाडमा टाढीदा'म आफ्नो चित्त थाम्दै आएँ
दिदि को त्यो उपहार सम्झनामा फोटो थियो
याद् अझै ताजा छ नि रुदै दी'ले बिदा गर्दा
साईतमा दैलो छेउ पनि भर्या लोटो थियो
बच्पनका दोस्ती हामी दिदि भाई साह्रै मिल्ने
संगै खेल्दा लगाउने मैलो यौटै भोटो थियो
मेरि दिदि साह्रै जाति क ख ग घ सिकाउदा
जान्दैन थे कत्ति मैले बुद्धी मेरो मोटो थियो
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट,
October 25 at 9:11pm · Unlike · 6
Moharaj Sharma Mohan मेरो नि यही ल ......
बिदेशीको दाशी हुने जन्मीदाको खोटो थियो
कस्तो होला माला एैले पोहोर त छोटो थियो
मखमली फुल देख्दा सम्झिदी हाै भाईलाई
टिका पछि खुवाउने त्यहि सेल रोटो थियो
पोहोरको टिका सम्झि आधा राती रोए एक्लै
दिदिको त्यो उपहार सम्झनामा फोटो थियो
दिन रात कामै काम खाली बस्न पाको छैन
आधा घट्यो ज्यान मेरो घर हुदाँ मोटो थियो
चाडबाड आई सधै दुखाउने घाउ मात्रै
छिमेकीमा नयाँ लुगा हाम्रो त्यही भोटो थियो
मोहराज शर्मा मोहन
बाग्लुङ हाल समुन्द पार
October 26 at 12:59am · Like · 3
Shrestha Subash घायलको तरही मुसायरा भाग-२१ को मेरो गजल।
न त खाने अन्न केही न त नयाँ भोटो थियो।
के भन्नु खै अरुलाई मेरै कर्म खोटो थियो।
बिहानीको मिर्मिरेमा घर छोडी हिड्नु पर्थ्यो
गन्तव्यमा पुग्ने बाटो कहाँ त्यति छोटो थियो!
आँखभरि आँसु पार्दै आफन्तको साथ छोडी
बिदा गर्न सजाएका करुवा र लोटो थियो।
तिहारको त्यो बेलामा बिना टिका बाटो लाग्दा
दिदीको त्यो उपहार सम्झनामा फोटो थियो।
भुल्दै रैछु आफ्नै माटो पसिनाले सिच्ने कुरा
त्यो बेलामा मेरो बुद्धि किन त्यति मोटो थियो!
October 26 at 6:10pm · Like · 3
Deepak Kc चाड पर्ब आए पनि, छाक टार्ने रोटो थियो!
जिउ ढाक्ने बस्त्र उस्तै, च्यातिएको भोटो थियो!
लाला बाला आँशु झार्दै, हेर्थे कठै टुलु टुलु,
कहाँ सक्थेँ खुशी दिन, शाहुको ऋण मोटो थियो!
जीबन हाँक्ने सारथीले, घुम्ती बाटै साथ छोडी,
बिधताकै खेल होला, सहयात्रा छोटो थियो!
ओइलिएका चाह बोकी, सागर तर्न वाध्य भएँ,
किन फुल्थ्यो खुशी यहाँ, कर्मै मेरो खोटो थियो!
सपना भो प्रबाशीलाई, सप्तरंगी मखमली,
दिदीको त्यो उपहार, सम्झनामा फोटो थियो!
October 27 at 9:51pm · Like · 2
Kumar Shrestha -------------
ठाँउ ठाँउ च्यातिएको शरिरमा भोटो थियो
तर पनि बिदा गर्न संघारमा लोटो थियो
मेरो भाग्य लेखे क्यारे बिधाताले रिसाएर
छाँट्छु भन्थे पिँडा सारा तर झनै मोटो थियो
आसा अनी भरोसाको भारी बोकी बिदेशिदा
के थाहा र मेरो बाँच्ने दिन पनि छोटो थियो
सप्तरङ्गी नलाएनी मुखै देख्न नपाएनी
दिदीको त्यो उपहार सम्झनामा फोटो थियो
कती दोष दिनु मैले पत्थरको मुर्ती लाइ
नत घर न त घाट कर्मै मरो खोटो थियो
October 29 at 11:48am · Like · 2